इन्सेकको पहलमा घरेलु हिंसा तथा कुष्ठरोग पीडितले खानलाउन र लत्ताकपडा पाइन्

माइती घरबाट अपहेलित कुष्ठरोग पीडित सिमकोट गाउँपालिका-८ की ७० वर्षीया गोला शाहीको पक्षमा इन्सेकले वकालत गरेपछि जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी तथा गैरसरकारी निकायबाट खाने व्यवस्था र ओढने, ओछ्याउने कपडा सहयोग पाएकी छन् । पीडितले इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहलाई आफू अन्यायमा परेको बताउँदै न्यायको लागि पहल गर्न असार १३ गते…

July 8, 2017  
डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिएको उपभोक्ताको गुनासो

जुम्लाका व्यापारीले पसलमा राखेका डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिनु परेको उपभोक्ताले गुनासो गरेका छन् । नापतौल विभागको प्रमाणीकरण पश्चात मात्र खरिद विक्री गर्न पाइने भएपनि बिना प्रमाणीकरण जुम्लाका अधिकांश खाद्य तथा किराना पसलहरूमा डिजिटल ढक तराजु चलाएको पाइएपछि आफूहरू ठगिएको उपभोक्ताले गुनासो गरेका हुन् । तातोपानी गाउँपालिका-४ का धनबहादुर…

July 8, 2017  
आफैँले दिएको उजुरी विपरीत वकपत्र गर्ने महिलालाई एक महिना कैदको फैसला

आफैँले दिएको बलात्कारसम्बन्धी मुद्दाको विपरीत अदालतमा वकपत्र गर्ने एक महिलालाई दैलेख जिल्ला अदालतले एक महिना कैदको फैसला गरेको छ । महाबु गाउँपालिका-५ का २३ वर्षीय दीपक पाण्डेले बलात्कार गरेको भनी भदौ ४ गते दैलेख अदालतमा उजुरी दिएकी ती महिलाले अदालतमा आफैँले दिएको जाहेरी विपरीत 'होष्टाइल' भएपछि अदालतले सो सजाय गरेको…

July 8, 2017  
छुवाछुत गरेको घटनाका आरोपित गिरफ्तार

लेकवेशी नपा-९ की ३२ वर्षीया टिकाकुमारी मिजारलाई सार्वजनिक धाराको पानी छोएको आरोपमा कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३८ वर्षीया मनकुमारी राई र उनका २० वर्षीय छोरा मनबहादुर राईलाई प्रहरीले असार २२ गते गिरफ्तार गरेको छ । पीडित मिजारलाई रामजाली डाँडामा रहेको सार्वजनिक धारामा पानी छोएको आरोपमा असार १६ गते…

July 7, 2017  
विद्यालयमा शिक्षक नियमित नहुँदा पठनपाठन प्रभावित

सदरमुकाम सिमकोटदेखि सात कोष टाढा रहेको बलभद्र प्राथमिक विद्यालयमा कार्यरत शिक्षक विद्यालयमा नियमित नआउँदा ०७३ फागुनदेखि उक्त विद्यालयको पठनपाठन प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् । सिमकोट गाउँपालिका-८ स्थित उक्त विद्यालयमा सात जना शिक्षक कार्यरत रहेकोमा व्यक्तिगत कामले शिक्षकहरू विद्यालयमा नियमित नहुँदा बालबालिकाको पठनपाठनमा समस्या भएको विद्यालय व्यवस्थापन समितिका सदस्य…

July 6, 2017  
पाँच केजी चामलको कुपन लिन चार घण्टा लाइनमा बस्नु पर्ने स्थानीयबासीको गुनासो

हुम्लाका स्थानीयबासीले पाँच केजी चामलको कुपन लिन जिल्ला प्रशासन कार्यालयमा चार घण्टा लाइनमा बस्नु परेको गुनासो गरेका छन् । जिल्लामा पाँच महिनापछि नेपाल खाद्य संस्थानले खाद्यान्न विक्री गर्ने भएपछि चामलको कुपन लिन सदरमुकाम सिमकोटमा करिब ५ सय स्थानीयबासीले लामो समय लाइनमा बस्नु परेको हो । चार घण्टा लाइनमा बसेपछि खाद्यान्नको…

July 5, 2017  
नत गास नत बास, जिउनु न मर्नु !

आँखाभरी आँसु । चाउरी परेको अनुहार । घरबाट कुष्ठरोगी भन्दै गाउँ भन्दा टाढाको वनतिर पठाएको पीडा । घाँटीमा रातो, पहेंलो, र हरियो रङ्गको पोते । हातमा बाला । शरीरमा फाटेका लुगा । नत गास नत बास नै ! ती महिलाको यसैरी नै एक्लै बसेर दिनचर्य चलिरहेको छ । उनी यसैगरी…

July 4, 2017  
लक्षित वर्गको रकमबाट महिनावारी भएका महिलाले नुहाउने धारा निर्माण

कनकासुन्दरी गाउँपालिका-२ साविकको मालिकाबोता गाविसले लक्षित वर्गको रकम महिलाको 'छुई' नुहाउने धारा निर्माणमा खर्च गरेको छ । साविकको तीन ओटा वडामा छुई नुहाउने धारा निर्माणमा खर्च भएको स्थानीयले बताएका छन् । साविकको मालिकाबोता गाविस-२, ३ र ६ मा छुई नुहाउने धारा निर्माण भएको स्वास्थ्य चौकीका अहेव जानदेवि बुढाले बताइन् ।…

July 1, 2017  
चामल माग्न हुम्ली जनता सिंहदरवार

काठमाडौँ सिंहदरवारमा प्रायः सबै जनप्रतिनिधि विकास बजेट माग्न जान्छन् । तर, विकट हिमाली जिल्ला हुम्लाका स्थानीयबासी बजेट होइन चामल माग्न असार १५ गते सिंहदरवार गएका छन् । सरकारले विकास निर्माणलाई स्थानीय तहमा प्रशस्त बजेट पठाए पनि प्रतिनिधि भने चामल नपठाएको भन्दै आक्रोशित भएका छन् । हुम्ली जनतालाई विकासभन्दा बिहान बेलुका…

June 29, 2017  
खाद्यान्न समस्या समाधानका लागि नागरिक सञ्जाल गठन

पाँच महिना भई सक्दापनि जिल्लामा चामल ढुवानी नभएको र भएको चालम वितरणसमेत नभएपछि खाद्यान्नलगायत जिल्लाका समस्या समाधानका लागि असार ११ गते जिल्लास्तरीय नागरिक सञ्जाल गठन गरिएको छ । गणेशबहादुर महतको संयोजकत्वमा इन्सेक प्रतिनिधि नन्द सिंहलगायतका १७ जना सञ्जालमा सदस्य रहेका छन् । जिल्ला तहमा खाद्य, शिक्षा र यातायात क्षेत्रमा देखिएका…

June 26, 2017