स्थानीय सरकार जनताप्रति उदासिन भएको गुनासो
सिंहदरबारको अधिकार स्थानीय तहमा आएको भन्दै आम नागरिकमा खुशियाली छाएपनि हाल गठित स्थानीय सरकार जनताको समस्याप्रति उदासिन बनेकोले जनताले अपेक्षा गरे अनुरूपको राहत पाउन नसकेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । इन्सेक नेपालगञ्जद्वारा कात्तिक १५ गते वीरेन्द्रनगरमा सम्पन्न जिल्लाको मानव अधिकार अवस्था विषयक साझेदारी बैठकका सहभागीले यस्तो गुनासो गरेका…
वास्तविक द्वन्द्व पीडितले राहत नपाएको गुनासो (कार्यक्रमको फोटोफिचर)
नेपालको १० वर्षे सशस्त्र द्वन्द्वकालमा वास्तविक द्वन्द्व पीडितको छानबिन हुन नसकेको द्वन्द्वपीडितहरूले गुनासो गरे । इन्सेकले पुनःस्थापित गरेका विस्थापितको वर्तमान अवस्था बुझ्न जुम्ला आइपुगेका इन्सेकका क्षेत्रीय संयोजक भोला महत, प्रलेख अधिकृत नारायण सुवेदी, नर्वेजियन राजदुताबासका प्रतिनिधिद्वय राजकुमार ढुङ्गना र क्यारोलिन हार्जीभिन्ससमक्ष कात्तिक ८ गतेको विस्थापितहरूसँग गरिएको छलफल कार्यक्रममा उनीहरूले यस्तो…
मुगु जिल्लाको मानव अधिकार अवस्थाबारे सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नर्बेजियन राजदुताबासको सयुंक्त टोलीले मुगु जिल्लाको मानव अधिकारको अवस्थाबारे जिल्लाका सरोकारवालासँग छलफल गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, प्रलेख अधिकृत नारयण सुबेदी, नर्बेजियन दुताबासका प्रतिनिधि क्यारोलिन र राजकुमार ढुङ्गानको संयुक्त टोलीले जिल्लाका सरोकारवालासँग मानव अधिकारको अवस्थाका…
हुम्लाका ३१ सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा
जिल्लामा स्थापित ३९ मध्ये ३१ सरकारी कार्यालय प्रमुखविहीन रहेका छन । दसैँ विदा भन्दा अगाडि नै जिल्ला छाडेका ती कार्यालय प्रमुखहरू हालसम्म जिल्लामा फिर्ता नहुँदा कार्यालयहरू प्रमुखविहीन भएका छन् । जसका कारण सेवाग्राही मर्कामा परेका छन । दसैँ विदा सकिएको तीन हप्ता भै सक्दा पनि प्रमुखविहीन रहेका जिल्लाका सरकारी कार्यालयहरूमा…
बजारमा म्याद नाघेका सामान विक्री हुँदा उपभोक्ता मारमा
जिल्लाको सदरमुकाम सिमकोटका पसलमा म्याद नाघेका बिस्कुट, चाउचाउ, हलुवा पकाउने पिठो, तेल, मसला, चिउरालगायतका सामग्री व्यापारीले विक्री वितरण गरेपनि सम्बन्धित निकायबाट अनुगमन नहुँदा उपभोक्ता मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालयले सदरमुकामस्थित बजारमा रहेका पसलमा एक वर्षदेखि अनुगमन नगर्दा अधिकांश पसलमा म्याद नाघेका सामान विक्री वितरण भएको स्थानीयले आरोप लगाएका…
खाद्य संस्थानद्वारा अनुदानका लागि दिनु पर्ने चामलमा लिएको रकम फिर्ता गर्ने प्रतिबद्धता
कर्णालीबासीलाई जन्म र मृत्यु संस्कारमा नेपाल सरकारले अनुदानमा दिने भनिएको चामल खाद्य संस्थानले अनुदानमा उपलब्ध नगराएको विषयमा इन्सेकको पहलपछि उक्त रकम फिर्ता गर्ने नेपाल खाद्य संस्थानले जनाएको छ । यस विषयमा नेपाल खाद्य संस्थान, प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालालाई इन्सेकले जानकारी गराई असोज २३ गते इन्सेक अनलाइनमा समाचार प्रकाशित गरिएको थियो…
मानव अधिकारप्रति सबै सचेत हुनुपर्छः स्थानीय विकास अधिकारी
जिल्ला समन्वय समिति दैलेखका स्थानीय विकास अधिकारी डिलाराम पन्थीले मानव अधिकारप्रति सबै क्षेत्र सचेत हुनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इएलपी परियोजना सल्लाहकार समितिको बैठकमा उनले सेवाप्रदायकहरू अझ बढी सचेत हुनु पर्ने बताएका हुन् । स्थानीय विकास अधिकारी पन्थीले सेवाप्रदान गर्नु पर्ने निकायले सेवा प्रवाहमा ढिलासुस्ती…
मानव अधिकार ज्यादतीबाट पीडितलाई इन्सेकद्वारा सहयोग
अन्तरजातीय विवाह गरेको आरोपमा केटी पक्षबाट कुटपिट गरिएका बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बुवा भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता बिकको परिवारलाई इन्सेकले असोज २६ गते आर्थिक सहयोग उपलब्ध गराएको छ । औषधि खर्च बापत इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले बिक परिवारलाई ५ हजार रुपियाँ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छेडागाड नपा-१० का ६४ वर्षीय मोती पुनलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज २३ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य…
स्वास्थ्यचौकीबाट 'म्याद' गुज्रेका औषधि वितरण
स्थानीय स्वास्थ्य संस्थामा खटाइएका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको उत्तरी क्षेत्रको दुर्गम गाउँपालिका स्थित लिमीका स्थानीय बासिन्दाले लामो समयदेखि म्याद सकिएको औषधि प्रयोग गरिरहेको फेला परेको छ । चीनको स्वःशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका-६ मा पर्ने तिल, हल्जी र जाङ्ग गरी तीन गाउँको बीचमा भएको लिमी स्वास्थ्यचौकीबाट 'म्याद' सकिएका औषधीहरू बिक्री…