क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाई
जिल्ला कारागार सल्यानमा २५ जना कैदीबन्दी राख्ने क्षमता भएको सल्यान कारागारमा अहिले १ सय १५ जना कैदीबन्दी छन् । क्षमता भन्दा झण्डै पाँच गुणा बढी कैदीबन्दी रहेकोमा आठ ओटा कोठामा बसिरहेको नाइके राजु भण्डारीले बताए । ‘कैदीबन्दीहरू दिनानुदिन बढ्दै आइरहेका छन् ।’–उनले भने–‘एउटै कोठामा कोच्चिएर धेरै कैदीबन्दी बस्नु परेको छ…
बजेट अपुग भएपछि सुत्केरी महिला उत्प्रेरणा भत्ताबाट वञ्चित
बजेट अपुग भएको भन्दै जिल्लाको सर्केगाड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूले सुत्केरी उत्प्रेरणा भत्ता वितरण नगर्दा एक वर्षयता स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिला उत्प्रेणा भत्ताको सुविधाबाट बञ्चित भएका छन् । एक वर्षयता सुत्केरी गराउने १ सय ५० जना महिला प्रसूति भत्ता पाउनबाट बन्चित भएका हुन् । सर्केगाड गाउँपालिका–४ मुण्डी गाउँकी सुनिता…
बलात्कार प्रयास घटनामा मिलापत्र !
वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार गरिएका आरोपितमाथिको उजुरी पीडित पक्षले फिर्ता लिएपछि आरोपित फागुन २१ गते प्रहरी हिरासतबाट छुटेका छन् । पीडितलाई आरोपितले फागुन ९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीद्वारा फागुन १० गते गिरफ्तार भएका आठबिसकोट नपा–८ का २५ वर्षीय भिमबहादुर चदरा १५ हजार रुपियाँ क्षतीपुर्ति तिरेर…
बेसहाराको सहारा बन्यो गिट्टी कुट्ने व्यवसाय !
उमेरले डाँडापारीको घाम भएकी बृद्धा सधैँजसो बिहानैदेखि सडक किनारमा गिट्टी कुटिरहेकी देखिन्छिन् । बिहानैको चिसो सिरेटोदेखि दिउँसोको चर्को घाममा समेत गिट्टी कुट्नुपर्ने उनको नियति नै बनेको छ । जीवनयापनका लागि सहारा दिने कोही नहुँदा बृद्ध अवस्थामा समेत आफैँले गिट्टी कुटेर दैनिकी निर्वाह गर्नुपर्ने उनको नियती बनेको छ । दुई वर्षअघि…
चार महिनादेखि स्वाथ्यचौकीमा स्वास्थ्यकर्मी नभएपछि उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौँ
नाम्खा गाउँपालिका–३ मुचु स्वास्थ्यचौकीमा चार महिनादेखि स्वास्थ्यकर्मी नभएपछि बिरामीलाई हेलिकप्टरद्वारा उद्दार गरिएको छ । हेलिकप्टरद्वारा उद्दार गरिनेमा नाम्खा गाउँपालिका–३ मुचु गाउँकै ४९ वर्षीया छैटोल लामा रहेकी छन् । बिरामी लामालाई एक महिनादेखि पेट र पाठेघरसम्बन्धी रोग लागेको भए पनि मुचु स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नै नभएपछि घरमै रोग पालेर थला परेकी थिइन्…
हत्याको आरोपमा प्रहरी हवल्दार गिरफ्तार
खाँडाचक्र नपा–१ निवासी २९ वर्षीय सुमन शाहीलाई हत्या गरेको आरोपमा हुल्म प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार ३१ वार्षीय यमबहादुर थापा र खाँडाचक्र नपा ७ का २२ वर्षीय जितेन्द्र मल्ललाई प्रहरीले फागुन १९ गते गिरफ्तार गरेको छ । झडप नियन्त्रण गर्ने भन्दै प्रहरीले लखेटेपछि माघ २९ गते बेपत्ता भएका शाहीको लास…
जननिर्वाचित प्रतिनिधिलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न
कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि, मानव अधिकार निगरानी समूहका सदस्य र अन्य सम्बन्धित इकाईका सरोकारवालालाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी क्षमता अभिवृद्धि तालिम फागुन १६ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । तालिमममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले विकास, विकासको सैद्धान्तिक अवधारणा, नेपालको संविधानमा व्यवस्था…
घरेलु हिंसा पीडितद्वारा आरोपितविरूद्ध प्रहरीमा उजुरी
नारायण नपा–८ तर्ताङ्गकी २६ वर्षीया नन्दा भण्डारीलाई २८ वर्षीय पति टोपप्रसाद भण्डारीले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन १६ गते उजूरी दिएकी छन् । फागुन १५ गते राति मरणासन्न हुने गरी कुटपिट गरेको र राति नै ज्यान जोगाउन नारायण नपा–२ कुसाडास्थित माइतीघरमा पुगेको पीडित महिलाले…
स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा
स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । सरकारले तोकेका ३५ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसकेकाले अभाव भएको हो । स्थानीय तहले खरिदका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । स्थानीय गोरीकला परियारले स्वास्थ्यकर्मीले गज ब्यान्डेज पनि बाहिरबाट…
कुटपिट गरी पत्नीलाई घर निकाला
मुगु जिल्ला छाँयानाथ रारा नपा–६ कोटिलाकी २४ वर्षीया सुन्तली भाम कठायतलाई २८ वर्षीय पति गगन भामले कुटपिट गरी घर निकाला गरेका छन् । उनले फागुन १० गते मदिरा सेवन गरेर पत्नीलाई कुटपिट गरी घर निकाला गरेका हुन् । पीडित सुन्तलीका अनुसार पतिले विगत एक वर्षदेखि विभिन्न बाहनामा कुटपिट गरी दुःख…