शान्ति तथा पुननिर्माणको कार्य उपलब्धिविहीन
दश वर्षे सशस्त्र द्वन्द्व र ०६२/६३ को जनआन्दोलनपछि मुलुकमा लोकतन्त्र स्थापना भएलगत्तै गठित शान्ति तथा पुननिर्माण मन्त्रालयको बजेटबाट गरिने क्रियाकलाप अन्तर्गत यस जिल्लामा द्वन्द्वपीडितलाई राहत वितरण र द्वन्द्वपीडितका बालबालिकाहरूलाई सहजरुपमा छात्रावृति प्रदान गरिएपनि पुननिर्माणको कार्य उपलब्धि विहीन भएको एक कार्यक्रममा जनाईएको छ । स्थानीय शान्ति समिति सुर्खेतद्वारा ०७४ असार ३१…
यौन दुर्व्यवहार गरेको कसुरमा पाँच वर्षकैद सजायको फैसला
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका तर कालिकोट जिल्ला अदालतबाट सफाई पाएका कालिकोट लालुका २० वर्षीय राजेन्द्रबहादुर शाहीलाई असार २९ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासले पाँच वर्षकैद सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई आरोपितले ०७२ पुस ११ यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी दिएका थिए…
पत्नीको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला
जुम्ला । ०७४ असार ३० गतेजिल्ला अदालतले प्रमाण नभएको भन्दै सफाइ दिइएका एक अभियुक्तलाई उच्च अदालत सुर्खेत जुम्ला इजलासले सर्वस्वसहित जन्मैकदको सजाय सुनाएको छ । कालिकोट फाइमहादेवका दानबहादुर बुढालाई पत्नी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । ०७२ चैत ३० गते पत्नी दिक्षासँग झगडा हुँदा बुढाले हत्या गरेको…
गाउँमा प्रसुति सेवा नहुँदा 'हेलिकप्टर चार्टर'
गाउँपालिकामा प्रसुति सेवा नभएपछि महङ्गो रुपियाँ खर्चेर 'हेलिकप्टर चार्टर' गरी उपचार गर्नु परेको चङ्खेली गाउँपालिकाका स्थानीयबासीले गुनासो गरेका छन् । प्रसुति ब्यथा लागेकी चङ्खेली गाउँपालिका-१ की २५ वर्षीया सपुरा बुढाको ज्यान जोखिममा परेपछि उनका घरपरिवारले १ लाख रुपियाँ खर्चेर सदरमुकाम सिमकोटबाट हेलिकप्टर चार्टर गरी असार २८ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार बलात्कार गरेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका-५ पाचलाबाका ४२ वर्षीय देउरामे रोकायलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन ठाँटीकाँध प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
गुर्भाकोट नपा-१० का ३४ वर्षीय निर्मल सुनारलाई बहुविवाह गरेको कसुरमा जिल्ला अदालत सुर्खेतले असार २९ गते एक वर्षकैद सजायको फैसला गरेको छ । निर्मलले ०७२ साउनमा ३० वर्षीया रेश्मी महरसँग बहुविवाह गरेको आरोपमा ३३ वर्षीया जेठी पत्नी गोल्मा सुनारले मुद्दा दायर गरेकी थिइन् । अदालतमा मुद्दा दर्ता गरे लगत्तै फरार…
बहुविवाह गरेको कसुरमा दम्पतीलाई एक वर्षकैदको फैसला
बहुविवाह गरेको कसुरमा एक दम्पतीलाई अदातलले एक वर्षकैद सजाय र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । ढोरचौर गाउँपालिका-५ का १९ वर्षीय कविराज नेपालीले सोही ठाउँकी २० वर्षीया सुपारी भन्ने गीता बिकसँग बहुविवाह गरेको ठहर गर्दै जिल्ला अदालत सल्यानले असार २८ गते एक वर्षकैद र प्रतिव्यक्ति ५ हजार रुपियाँ…
पाँच वर्षमुनिका ७ सय ७३ बालबालिका शीघ्र कुपोषित
हुम्ला जिल्लामा पाँच वर्षमुनिका ७ सय ७३ बालबालिका शीघ्र कुपोषित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बालविवाह र स्थानीय उत्पादनबाट बन्ने परिकारको उपभोग नगर्दा यति धेरै बालबालिका शीघ्र कुपोषित भएका हुन् । हुम्ला जिल्लामा कुल ५ हजार ७ सय ८४ जना पाँच वर्षमुनिका बालबालिका मध्ये ७ सय ७३ जना…
भत्काएका छाउगोठमै बस्न थाले फेरि महिला
साविकको लगाम गाउँविकास समिति २०७१ साल वैशाखमा छाउपडीमुक्त गाविस गरिएको घोषणा अहिले प्रभावहीन भएको राससले जनाएको छ । छाउपडी प्रथामुक्त भएको तीन वर्ष बितिसक्दा पनि यहाँका महिला छाउगोठमा बस्न छोडेका छैनन् । अभियानका क्रममा गोठ भत्किए पनि सोचाइमा परिवर्तन आउन नसक्दा अहिले महिला कपडाका पाल हालेर पनि छाउपडी बस्न बाध्य…
इन्सेकको निरन्तर पहलपछि हिंसा तथा कुठरोग पीडितको उद्धार
कुष्ठरोगी भएको कारण गाउँले र घरपरिवारले १२ वर्षदेखि ओढारमा राखिएकी ७० वर्षीया गोला शाहीका पक्षमा इन्सेकलगायतका संस्थाले निरन्तर पैरवी गरेपछि उनको उपचारका लागि उद्धार गरिएको छ । शाहीको उपचारका लागि काडमाडौँ पठाउन असार २५ गते हेलिकप्टरमार्फत सिमकोटसम्म उद्धार गरिएको थियो भने असार २६ गते ललितपुर गोदावरी नगरपालिकाको टिकाभैरवस्थित आनन्द वन…