गिरफ्तार गरिएका पत्रकार इन्सेकको रोहबरमा हिरासत मुक्त

जिल्ला प्रहरी कार्यालय कालिकोटको रेडियोको कार्यकक्षबाट गिरफ्तार गरिएका रास्कोट नपा–२ बस्ने २७ वर्षीय पत्रकार कर्ण विश्वकर्मा चैत १४ गते इन्सेककर्मी र पत्रकारको रोहबरमा हिरासत मुक्त भएका छन् । विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार सङ्घमा लागि सो पार्टीको प्रचारप्रसार गरेको आरोपमा प्रहरीले विकलाई चैत ७ गते गिरफ्तार गरेको थियो । पत्रकार…

२०७५ चैत्र १५, शुक्रबार १३:५६ गते  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा प्रहरीले चन्दननाथ नपा–१० कार्तिकस्वामीका २१ वर्षीय दिपक कामीलाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ललाई फकाई चैत ५ गते बालविवाह गरेको भन्दै बालिकाका आफन्तले चैत ९ गते प्रहरीमा उजुरी गरेका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी कानुन बमोजिम…

२०७५ चैत्र १२, मंगलवार ११:४० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिराफ्तार

२५ वर्षीया युवतीलाई गत असार ३ गते काठमाडौँमा यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २७ वर्षीय सुवास रावतलाई प्रहरीले चैत ११ गते गिराफ्तार गरेको छ । पीडित पक्षले काठमाडौँ महानगरीय प्रहरी परिसरमा चैत ४ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले गिराफ्तार गरेको डिएसपी रामप्रसाद…

२०७५ चैत्र ११, सोमबार २०:५४ गते  
बलात्कार गरेको कसुरमा साढे सात वर्ष कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै पुथा उत्तरगंगा गाउँपालिका–५ का ३० वर्षीय सुविन्द्र घर्तीमगरलाई जिल्ला अदालतले ७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले जेल सजाय सहित पीडित महिलालाई १५ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवहरी…

२०७५ चैत्र ११, सोमबार २०:३९ गते  
विप्लव नेकपा निकट बुद्धिजीवि परिषद भेरी कर्णाली अध्यक्ष गिरफ्तार

तिलागुफा नपा–६ निवासी विप्लव नेकपा निकट बुद्धिजीवि परिषदका भेरी कर्णाली अध्यक्ष ३२ वर्षीय धनराज शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले चैत ११ गते गिरफ्तार गरेको छ । गस्तीमा गएको प्रहरी टेलीले खाँडाचक्र नगरपालिका–६ दाहाँबाट शाहीलाई गिरफ्तार गरेको हो । जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद…

२०७५ चैत्र ११, सोमबार २०:३७ गते  
बलात्कार घटनामा बयान बदलेको भन्दै बालिकालाई ५ हजार रुपियाँ जरिवाना

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले ५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले चैत १० गते उक्त फैसला सुनाएको हो । आठविसकोट नगरपालिका–१० झिन्चौर निवासी २० वर्षीय विकास भनिने मनविर मल्ललाई सफाई दिँदै निवेदक बालिकामाथि जरिवानाको…

२०७५ चैत्र ११, सोमबार २०:३६ गते  
यौन दुर्व्यवहार घटनाका पीडित पक्षलाई वडाध्यक्षले धम्क्याएको आरोप

यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका भैरवी गाउँपालिका–६ कुसापानीका ४९ वर्षीय शशीराम पुरीको बचाउ गर्दै आफूहरूलाई वडाध्यक्ष डिल्लीराम पुरीले धम्क्याएको पीडित पक्षले आरोप लगाएका छन् । आरोपित पुरीले फागुन १९ गते ४७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई फागुन २३ गते गिरफ्तार…

२०७५ चैत्र ११, सोमबार २०:३५ गते  
पाँच महिनादेखि स्वास्थकर्मी नहुँदा गर्भवती महिलालाई सास्ती

सिमकोट गाउँपालिका–७ डाँडाफया इलाका स्वास्थ्यचौकीका अनमीद्वय रमिता रोकाया र अनमी बसन्ती रावत पाँच महिनादेखि स्वास्थ्य चौकीमा नहुँदा सेवाग्राही मर्कामा परेका छन् । रोकाया एक वर्षदेखि र रावल पाँच महिनादेखि घर विदामा भनी गएर नफर्कँदा गर्भवती महिलालाई स्वास्थ जाँच गराउन समस्या भएको छ । दरबन्दी रहेका दुवै अनमी विदामा गएर नफर्कँदा…

२०७५ चैत्र ११, सोमबार २०:३४ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकललाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ९ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण…

२०७५ चैत्र १०, आईतवार २०:२७ गते  
विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तीकारीका नेता गिरफ्तार

बागौचर नगरपालिका –९ निवासी अखिल क्रान्तीकारी सल्यानका उपाध्यक्ष २५ वर्षीय भीमबहादुर वलीलाइ सोही नगरपालिका–२ बागचौर बजार बाट चैत ९ गते प्रहरीले गिरफ्तार गरेको छ । अखिल क्रान्तीकारी सल्यानका उपाध्यक्ष समेत रहेका वलीलाइ फागुन ११ गते कपुरकोट नजिकै ट्रक र जीपमा तोडफोडमा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी…

२०७५ चैत्र १०, आईतवार २०:०८ गते