यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया कालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चन्दननाथ नगरपालिका–४ भारतीवाडाका ४८ वर्षीय श्याम भारतीलाई चैत १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले उजुरी गरेपछि प्रहरीले भारतीवाडाबाट आरोपितलाई गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर नविन ओलीका अनुसार पीडित पक्ष…

२०७५ चैत्र १९, मंगलवार २१:२७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बझाङ जिल्ला घर भएका ३३ वर्षीय धनबहादुर बोहरालाई चैत १७ गते गिरफ्तार गरेको छ । एक वर्षदेखि भारतमा बस्दै आएकी ती बालिकालाई बिहे गर्ने प्रलोभनमा पारी आरोपितले भारतको पिथौरागढमा लगेर बलात्कार गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानका लागि बोहरालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय,…

२०७५ चैत्र १८, सोमबार २०:२७ गते  
उपचार नपाएको भन्दै कैदीबन्दी आन्दोलित !

जिल्ला कारागार कालिकोट भित्र बिरामी परेका कैदीबन्दीलाई कारागार प्रशासनले उपचार नगराएको भन्दै कारागारमा रहेका कैदीबन्दीले आन्दोलन गरेका छन् । गम्भीर बिरामी अवस्थामा रहेका तिलागुफा नपा–४ का मानबहादुर शाही, पचालझरना गाउँपालिका–३ का भैरव शाही र नरहरीनाथ गाउँपालिका–३ का रमेश बुढालाई प्रहरी प्रशासनले उपचारका लागि जिल्ला अस्पताल नलगेपछि चैत १८ गतेबाट आन्दोलन…

२०७५ चैत्र १८, सोमबार २०:२४ गते  
जातीय भेदभावका घटना न्यूनीकरणमा सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले जातीय विभेद तथा छुुवाछुतका घटनाका मुद्दामा सरोकारवाला पक्ष एकजुट भएमामात्रै विभेदका घटना निर्मुल पार्न सकिने बताएका छन् । चैत १७ गते कालिकोटमा आयोजित जातीय विभेद तथा छुवाछुत विरूद्धको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा वस्तीले जातीय विभेद तथा छुवाछुतका विरूद्ध बोल्नु सँगसँगै व्यवहारमा कार्यन्वयन गर्नुपर्नेमा…

२०७५ चैत्र १८, सोमबार १६:१२ गते  
जिल्ला अस्पताल कालिकोटमा औषधिको अभाव

कालिकोटमा रहेको एक मात्र अस्पतालमा एक महिनादेखि औषधिको अभाव भएको छ । यहाँ आउने बिरामीहरुका लागि आवश्यक औषधि नहुदा सुर्खेत नेपालगन्ज दुःख पाउनु परिरहेको हो । अस्पतालमा औषधि अभाव भएपछि सामन्य सिटामोल पनि चर्को मूल्यमा निजी मेडिकलबाट खरिद गर्नु पर्ने बाध्यता रहेको छ । औषधिको अभाव हुँदा सामान्य सिटामोल, जिवनजल…

२०७५ चैत्र १६, शनिबार ०९:५५ गते  
विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले चैत १४ गते सुर्खेतबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सो पार्टीका कार्यकर्ताद्वय विरेन्द्रनगर नपा–८ बस्ने ४० वर्षीया गोमा खड्का (ओली) र सोही ठाउँ बस्ने ६२ वर्षीय सिद्ध बहादुर खड्का रहेको प्रहरीले जनाएको छ । दुवैजनालाई घरबाट गिरफ्तार गरि हाल हिरासतमा राखी…

२०७५ चैत्र १५, शुक्रबार २१:०३ गते  
बैकल्पिक डाक्टरको व्यवस्था नहुँदै डाक्टर विदामा बसेपछि सेवाग्राही मर्कामा

बारेकोट गाउँपालिकामा रहेको लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरको दरबन्दी रहेको भए पनि स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत डाक्टर सन्दीपकिरण प्रधान एमडीको अध्ययनका लागि बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीलाई समस्या भएको छ । ६ महिनादेखि डाक्टर नहुँदा सो गाउँपालिका भित्रका बिरामी स्वास्थ्य उपचारबाट वञ्चित भई…

२०७५ चैत्र १५, शुक्रबार २०:५१ गते  
इन्सेकको टोलीद्वारा जिल्लाको मानवअधिकार अवस्था अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको टोलीले कालिकोट जिल्लाको मानव अधिकार अवस्थाका बारेमा अनुगमन गरेको छ । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापालगायतको टोलीले सरोकारवाला निकायलाई भेटेर कालिकोट जिल्लाको मानव अधिकार अवस्थाका बारेमा जानकारी लिएको हो । अनुगमनका लागि चैत १४ गते…

२०७५ चैत्र १५, शुक्रबार २०:३५ गते  
सिटामोल छ, स्वास्थ्यकर्मी छैनन् स्वास्थचौकीमा !

नजिकैको स्वास्थ संस्थामा स्वास्थकर्मी नहुँदा खार्पुनाथ गाउँपालिका–३ का सामान्य रोगका बिरामीलाई पनि जिल्ला अस्पताल नै लैजानुपर्ने बाध्यता रहेको छ । गाउँपालिका बासिन्दा बिरामी हुँदा उपचारका लागि नजिकै रहेको रायाँ स्वास्थ्यचौकीमा पुगेपनि स्वास्थकर्मी नहुँदा सामान्य बिरामीलाई पनि सदरमुकाम जानुपर्ने बाध्यता हुने गरेको स्थानीय मानबहादुर परियारले बताए । बिरामी बुवालाई सिमकोटबाट औषधि…

२०७५ चैत्र १५, शुक्रबार २०:३१ गते  
नगरपालिकामा पाँच दिन देखिको तालाबन्दीले सेवाग्राही मर्कामा

छायाँनाथ रारा नगरपालिकामा जनप्रतिनिधिहरू बीच आपसी विवाद बढेपछि जनप्रतिनिधिहरूकै तालाबन्दीले पाँच दिन देखि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाका मेयर हरिजङ्ग शाहीले हरेक काम गर्दा एकल ढङ्गले गर्न थालेको भन्दै उपमेयर सुन्तला रोकाया पक्षले चैत १० गतेदेखि नगरपालिकाको मुल गेट र अन्य फाँटमा…

२०७५ चैत्र १५, शुक्रबार १४:१२ गते