बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । अभिभावकको उक्साहटमा साउन ५ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ६…

२०७५ भाद्र ३१, आईतवार ०५:०४ गते  
न्यायका लागि प्रहरीले सुनुवाइ नगरेको हिंसा पीडित महिलाको गुनासो

डुङ्गेश्वर गाउँपालिका–४ अवलपराजुलकी २३ वर्षीया तुलसी सुनारलाई आफूमाथि २५ वर्षीय पति चक्रबहादुर सुनारले कुटपिट र अपहेलना गरेको भन्दै घरेलु हिंसाको मुद्दामा प्रहरीले सुनुवाइ नगरेको गुनासो गरेकी छन् । ‘प्रहरीमा उजुरी दिएको तीन हप्ता भयो । प्रहरीले छलफल गराउन समेत सकेको छैन ।’–उनले भनिन्–‘गिरफ्तार गरेर मुद्दा चलाउला भन्ने आशा गरेकी थिएँ…

२०७५ भाद्र ३०, शनिबार २०:०० गते  
सामाजिक कार्यमा सरोकार राखेको आरोपमा पत्रकारलाई ज्यानमार्ने धम्की !

तातोपानी गाउँपालिका–५ निवासी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ३२ वर्षीय पूर्णप्रसाद चौलागाईलाई भदौ २८ गते सोही ठाउँका ४५ वर्षीय काठ व्यवसायी नौसरे डाँगीले ज्यानमार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् । गाउँबस्तीको बीचमा ध्वनी प्रदुषण हुने गरी काठको मिल राख्न नहुने विषयमा पत्रकार चौलागाईले टिप्पणी र विरोध गरेपछि नौसरे डाँगीले…

२०७५ भाद्र ३०, शनिबार १९:५८ गते  
उमेर नपुग्दै आमा बनेपछि कुपोषण जन्मिए बालबालिका

उमेर नपुग्दै आमा बनेपछि कुषोषण भएका बालबालिका जन्मिने समस्या भोगिरहेको जुम्लाका सुत्केरी महिलाले गुनासो गरेका छन् । पातरासी गाउँपालिका–४ लुम गाउँकी १९ वर्षीया लग्नमाया बुढाले भनिन्–‘वर्षभरिको खेतीले तीन महिना मात्र खान पुग्छ । बाँकी समय अर्काको घरमा काम गर्नुपर्छ ।’ यसले गर्दा गर्भवती तथा सुत्केरी अवस्थामा राम्रोसँग खान नपाएको र…

२०७५ भाद्र ३०, शनिबार १९:४९ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

शारीरिक रूपमा अशक्त ४९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नलगाड नपा–३ कैनाबजारका २१ वर्षीय दिपक बिकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २९ गते उजुरी दिएको छ । राम्रोसँग बोल्न नसक्ने,  बोल्दा लर्बराउने तथा शारीरिक अवस्था कमजोर रहेकी ती महिलालाई आरोपितले भदौ २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित…

२०७५ भाद्र ३०, शनिबार ०९:५२ गते  
उपचारमा लापरवाही गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

छेडागाड नपा–१० की ३८ वर्षीया पञ्चकला नाथ योगीको उपचारका क्रममा स्वास्थ्यकर्मीको लापरवाहीबाट मृत्यु भएको भन्दै स्थानीयबासी र आफन्तले कारबाहीको माग गरेपछि घटनाका आरोपित सोही नपा–५ थलहबजारस्थित जयलक्ष्मी मेडिकल फर्मका सञ्चालक तिलकबहादुर बोहोरालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । ज्वरो आउने गरेपछि उपचारका लागि जयलक्ष्मी मेडिकल फर्म गएकी योगीको…

२०७५ भाद्र ३०, शनिबार ०९:४३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा–५ का २६ वर्षीय गोपाल कामीलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा भदौ…

२०७५ भाद्र २९, शुक्रबार २१:४७ गते  
१० दिनदेखि विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित

खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित हिल्सा नौधारा आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीले दिवा खाजा भत्ता र छात्रावृत्ति नपाएको भन्दै १० दिनदेखि विद्यालयमा तालाबन्दी गरेका छन् । १० जना विद्यार्थीको दिवा खाजा भत्ता र छात्रावृत्ति नपाएपछि विद्यार्थीले भदौ १९ गतेदेखि विद्यालयमा तालाबन्दी गर्दा उक्त विद्यालयमा अध्यनरत बालबालिकाको पठनपाठन प्रभावित भएको सोही विद्यालयमा अध्ययनरत…

२०७५ भाद्र २९, शुक्रबार ०५:२५ गते  
विप्लवका कार्यकर्ताले चन्दा सङ्कलन गर्न दवाव दिएको जनप्रतिनिधिको गुनासो

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधिसँग चन्दा सङ्कलनमा दवाव दिएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । सो पार्टीका कार्यकर्ताले दश हजारदेखि माथि आफ्नो इच्छाअनुसार अनिवार्य पार्टीलाई चन्दा सहयोग गर्न स्थानीय तहका प्रतिनिधिलाई दवाव दिएको जनप्रतिनिधिले बताए । वडा कार्यालयबाट एक लाखसम्मको चन्दा सहयोग गरि दिन…

२०७५ भाद्र २८, बिहीबार ०९:५७ गते  
कुपोषित बालबालिकाले दुई महिनादेखि उपचार पाएनन्

जिल्ला स्वास्थ्य कार्यालयमा कुपोषित बालबालिकाका लागि आवश्यक पर्ने रूटिफ नामक पोषणयुक्त प्लानपिट (तयारी खानेकुरा) दुई महिनादेखि सकिएपछि जिल्लाभर शीघ्र कुपोषित बालबालिकाले उपचार पाएका छैनन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हालसम्म ढुवानीको व्यवस्था नगर्दा कुपोषित बालबालिकाका लागि जिल्लाका ६ वटा उपचारकेन्द्र मुगुम कार्मारोङ्ग गाँउपालिकाको माँग्री, सोरु गाँउपालिकाको नार्थपु र धैनाकोट…

२०७५ भाद्र २७, बुधबार २०:५२ गते