स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिला चौरमा सुत्केरी
तातोपानी गाविस-५ डाँगीवाडाकी ३२ वर्षीया विनासी डाँगीलाई सुरक्षित प्रसुति सेवाका लागि साउन २३ गते स्वास्थ्य चौकीमा पुर्याइएपनि तातोपानी गाविसस्थित स्वास्थ्य चौकी र उक्त स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बाहिर खुलाचौरमा सुत्केरी भएकी छन् । सुत्केरी ब्यथाले च्यापेपछि डिाँगीका आफन्तले घरदेखि करिब एक किलोमिटर टाढा रहेको स्वास्थ्य…
राजनीतिक दलका कार्यकर्ताको दबाबमा बलात्कार घटनाका आरोपित छुटाइयो
४० वर्षीया महिलालाई बलात्कार गरेको घटनाको आरोपमा प्रहरी हिरासतमा रहेका सुउँ गाविस-२ का ३७ वर्षीय कालीबहादुर रोकायलाई नेपाली काङ्ग्रेस र एमाले पार्टीको स्थानीय कार्यकर्ताको दबाबमा साउन २१ गते प्रहरी हिरासतबाटै छाड्नु परेको प्रहरीले जनाएको छ । पहिला बलात्कार गरेको उजुरी परेपनि साउन २१ गते पीडितले आफूलाई अभद्र व्यवहार गरेको र…
मध्यपश्चिमाञ्चल क्षेत्रका कारागारमा क्षमता भन्दा तेब्बर बन्दी, बसोबासमा समस्या
मध्यपश्चिमाञ्चल क्षेत्रका कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी रहँदा बसोबासमा समस्या भएको छ । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार मध्यपश्चिमाञ्चल क्षेत्रका १५ ओटा कारागारहरूको क्षमता ८ सय २० रहेपनि अहिले ती कारागारहरूमा २ हजार ५ सय कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बन्दी धेरै हुँदा एउटै कोठामा २५/३०…
समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की
स्युना गाविस-८ निवासी रेडियो कर्णाली र पाइला सप्ताहिकमा कार्यरत पत्रकार ३४ वर्षीय रत्न कार्कीलाई साउन ५ गते ओदानकु गाविस-६ निवासी अनेरास्ववियू (क्रा.) का केन्द्रीय सदस्य ३२ वर्षीय खेमबहादुर सिंहले पार्टीको हित विपरित समाचार लेखेको आरोपमा मार्ने धम्की दिएको पीडितले आरोप लगाए । कालिकोटबाट प्रकाशित हुने कर्णाली पाइलाको रैवार स्तम्भमा…
'बोक्सी' भनी अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
कुपिण्डे गाविस-५ की २० वर्षीया सेती परियारलाई कथित बोक्सीको आरोपमा सिस्नोपानीले कुटपिट गरी अभक्ष खुवाएको घटनाका पाँच जना आरोपितलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबहादुर खत्रीका अनुसार गिरफ्तार पर्नेमा कुपिण्डे गाविस-५ का २९ वर्षीय रुपलाल दमाई, सोही ठाउँकी ३५ वर्षीया गङ्गा दमाई, २१…