अपाङ्गताको परिचयपत्र नपाउँदा १ सय ७ व्यक्ति विभिन्न अवसरबाट वञ्चित
डेढ वर्षदेखि अपाङ्गताको परिचयपत्र नपाउँदा विभिन्न अवसरबाट वञ्चित भएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । विगतमा महिला तथा बालबालिका कार्यालयबाट दिइने गरिएको यस्तो परिचयपत्र कार्यालय खारेज भएसँगै वितरण रोकिएको डेढ वर्ष पुगिसकेको छ । जिल्लाका सात ओटै गाउँपालिकाका १ सय ७ जना अपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र नपाउँदा सामाजिक…
शैक्षिक हडतालले अन्तिम परीक्षा स्थगित
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सल्यानले चैत ३ गते जिल्लामा गरेको एकदिने शैक्षिक हड्तालका कारण बागचौर नगरपालिका अन्तर्गत लिइएको अन्तिम परीक्षा नै स्थगित छ । वार्षिक परीक्षा सञ्चालन भइरहेको बागचौर नगरपालिका अन्तर्गतका सबै विद्यालयमा परीक्षा स्थगित गरिएको नगरपालिकाले जनाएको छ । बन्दका कारणले…
औषधि अभाव हुँदा स्वास्थ्य सेवाबाट वञ्चित
सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न सरकारी निकायबाट स्थापना भएका जिल्लाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सर्वसाधरण स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । छाँयानाथ रारा नगरपालिकामा–५, मुगुम कार्मारोङ्ग–५, सोरु–७ र खत्याड गाँउपालिकामा सात ओटा स्वास्थ्यचौकी, एक प्रथामिक सेवा केन्द्र र जिल्ला सदरमुकाममा १५ शैयाको जिल्ला अस्पताल रहेका छन् ।…
बालविवाह घटनाका आरोपित गिरफ्तार
बालविवाह हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले घटनाका आरोपितहरू तीनजनालाई फागुन २९ गते मन्दिर परिसरबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन २९ गते तीन जनालाई गिरफ्तार गरेको छ । आरोपितहरूलाई खैरावाङ्ग मन्दिर परिसरबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गिरफ्तार हुनेमा बेहुला शारदा नपा–२ मेलघारी बस्ने २०…
घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी
भैरबी गाउँपालिका–५ लिउँडा घर भई हाल जिल्ला सदरमुकामको नारायण नपा–८ तर्ताङ्ग डेरा गरी बस्ने २५ वर्षीया कविता सुनारलाई ४० वर्षीय पति अर्जुन सुनारले फागुन ३० गते विहान कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । ‘तँ घर नबस, अर्को विवाह गर्छु’ भन्दै कुटपिट गरेको खुलाई जिल्ला प्रहरी कार्यालय…
नेकपाको बन्दका कारण कर्णाली प्रदेशको जनजीवन प्रभावित
नेकपा विप्लवले आह्वान गरेको बन्दका कारण कर्णाली प्रदेशका जिल्लाको जनजीवन सामान्य प्रभावित भएको इन्सेक प्रतिनिधिहरूले जनाएका छन् । मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार नेपाल कम्युनिष्ट पाटीको बन्दका कारण जिल्लाका सामुदायिक विद्यालयहरूमा संचालित बार्षिक परीक्षा प्रभावित भएको छ । दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार बन्दको कारण दैलेखको जनजीवन प्रभावित…
शिक्षक अनुपस्थित हुँदा पठनपाठन प्रभावित भएको भन्दै प्रशासनमा उजुरी
सिमकोट गाउँपालिका-७ स्थित कर्णाली मावि चौगानफयामा शिक्षक अनुपस्थित हुँदा एक महिनादेखि पठनपाठन प्रभावित भएको भन्दै अभिभावकले फागुन २९ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा उजुरी दिएका छन् । प्राथमिक तहका शिक्षक शिक्षक धनबहादुर परियार फागुन २ गतेदेखि विद्यालयमा उपस्थित नभएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको भन्दै गुनासो सुनुवाइका लागि प्रशासनमा उजुरी दिएको…
बालविवाह घटनाका आरोपित गिरफ्तार
बालविवाह गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालक, १३ वर्षीया बालिका र बालकका अभिभावकलाई फागुन २९ गते बेलुकी गिरफ्तार गरेको छ । बालविवाहको तयारी गरिरहेको भन्ने बारेमा स्थानीयले प्रहरीमा दिएको सुचनाको आधारमा बालकका ४५ वर्षीय बुबा सहित तीनैजनालाई घरबाटै गिरफ्तार गरेको प्रहरी चौकी मालारानीका सई प्रतापसिंह पालीले बताए । घटनाका आरोपित…
स्थानीय तहका स्वास्थ्य संस्थामा औषधीको अभाव
जिल्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा औषधीको अभाव देखिएको छ । पर्याप्त औषधी नभएपछि स्वास्थ्य संस्था खोलेर बस्नुको विकल्प नभएको छुमचौर स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश सापकोटाले बताए । औषधि परिपूर्तिको लागि गाउँपालिकामा माग गरेको भएपनि अहिलेसम्म आइनसकेको सापकोटाको भनाइ छ । सो गाउँपालिकामा रहेका चारओटा स्वास्थ्यचौकीमा औषधी…
बालविवाह गरेको आरोपमा दुई महिनाको कैद सजाय
बालविवाह गरेको कसुरमा १७ वर्षीय बालक र १७ वर्षीया बालिकालाई जिल्ला अदालतले फागुन २८ गते दुई महिना कैद र जनही ५ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको छ । न्यायाधीश सनतचन्द्र लवटको इजलासले बाल न्याय कार्यविधि २०६४ अनुसार दुवै जनालाई कारबाही चलाएको जिल्ला अदालतका प्रवक्ता बिनोद आचार्यले जानकारी दिए ।…