बालविवाह गराउन उक्साएको घटनाका आरोपित प्रहरीद्वारा गिरफ्तार

बालविवाह गराउन ललाईफकाई गरेको आरोपमा प्रहरीले नारायण नपा–८ ढकानेकी ३५ वर्षीया देवीकला नेपाली र सोही ठाउँकी १९ वर्षीया दुर्गा नेपालीलाईसाउन १७ गते गिरफ्तार गरेको छ । १४ वर्षीया एक बालिकालाई र १६ वर्षीय बालकसँग विवाह गर्न उक्साई दुवै जनालाई सँगै सुत्न लगाएको विषयमा बालविवाह र जबरजस्ती करणी मुद्दा समेत चलाउने…

August 3, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा-४ का ३३ वर्षीय सविन चन्दलाई साउन १६ गते गिरफ्तार गरेको छ । आरोपितले साउन ७ र ८ गते पीडितलाई बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । त्यसैगरी सोही दिन १५ वर्षीया अर्की बालिकालाई…

August 2, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-१० का २९ वर्षीय इबे भनिने युवराज बोहरालाई साउन १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन १५ गते प्रहरी चौकी लिकुमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

August 2, 2018  
रकम अपुग भएपछि द्वन्द्वपीडितले राहत पाएनन्

विगत द्वन्द्वको समयमा विस्थापित भएका परिवारहरूको नाममा आएको रकममा ८४ लाख ६९ हजार रुपियाँ अपुग भएको छ । द्वन्द्वको समयमा विद्रोही तथा राज्यपक्षबाट विस्थापित भएकाहरू २ सय ५२ परिवार मध्ये १ सय ४३ जनाको नाममा मात्रै रकम आएकाले थप व्यक्तिलाई दिन रकम अपुग भएको हो । जम्मा १ सय ४३…

August 1, 2018  
परिचय–पत्र पाउनु पर्ने मागगर्दै तीन दिनदेखि जिल्ला प्रशासनमा धर्ना

वास्तविक गरिब परिवारले परिचय–पत्र पाउनु पर्ने मागगर्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा पीडितहरू तीन दिनदेखि धर्नामा बसेका छन् । नेपाल सरकार गरिबी तथा सहकारी विकास मन्त्रालयद्वारा वितरण गरिएको गरिब घर परिवार छनौट प्रक्रियामा हुम्लाका स्थानीयबासी गरिब घरधुरी सर्वेक्षणका क्रममा करिब ४ हजार वास्तविक गरिब परिवार छुटेको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन्…

July 31, 2018  
दलितको भेटी चल्छ तर शिक्षा चल्दैन !

चन्दननाथ मन्दिर कर्णाली प्रदेशकै एक प्रसिद्ध मन्दिर हो । यसको पर्यटकीय र सांस्कृतिक महत्व पनि कम छैन । मन्दिर छेउमै बाहुन र क्षेत्रीले मात्रै पढ्ने गरेको गुरुकुल पाठशाला छ । मन्दिरमा हरेक दिन जोसुकै व्यक्तिहरू आउँछन् । भेटी दान दक्षिणा चढाउने बेलामा दलित भनेर हेरिँदैन । भेटी पाठशाला सञ्चालनका लागि…

July 30, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पञ्चपुरी नपा–२ का ४५ वर्षीय यामलाल सापकोटालाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बाबियाचौरमा साउन १३ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण क्षेत्रीय अस्पताल…

July 30, 2018  
हुम्लामा कारागार नहुँदा कैदीबन्दीलाई समस्या

हुम्लामा कारागार नभएपछि कैदीबन्दीलाई समस्या भएको छ । जिल्लामा रहेको एक मात्र कारागारको अवस्था जीर्ण भएकाले कैदीबन्दीलाई समस्या देखिएको हो । साउन १३ गते जेलर निमा गुरूङसँग इन्सेक प्रतिनिधि नन्द सिंहले कैदीबन्दीलाई भेट्ने अनुमति लिएपछि कैदीबन्दीसँग भेट भएको थियो । कारागारको छुट्टै भवन नभएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाकै हिरासतमा थुनुवाहरूसँगै…

July 29, 2018  
विद्यालयमा तोडफोड र कुटपिट घटनाका आरोपित गिरफ्तार

सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माविमा बाहिरबाट ढुङ्गामुढा प्रहार गरी विद्यालय तोडफोड गरेको र विद्यालयका सुरक्षा गार्ड २४ वर्षीय सुरेन्द्र रोकायालाई कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–६ का २१ वर्षीय पृथ्वी रोकाया र सोही गाउँपालिका–५ का २२ वर्षीय लक्ष्मण रावतलाई साउन ११ गते गिरफ्तार गरेको छ । साउन ११ गते विद्यालयमा…

July 28, 2018  
जुम्ला घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डक्टर गोविन्द केसी अनशन बसेर काठमाडौँ लैजाने क्रममा भएको घटनाको छानबिनका लागि प्रतिष्ठानले साउन १० गते उच्चस्तरीय छानबिन समिति गठन गरेको छ  । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा प्राध्यापक डक्टर गीताभक्त जोशीको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको प्रतिष्ठानका उपकुलपति…

July 27, 2018