बिरामीले सिटामोलसमेत पाएनन्, स्वास्थ्य चौकीमा औषधि अभाव
सिञ्जा गाउँपालिकामा रहेको इलाका स्वास्थ्य चौकी नराकोटमा सिटामोलसमेत नपाएर बिरामीहरू रित्तो हात फर्कने गरेका छन् । स्वास्थ्य चौकीमा औषधिको अभाव भएका कारणले बिरामीलाई रितो हात फर्काउनु परेको स्वास्थ्य चौकीका इञ्चार्ज प्रेम बमले बताए । 'करिव एक महिनादेखि उपचारका लागि स्वास्थ्य चौकीमा आएका बिरामीलाई पुर्जा लेखिदिएर मेडिकलहरूमा पठाउनु पर्ने बाध्यता रहेको…
इन्सेकको पहलमा बोटेचौरमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न
इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित गुर्भाकोट नपा-४, ५ र ९ वडास्तरीय मानव अधिकार निगरानी समूहको आयोजना तथा बजार व्यवस्थापन समिति बोटेचौरको समन्वयमा बोटेचौरमा स्वास्थ्य तथा सरसफाई विषयक बृहत अन्तरक्रिया गरिएपछि लगत्तै चिकित्सकसहितको टोलीले गुर्भाकोट नपामा तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गुर्भाकोट नपामा पछिल्लो समयमा स्वाइन फ्लु…
कुपोषित बालकलाई उपचारको अभाव
कडा कुपोषणबाट ग्रसित तिलागुफा नपा-११ का गोगन बिकका चार वर्षीय छोरा नयाराम बिकको थप उपचारका लागि आर्थिक अभाव भएको छ । कडा खालको कुपोषणको लक्षण देखिएपछि सुविधा सम्पन्न अस्पातलमा सिफारिस गर्नुपर्ने स्वास्थ्य चौकी इञ्चार्ज दुर्गाप्रसाद आचार्यले बताए । 'भदौ २६ गते स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिकको शरीरमा कडा खालको…
अन्तरजातीय विवाह गरेको आरोपमा दलित परिवारमाथि कुटपिट
बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बावु भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता बिकलाई अन्तरजातीय विवाह गरेको आरोपमा भदौ २५ गते राती दैलेख जिल्ला डुङ्गेश्वर नपा छदौंका ३२ वर्षीय आनन्द शाहीलगायतका चार जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । बलबहादुरले शाहीकी…
शैक्षिक सत्र सुरू भएको आठ महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक पाएनन्
चन्दननाथ नगरपालिका भित्र रहेको एकमात्र चन्दननाथ गुरूकुल पाठशालाका बालबालिकाले शैक्षिक सत्र सुरू भएको आठ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । उक्त गुरूकुल पाठशालाका प्रद्यानाध्यापक विश्वराज उपाध्यायले शैक्षिक सत्र सुरू भएको पहिलो हप्तामा पाठ्यपुस्तक माग गरिएपनि आठ महिना बितिसक्दा पनि अहिलेसम्म प्राप्त नभएको बताए । उनले भने-'पाठ्यपुस्तक नभएपछि…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
पत्नी हत्या घटनाका आरोपित सल्यान कुभिण्डे बनागार नपा-११ पाँचआरेका ३१ वर्षीय तेजबहादुर बिकलाई प्रहरीले भदौ २५ गते सुर्खेतबाट गिरफ्तार गरेको छ । सल्यान र सुर्खेतको सीमा क्षेत्र कालीमाटीबाट घर फर्कदै गरेकी ३४ वर्षीय पञ्चकुमारी बिकलाई तेजबहादुरले गुर्भाकोट नपा-२ को जङ्गलमा भदौ २५ गते ढुङ्गाले टाउकोमा थिचेर हत्या गरेको प्रहरीले जनाएको…
हिमा गाउँपालिका कर्मचारीविहीन, सेवाग्राही मर्कामा
हिमा गाउँपालिकामा १७ दिन देखि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । हिमा गाउँपालिकामा कार्यकारी अधिकृत र वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । हिमा गाउँपालिकामा कार्यरत तत्कालीन कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उपाध्याय चन्दननाथ नगरपालिकामा भदौ ५ गतेदेखि सरुवा भएर गएपछि हिमा गाउँपालिका कार्यकारीविहीन भएको हो । गाउँपालिका र…
औषधिको अभाव हुँदा स्यालको टोकाईबाट बिरामी भएका १७ जना उपचारबाट वञ्चित
गुर्भाकोट नपा-४ स्थित मिलनचोक, आँपखोली र बाघखोर गाँउका घरघरमा पसेर भदौ २१ र २२ गते 'बहुला' स्यालले स्थानीय बासिन्दा र चौपायालाई टोक्दा बिरामी परेकाहरू औषधिको अभावमा उपचारबाट वञ्चित भएका छन् । गुर्भाकोट नपा-४ का वडाध्यक्ष प्रशन्न शाहले दिएको जानकारी अनुसार यसरी घरघरमै पसेर बहुला स्यालको टोकाईबाट १७ जना स्थानीय बासिन्दा…
बलात्कारपछि हत्या गरिएको घटनाका आरोपित गिरफ्तार
तिलागुफा नपा-५ की १९ वर्षीया मन्सरा न्यौपानेलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दैलेख आठवीसकोट नपा-८ का ३८ वर्षीय कृष्णबहादुर आलेमगर र गाडी चालक सुर्खेत वीरेन्द्रनगर नपा-१ का ३४ वर्षीय लक्ष्मीप्रसाद आचार्यलाई भदौ १८ गते गिरफ्तार गरेको छ । यही घटनाका आरोपितलाई कारबाहीको माग गर्दै भदौ १९ गते कालिकोटका महिला नागरिक…
जिल्लाको एकमात्र एक्सरे मेसिन बिग्रँदा बिरामी मारमा
जिल्ला अस्पतालमा चार महिनादेखि बिग्रेको मेसिन नबनाउँदा एक्सरे गर्नुपर्ने बिरामी महङ्गो हवाई भाडा तिरेर बाहिरी जिल्लामा एक्सरे गर्न जानु परेको बिरामीहरूले गुनासो गरेका छन् । सर्केगाड गाउँपालिका-८ की २६ वर्षीया लक्ष्मी रोकाया जोर्नीको दुखाई भएपछि तीन दिन पैदल हिँडेर एक्सरे गर्न सदरमुकाम सिमकोटमा पुगेपनि जिल्ला अस्पतालको एक्सरे सेवा उपयोग गर्न…