कुपोषणका कारण बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्रीको चासो

कुपोषणबाट मृत्यु भएकी सिप्खाना गाविस-४ की १४ महिने सुशीला योगीको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक ३० गते स्वास्थ्यमन्त्रीसमक्ष चासो राखेका छन् । पीडित बालिकाको कात्तिक २६ गते कुपोषणबाट मृत्यु भएको उनका घरपरिवारले बताएको समाचार सञ्चारमाध्यामहरूमा आएपछि प्रधानमन्त्रीले चासो राखेका हुन् । आवश्यक मात्रामा पौष्टिक आहार नपाएपछि कुपोषण…

November 16, 2016  
नगरपालिकाको ढिलासुस्तीका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ

सामाजिक सुरक्षा भत्ता समयमा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । भेरीमालिका नपा-४ का ७२ वर्षीय बेदबहादुर शाही सामाजिक सुरक्षा भत्ता लिन पटकपटक नगरपालिका धाउँदापनि नपाएको गुनासो गरेका हुन । चार महिनादेखि ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता नपाउँदा दैनिक जीवनयापनमा समस्या परेको बेदबहादुरले गुनासो गरे । 'भत्ता आयो कि…

November 16, 2016  
प्रहरीद्वारा २८ जना नाबालकको उद्धार

शङ्कास्पद रूपमा डोल्पाबाट काठमाडौँ लैजाँदै गरेका २८ जना नाबालकलाई प्रहरीले ०७३ कात्तिक २८ गते छिन्चुबाट उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुको प्रहरी टोलीले डोल्पाको तिञ्जे गाविसबाट काठमाडौँ पढाउन भनी लैजादै गरेका २८ जना नाबालकहरूको उद्धार गरेको हो । डोल्पा तिञ्जे घर बताउने चोजिन जिस्टु लामा नाम गरेका गुरूको…

November 15, 2016  
यौन दुर्व्यवहार घटनामा दोषी ठहर गर्दै साँढे सात वर्षकैदको फैसला

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहरमा १५ वर्षीय एक बालकलाई जिल्ला अदालतले सात वर्ष ६ महिना बाल सुधारगृहमा राख्न र पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट कात्तिक २५ गते उक्त फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले बताए । घटनामा संलग्न…

November 10, 2016  
स्वास्थ्यचौकीमा उपचार नपाएपछि औषधि पसलेको भर

स्वास्थ्यचौकीमा उपचार सेवा नपाएपछि औषधि पसलेको भर परेर उपचार गर्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् । मालिकाठाँटा गाविस-१ पुरू गाउँकी ४५ वर्षीया पाल्के नेपालीले बिरामी हुँदा मेडिकलमा महङ्गो उपचार गराउनु परेको बताइन् । उनले भनिन्- 'कात्तिक २१ गते बिरामी हुँदा गाउँकै स्वास्थ्य संस्थामा उपचार नभएपछि छिमेकीले स्टेचरमा बोकेर गाउँदेखि…

November 10, 2016  
खडेरी प्रभावित क्षेत्रमा आएको चामल वितरण नहुँदा कामदार मर्कामा

सर्किदेउ, बराई, साँया, रोडिकोट, गोठी, श्रीनगर, कालिका, मैला, मदान र जैर गाविसमा खडेरीग्रस्त पीडितका लागि आएको चामल कात्तिक २३ गतेसम्म वितरण नहुँदा सडकमा काम गर्ने कामदार मर्कामा परेको स्थानीयबासीले गुनासो गरेका छन् । नेपाल सरकारले खडेरी प्रभावित हुम्ला जिल्लाका स्थानीयबासीलाई दिएको खाद्यान्न काम गरेपछि दिने बताइएको थियो । ०७३ जेठको…

November 10, 2016  
सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

नेपालीहरूको महान चाड दशैँ तिहारमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको चन्दननाथ नगरपालिकका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । चन्दननाथ नपा-१५ बोहोरागाउँका ६५ वर्षीय नुन्या कामीले सामाजिक सुरक्षा भत्ता नपाएकाले दसैँ तिहार जस्ता ठूला चाड खल्लो भएको बताए । उनले भने-'राज्यले बैङ्कमार्फत रकम वितरण…

November 9, 2016  
कथित बोक्सीको आरोपमा अमानवीय व्यहार गरेको आरोपमा प्रहरीमा उजुरी

रानीवन गाविस-१ लामिडाँडाकी ७३ वर्षीया पुष्पा सुनारलाई कथित बोक्सीको आरोपमा सोही ठाउँका ६२ वर्षीय देवर भक्तबहादुर सुनारले अमानवीय व्यवहार गरेको आरोपमा पीडितले कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । भक्तबहादुरको आँगनमा कात्तिक १४ गते देउसी भैलोको नाँच हेरेको र सोही राति बाख्राको पाठो मरेको विषयलाई लिएर कात्तिक…

November 7, 2016  
बेस्तडाका स्थानीयले सीडीओलाई भने-'सिटामोल पाउनु पर्‍यो हजुर !'

दैलेखका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लुकबहादुर क्षेत्रीलाई बेस्तडाका स्थानीयले बिरामी पर्दा सिटामोल खान पाउनु पर्ने माग राखेका छन् । इलाका नं. ४ को मुख्य मुकाम बेस्तडाको विकास तथा सुरक्षा अवस्था बुझन पुगेका प्रमुख जिल्ला अधिकारी क्षेत्रीसँगको अन्तरक्रियामा रुम गाविस-१ का नन्दबहादुर विकले इलाकाको मुकाममा सरकारी स्वास्थ्य निकाय नहुँदा समस्या परेको…

November 6, 2016  
अस्पतालमा एक्स-रे मेसिन नहुँदा बिरामीलाई सास्ती

जिल्ला अस्पतातमा एक्स-रे मेसिनले काम नगर्दा बिरामीलाई उपचार गर्न समस्या देखिएको छ । स्वास्थ्य निर्देशनालयबाट यो भन्दा पहिला एक मात्र एक्सरे मेसिन दिएको भएपनि उक्त मेसिन बिग्रेर काम नगर्ने भए पछि समस्या बढेको अस्पताल प्रशासनले जनाएको छ । जिल्ला अस्पतालमा उक्त मेसिनले काम नगरेपछि बिरामीले हेड नेपालमा उक्त सेवा लिँदै…

November 6, 2016