सशस्त्र प्रहरीको लाठी चार्जबाट १२ जना घाइते
चन्दननाथ नपा-९ बयालकाटियागाउँका स्थानीयबासी र सशस्त्र प्रहरीको झडपमा १२ जना स्थानीयबासी घाइते भएका छन् भने चार जना प्रहरी घाइते भएका छन् । चन्दननाथ नपा-९ का वयालकाटियागाउँ र तलिउम गाउँबिच शम्भुनाथ पारिपाल्त भन्ने सामुदायिक वनको विषयमा वैशाख ११ गते विवाद भएपछि न्यायका लागि प्रशासन कार्यालय आउँदा सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज…
ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो
स्थानीय तहको खाता सञ्चालनमा नआउँदा विकास निर्माणको कार्य प्रभावित हुनुका साथै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । जिल्ला विकास समिति, गाउँ विकास समितिको खाता रोक्का गरिएको र जिल्ला समन्वय समिति तथा गाउँपालिकाको नयाँ खाता सञ्चालनमा नल्याइएकाले उनीहरू सामाजिक सुरक्षा…
निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन अनुगमन सुरू
स्थानीय तहको निर्वाचनमा कुनै पक्षबाट पनि बालबालिकाको प्रयोग हुन नदिन वैशाख १० गतेदेखि अनुगमन सुरू गरिएको छ । महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा समिति गठन गरी अनुगमन सुरू गरिएको हो । महिला तथा बालबालिका कार्यालय सल्यानको संयोजकत्वमा गठित समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा कार्यालय, दलित…
कारागारमा झडप हुँदा सात जना घाइते
जिल्ला कारागार दैलेखमा वैशाख ९ गते कैदीबन्दीहरूबिच झडप हुँदा सात जना घाइते भएका छन् । झडपमा गम्भीर घाइते हुनेमा नारायण शाही र उपेन्द्र पुन छन् । नारायण शाहीलाई बढी चोट लागेको कारण जिल्ला अस्पताल दैलेखमा उपचार गराइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर योगेन्द्र खड्काले जानकारी दिए । उपेन्द्र लगायत सामन्य घाइते…
निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा छलफल
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा छाँयानाथ रारा नपा-४ ताल्चा गाउँमा निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा वैशाख ६ गते मतदाताहरूसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ । छाँयानाथ रारा नपा-४ र ५ का मतदाता सहभागी कार्यक्रमका चिनकला बिकले मतदान गर्न नजानेको बताउँदै मतदाता शिक्षाको आवश्यकता भएको बताइन् । उनले भनिन्-'मतदान पत्र…
प्रमुख निर्वाचन आयुक्त डा. यादवको पुतला दहन
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जुम्लाले वैशाख ५ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको पुत्ला जलाएको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नु अराजनैतिक र असंवैधानिक कार्य भएको आरोप लगाउँदै राप्रपा जुम्लाले प्रमुख निर्वाचन आयुक्त डा. यादवको पुत्ला जलाएको हो । निर्वाचन…
इन्सेकद्वारा निर्वाचन पूर्वको अवस्थाबारे छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाबारे अनुगमन सुरु गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा साधारण सदस्य कृष्णमुरारी भट्ट, क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, प्रलेख अधिकृत नारायण सुवेदीसहितको टोलीले वैशाख ४ गते कालिकोट जिल्लामा निर्वाचन पूर्व मानव अधिकार…
स्थानीय तहको निर्वाचन सम्बन्धमा मतदातासँग छलफल
स्थानीय तहको निर्वाचन अघिको अवस्था सम्बन्धमा दैलेख जिल्लाको दुल्लु नपा-१ तल्लो डुङ्गेश्वरमा वैशाख ३ गते मतदातासँग भेटघाट तथा छलफल गरिएको छ । इन्सेकद्वारा स्थानीय तहको निर्वाचन अघिको अवस्था सम्बन्धमा अनुगमनका लागि यहाँ आएको टोलीले मतदातासँग छलफल गरेको हो । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्थानीय तहमा निर्वाचनको तयारी, निर्वाचन सम्बन्धमा…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-१ का ३९ वर्षीय आनन्द रावल र ठूलीभेरी नपा-५ की २८ वर्षीया शान्ति शाहीलाई चैत २९ गते गिरफ्तार गरेको छ । आनन्द रावलकी जेठी पत्नी ३७ वर्षीया पबित्रा रावलले आफू घरमा हुँदाहुँदै आरोपितद्वयले चैत २ गते ठूलीभेरी नपा-५ की शान्ति शाहीसँग नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा अर्को…
सुविधाको आयोडिन नुनलाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो
राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्देश्यले नामखा गाउँ पालिकाको हिल्सास्थित आयो नुनको डिपो संस्थानबाट सुविधामा दिएको नुन तोकिएको मूल्यभन्दा प्रति बोरा ९० रुपियाँ बढि तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् । हिल्सास्थित आयो नुन डिपो कार्यालयले चैत २५ गते वितरण गरेको ६० बोरा नुन डिपो संस्थानले…