नेमकिपाका कार्यकर्ताले 'नागरिक दैनिक' जलाए  

नागरिक दैनिक पत्रिकाले पार्टीको चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै नेपाल मजदुर किसान पार्टी जुम्लाका कार्यकर्ताले चैत २९ गते साँझ जिल्ला प्रशासन कार्यालय अगाडि नागरिक दैनिक पत्रिका जलाएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै आाउँदा निर्वाचनका विषयमा आफ्नो पार्टीका व्यक्तिका नाममा तथ्यहीन समाचार प्रकाशन गरेपछि पत्रिका जलाइएको नेमकिपा जुम्लाका…

April 12, 2017  
खानेपानीको अभाव भएपछि दुई घण्टा पैदल हिडेर पानी ल्याउनु पर्ने बाध्यता

पलता गाउँपालिकाको धौलागोह गाउँलगायतका स्थानमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको अभाव भएपछि धौलागोह गाउँका स्थानीयबासी दुई घण्टा पैदल हिँडेर पानी भर्न जाने गरेको स्थानीयबासी सुमन बमले गुनासो गरे । खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरबाहीका कारण ग्रामीण क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीयबासी बमले आरोप लगाए । जिल्लामा खानेपानी…

April 12, 2017  
निर्वाचन एकै चरणमा सम्पन्न हुन्छः आयुक्त शाह

निर्वाचन आयुक्त सुधीरकुमार शाहले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने बताएका छन् । वीरेन्द्रनगरमा चैत २९ गते सम्पन्न मध्यपश्चिमाञ्चलका स्तरीय निर्वाचन अधिकृतहरूका लागि निर्वाचन व्यवस्थापन र सञ्चालनसम्बन्धी प्रशिक्षण कार्याक्रमको समापनमा बोल्दै शाहले सो कुरा बताएका हुन । आयुक्त शाहले थप सुरक्षा परिचालन गरेर भएपनि तोकिएकै समयमा निर्वाचन गराउने तयारी…

April 11, 2017  
डिएसपीले कार्यस्थलमा दुर्व्यवहार गरेको भन्दै महिला प्रहरीद्वारा उजुरी

जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवानलाई कार्यालय प्रमुखसमेत रहेका डिएसपी केदार रजौरेले कार्यस्थलमा दुर्व्यवहार गरेको भन्दै कारबाहीका लागि माथिल्लो निकायमा उजुरी गरेकी छन् । म्यादी प्रहरी छनौटको सिलसिलामा १ हजार भन्दा बढी मानिसको सामुन्नेमा चुल्ठो समाएर लछारपछार गरेको भन्दै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र प्रहरी प्रधान कार्यालयको महिला…

April 7, 2017  
राजनीतिमा अपराधीकरणले मानव अधिकार उल्लङ्घनः सदस्य पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले नेपालको राजनीतिमा अपराधीकरण हावी भएकाले मानव अधिकार उल्लङ्घन नघटेको बताए । उनले चुनाव जित्नका लागि होस् या अरु कुनै गतिविधि गर्दा कानुनी शासन भन्दा पनि अपराधिक गतिविधि गर्ने गरेको टिप्पणी गरे । मानव अधिकारको वर्तामान अवस्था तथा निर्वाचन अनुगमन तथा चुनौती विषयक…

April 6, 2017  
जिल्ला स्तरीय बहस/ सम्वाद बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा चैत २३ गते जिल्ला स्तरीय बहस/सम्वाद बैठक सम्पन्न गरिएको छ । मालारानी र साहारे गाविसमा गठित मानव अधिकार निगरानी समूह, युवा समूह तथा बाल अधिकार चेतना समूहले स्थानीय स्तरमा छलफल गरी पहिचान…

April 6, 2017  
बाल क्लब सञ्जालको सक्रियतामा बालविवाह रोकियो 

स्थानीय बाल क्लब सञ्जालले १४ वर्षीया बालिका र १६ वर्षीय बालकबिच चैत १६ गते भएको विवाह बदर गर्न र आरोपितलाई कारबाहीको माग गर्दै प्रहरी चौकी नाग्ममा उजुरी दिएपछि प्रहरीको सहयोगमा बालविवाह रोकिएको छ । चैत १६ गते बालबिवाह भएको आरोपमा उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरी चौकी नाग्मका इञ्जार्ज गौरव…

April 4, 2017  
आयआर्जनका लागि कैदीबन्दीले उद्यम सुरु गरे

कारागारका कैदी बन्दीहरूले आयआर्जनका लागि उद्यम सुरु गरेका छन् । सल्यान कारागारभित्र विभिन्न उद्यम गरी मासिक २५ हजार रुपियाँसम्म आम्दानी गर्न थालेको कैदी बन्दीले बताएका छन् । कैदी बन्दीहरूले मुडा र टोकरीलगायतका बाँसजन्य सामग्री उत्पादन गरी मासिक २५ हजार रुपियाँसम्म आम्दानी गर्न थोलेका हुन् । कैदी बन्दीहरूले दिनभरी बाँसबाट बनाउने…

April 4, 2017  
राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका विषयमा अनुगमन सुरु गरेको छ । आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको नेतृत्वमा केन्द्रीय कार्यालयका योजना अधिकृत डा. टिकाराम पोखरेल, मानव अधिकार अधिकृत घनश्याम भण्डारी, उपक्षेत्रीय कार्यालय जुम्लाका नासु राजेन्द्र न्यौपानेलगायतको टोलीले चैत २१ गते कालिकोट जिल्लामा…

April 3, 2017  
जिल्लास्तरीय बहस बैठक सम्पन्न

वरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले कृषिलाई व्यवसायिक बनाउन सरकारले लगानी बढाएको बताएका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख सदरमुकाममा चैत १९ गते आयोजना गरेको सेवा प्रवाहसम्बन्धी बहस बैठकमा उनले यस्तो धारणा राखेका हुन् । सेवाग्राहीहरूका जिज्ञासाको जबाफ दिँदै उनले कृषिलाई आधुनिकीकरण र व्यवसायिक बनाउन हाते ट्रयाक्टर लगायतका…

April 1, 2017