सिंजा क्षेत्रमा मालपोत र नापी कार्यालय नहुदाँ सेवाग्राही मर्कामा
संघीय संरचना अनुसार सार्वजनिक सेवा मालपोत र नापी कार्यालय स्थानीय तहमा स्थापना गर्नुपर्ने हो । तर जुम्लामा अन्य सार्वजनिक सेवाका कार्यालय स्थानीय तहमा स्थापना भएपनि मालपोत र नापी कार्यालय स्थापना तथा संघीयताको मर्मनुसार स्थापना नभएपछि सेवाग्राही मर्कामा परेका हुन् । संघीय संरचना भएको लामो समय वितिसक्दा पनि नापी र मालपोत…
मानव अधिकार प्रवर्धनमा सबै क्षेत्रको सहयोग आवश्यक: घिमिरे
जिल्ला सरकारी वकिल कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले मानव अधिकार प्रवर्धनमा सबै क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेखमा असार ६ गते आयोजना गरेको वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलित घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । जिल्ला न्यायाधिवक्ता घिमिरेले…
एउटै विद्यालयका ५७ जना विद्यार्थीमा देखियो ठेउला रोग
उत्तरी नाम्खा गाउँपालिका–४ याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयको छात्रवासमा बस्दै आएका विद्यार्थीलाई ठेउला रोगको लक्षणसँग मिल्ने समस्या देखिएको छ । स्वास्थ्य सेवा कार्यालय, हुम्लाका प्रमुख प्रेमबहादुुर सिंहका अनुुसार एक जना विद्यार्थीमा देखिएको आशंका गरिएको ठेउला रोग हाल ५७ जना विद्यार्थीमा सरेको छ । विद्यार्थीमा लागेको रोगको लक्षण पुरै ठेउलासँग मिल्दोजुल्दो…
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मुगु जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनालाई पुनरपुष्टि गर्ने उद्देश्यले सरोकारवाला निकायबीच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ४ गते सम्पन्न गरेको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि मुगु जिल्लामा २०२२ जनवरीदेखि हालसम्म भएका मानव अधिकार उल्लङ्घन र…
जुम्लाकोटमा खानेपानी अभाव ः १ सय ७२ घरधुरीको दुई धारा मात्रै
तिला गाउँपालिका–८ जुम्लाकोट जुम्ला जिल्लाको विकट बस्ती हो । त्यस गाउँमा पुग्नका लागि सडक खनिए पनि रारालिहिस्थित तिला नदीमाथि पक्की पुल निर्माणाधिन अवस्थामा रहेकाले सवारी साधन चल्ने गरेका छैनन् । कच्ची सडक भत्काइएको छ । त्यो क्षेत्रका मालबाहक सवारी साधन भनेकै खच्चर र मानिस नै हुन् । विकास निर्माणका सामग्रीदेखि…
प्रदेश स्तरीय बार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रम असार ४ गते सम्पन्न भएको छ । इन्सेकद्वारा कर्णाली प्रदेशमा सञ्चालित कार्यक्रमको प्रभावकारीता र जिल्ला प्रतिनिधिहरूबीच जिल्लाको मानव अधिकारको समग्र अवस्थाका विषयमा ०७९ असार ३ र ४ गते समीक्षा गरिएको थियो ।…
सिफारिस संयन्त्रको प्रदेशस्तरीय कार्याशाला सुरु
कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा सिफारिस संयन्त्रको दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा सिफारिस संयन्त्रको प्रदेश स्तरीय कार्यशाला ०७९ असार ४ गते सुरु भएको हो । कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जुम्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १ गते सम्पन्न भएको छ । जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको हो । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७८ पुस १७ गतेदेखि ०७९ जेठ ३१ गतेसम्म करिव…
साहराविहिन तीन जना बालकको बास गोठमा !
रास्कोट नगरपालिका–४ का १३ वर्षीय भरत सार्की, सात वर्षीय भाइ हस्त सार्की र पाँच वर्षीय भाइ डाइमण्ड सार्की बिचल्लीमा परेका छन् । बालकहरूका बाबु गुइया सार्कीको ६ वर्षअघि मृत्यु भएको र चार वर्षअघि आमा आइती सार्कीले अर्को विवाह गरेर अन्यत्र गएका कारण साहराविहिन भइ बालकहरू बिचल्लीमा परेका हुन् । गुइया…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया एक महिलालाई तुल्सीपुर उपमनपा–४ दाङका ३० वर्षीय रामबहादुर वलीले बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ०७९ जेठ ३० गते गिरफ्तार गरेको छ जेठ २९ गते साँझ पसल बन्द गरेर घर जाँदै गरेको अवस्थामा आरोपितले जिल्ला प्रहरी कार्यालय नजिकैको पुलमा बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ ३० गते जिल्ला प्रहरी…