बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय मामाविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा साउन ८ गते उजुरी दिएका छन् । आरोपित बुढाक्षेत्रीले ०७४ फागुन महिना यता विवाह गर्ने प्रलोभनमा पटकपटक तथा असार २२ गते घर नजिकको जङ्गलमा बाख्रा चराइरहेको अवस्थामा बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।…

July 25, 2018  
अनुदानको चामल महङ्गो भएपछि स्थानीयबासीले संस्थानको चामल किन्न छाडे

हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महङ्गो भएपछि स्थानीयबासीले खाद्य संस्थानको चामल किन्न छाडेको छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्य संस्थानको चामल वितरण गर्ने गरेपनि महङ्गो हुने भएपछि स्थानीयबासीले किन्न छोडेका हुन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामल भन्दा पनि…

July 25, 2018  
दुई वर्षसम्म सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयबासीको गुनासो

दुई वर्षसम्म सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयबासीले गुनासो गरेका छन् । ०७३/७४ को सामाजिक सुरक्षा भत्ता र बाल अनुदानको रुपियाँ साउन ८ गतेसम्म वितरण नहुँदा स्थानीयबासी मर्कामा परेको जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले बताए । '०७३/७४ को सामाजिक सुरक्षा भत्ता र बाल अनुदान सचिवले वितरण नगरेपछि हामी मार्कामा परेका…

July 24, 2018  
समिति गठनप्रति बाढी पीडितको असन्तुष्टी

कर्णाली प्रदेशको विभिन्न स्थानमा अस्थायी शिविरमा बसोबास गर्दै आएका बाढीपीडितका समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले साउन ७ गते गठन गरेको उच्चस्तरीय बाढी पीडित समस्या समाधान समितिप्रति बाढी पीडितहरूले असन्तुष्टी व्यक्त गरेका छन् । उच्च स्तरीय समितिमा बाढी पीडित सङ्घर्ष समितिले बाढी पीडितलाई नसमेटेको भन्दै बाढी पीडितहरूले असन्तुष्टी व्यक्त गरेका…

July 24, 2018  
विद्यालयमा छुवाछुत कायामै, दलित विद्यार्थी पठनपाठनबाट वञ्चित

सिमकोट गाउँपालिका–२ स्थित रामदेव माविमा छुवाछुत कायमै भएपछि दलित विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ । विद्यालयमा दलित जातीका बालबालिका पठनपाठन गर्न जाँदा ‘अन्य जात’का विद्यार्थीहरूले नजिक समेत बस्न नदिएपछि २५ जना दलित बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् । दलित र अन्य जातका विद्यार्थीहरूसँगै बसेर खाजा त के पानी पनि सँगै…

July 22, 2018  
जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको घटनाका आरोपित त्रिपुरासुन्दरी नपा–४ का २५ वर्षीय हरिकृष्ण बुढा र २२ वर्षीय श्याम बुढालाई प्रहरीले साउन ३ गते गिरफ्तार गरेको छ । त्रिपुरासुन्दरी नपा–४ का १४ वर्षीय भरुने कामीलाई ‘तँ कामीको छोरा’ दलितसँग हामी बल खेल्दैनौ भन्दै कुटपिट गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरी चौकी त्रिपुराकोटमा…

July 20, 2018  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुर्भाकोट नपा–१० का ५२ वर्षीय लोकबहादुर बिकलाई प्रहरीले साउन २ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी चौकी घुमखहरेमा साउन १ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको…

July 19, 2018  
डक्टर केसीलाई काठमाडौँ लगियो, झडपमा परी घाइते भएका प्रहरीको उपचार गरिँदै

२० दिनदेखि जुम्लामा अनशनरत डक्टर गोविन्द केसीलाई साउन ३ गते नेपाली सेनाको टेलिकप्टरबाट काठमाडौँ लगिएको छ । काठमाडौँ लैजाने तयारी गर्दैगर्दा उनका समर्थकले अवरोध गर्न खोजेपछि प्रहरी र उनका समर्थकबिच झडप भएको छ । डक्टर केसीका समर्थक र प्रहरीबीच झडप हुँदा दर्जनौँ घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको सिसा…

July 19, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बराहताल गाँउपालिका–५ का १८ वर्षीय पुरन बिकविरूद्ध प्रहरीमा साउन १ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले असार २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ३० गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई असार…

July 18, 2018  
दुई पक्ष आ–आफ्नै अडानमा, केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

सरकार र डक्टर गोविन्द केसी पक्षले आआना अडान यथावत राखेपछि साउन १ गतेको वार्ता पनि असफल भएको छ भने १८ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर बनिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । माग सुनुवाइमा सरकार संवेदनशील नबनेको डक्टर केसीको समर्थक संयुक्त सङ्घर्ष समिति जुम्लाले जनाएको छ । केसीको स्वास्थ्यस्थिति गम्भीर बन्दै…

July 17, 2018