अस्पतालमा सिटी स्क्यानको व्यवस्था नहुँदा बिरामीलाई जिल्ला बाहिर रिफर
जिल्ला अस्पताल हुम्लामा सिटी स्क्यानको व्यवस्था नहुँदा सिटी स्क्यान गर्नुपर्ने बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गर्ने गरिएको अस्पतालले जनाएको छ । सडक सुविधा नभएको अवस्थामा सिटिस्क्यान गर्नुपर्ने बिरामीहरू महङ्गो प्लेन भाडा तिरेर नेपालगञ्ज लगायतका अन्य सहरमा जानु पर्ने राया गाविस-५ का २२ वर्षीय सन्तोष रावलले गुनासो गरेका छन्…
समाचार लेखेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप
प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष एवम् नागरिक दैनिकमा कार्यरत २८ वर्षीय पवित्र शाही र कारोबार दैनिकमा कार्यरत ३२ वर्षीय रमेश रावललाई समाचार लेखेको आरोपमा प्रहरी टोलीले असोज ९ गते दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् । पत्रकारद्वय आफ्नो कोठामा सुतेको अवस्थामा प्रहरीले घरबाट बाहिर निकाली सरकारी कार्यालयको समाचार लेख्ने भन्दै…
नवजात शिशुको हत्या गरेको घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको हत्या गरेको आरोपमा भेरीमालिका नपा-१३ इमेचौरकी २६ वर्षीया कमला विकलाई असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ । नवजात शिशुलाई आरोपितले असोज ६ गते गाउँबाट केही टाढा झाडीमा फालेको आरोपमा कमलाका ससुरा रामबहादुर विकले असोज ७ गते प्रहरी चौकी कुदुमा उजुरी दिएका थिए । आमाले झाडीमा फालेको नवजात…
सुत्केरी महिलाले सामाजिक सुरक्षा भत्ता पाएनन्
नेपाल सरकारले सुत्केरी महिलालाई दिने गरेको सामाजिक सुरक्षा भत्ता फोइमहादेव गाविसका महिलाहरूले नपाएको गुनासो गरेका छन् । फोइमहादेव गाविस–४ की २५ वर्षीया कमला कटुवालले गाउँमा रहेको बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी भएपनि सो बापत पाउने १ हजार ५ सय रुपियाँ सुत्केरी भत्ता र अस्पतालमा नियमित गर्भवति अवस्था चेकजाँच गराएवापत थप चार…
क्षमता भन्दा दोब्वर थुनुवा, बसोबासमा समस्या
जिल्ला प्रहरी कार्यालय कालिकोटमा हिरासतको क्षमता भन्दा दोब्वर थुनुवा भएपछि बसोबासमा समस्या भएको थुनुवाहरूले गुनासो गरेका छन् । जीर्ण अवस्थामा रहेको थुनुवा कक्षमा महिला पाँच जना र पुरुष पाँच जनाको क्षमता छ । तर, अहिले हिरासतमा १५ जना पुरुष, पाँच जना महिला गरी २० जना थुनुवा र दुई जना नाबालक…
बलात्कार प्रयास घटनाका आरोपितलाई प्रहरीले कारबाही नगरेको आरोप
आफूमाथि बलात्कार प्रयास गर्ने नाम थाहा नभएका अपरिचित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गर्न ढिलासुस्ती गरेको भन्दै छाप्रे गाविस-५ की ३३ वर्षीया एक महिलाले ०७३ असोज ६ गते क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतमा उजुरी दिएकी छन् । तालिमका लागि वीरेन्द्रनगर आएकी महिलालाई जुम्लारोडस्थित हाम्रो लेकाली होटलमा कार्यरत २६ वर्षीय कामदारले भदौ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भर्ता गाविस-१ का २८ वर्षीय धोजे विकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले असोज ५ गते गिरफ्तार गरेको जनाएको छ । पीडित महिलालाई आरोपितले असोज ५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीलाई मौखिक उजुरी गरपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी…
बालिका हत्या घटनाका आरोपित गिरफ्तार
लाम्रा गाविस–७ धौलापानीगाउँकी १७ वर्षीया मन्नु न्यौपानेको हत्या गरेको आरोपमा दैलेख जिल्ला तोलीजैसी गाविस–५ का २३ वर्षीय केशव शाहीलाई प्रहरीले ०७३ भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित मन्नुलाई शाहीलगायत पाँच जना बालबालिकाले हत्या गरेको भन्दै मृतकका आफन्तले भदौ ३० गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा किटानी जाहेरी दिएका छन्…
मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा
पुनरावेदन अदालत जुम्लामा विगत तीन महिनादेखि मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा परेका छन् । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश नहुँदा बेञ्च बस्न नसकेको र मुद्दा फैसला गर्नका लागि दुई जना न्यायाधीश आवश्यक पर्ने भएकाले एकजना न्यायाधीशको अनुपस्थितले इजलास नचलेपछि सेवाग्राही मर्कामा परेका हुन । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायधीश टङ्कबहादुर…
खाद्य सङ्कटलगायतका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
कर्णाली क्षेत्रमा हुने गरेको खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्नका लागि भूगोल र हावापानी सुहाउँदो सिञ्चाई प्रविधिको विकास र तत् सम्बन्धि कार्यक्रम र्सार्वजनिक गर्नुपर्ने मागसहित कालीकोटबासीले भदौ २९ गते प्रधानमन्त्रीलाई आठबुँदे ज्ञापन पत्र बुझाएका छन् । कर्णालीका नागरिकहरूकोतर्फबाट कर्णाली कृषि तथा खाद्य सरोकार समूह, सञ्चारकर्मी, अधिकारकर्मी र नागरिक समाजको टोलीले जिल्ला…