यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–८ रादेउका २५ वर्षीय जयलाल रोकायालाई जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ १८ गते बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ १९ गते सर्केगाड प्रहरी चौकीमा उजुरी दिएको इन्स्पेक्टर नरेन्द्र चन्दले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको…
विद्यार्थीहरु जोखिमपूर्ण जीर्ण भवनमा बसेर पठनपाठन गर्न बाध्य
जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकासँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ स्थित मान्धारा माध्यमिक विद्यालयका विद्यार्थीहरू जोखिमपूर्ण जीर्ण भएको भवनमा बसेर पठनपाठन गर्न बाध्य भएका छन् । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरू विद्यालयको भवन जीर्ण भएपछि जोखिमपूर्ण भवनभित्र बसेर पठनपाठन गर्न बाध्य भएका हुन् । करिब ६ वर्षदेखि जीर्ण भवनमा पढाउँदै आएपनि उक्त विद्यालयको…
गुणस्तरीय शिक्षा नभएको भन्दै विद्यालय छोड्दै विद्यार्थी
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको उच्च हिमाली भेग क्षेत्रमा अत्याधिक चिसो हुने र दक्ष शिक्षकहरू त्यस क्षेत्रका विद्यालयमा जान नमानेपछि गुणस्तरीय शिक्षा नभएको भन्दै विद्यार्थीहरु विद्यालय छोड्न बाध्य भएका छन् । गुणस्तरीय शिक्षा नभएको कारण देखाउँदै अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालयबाट छुटाउन बाध्य भएका हुन । विद्यालयमा नियमित रुपमा शिक्षक उपस्थिति…
जिल्ला अस्पतालमा औषधिको अभाव, बिरामीहरुलाई समस्या
जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामीहरुलाई समस्या भएकाे छ । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि जिल्ला अस्पतालमा औषधिको अभाव भएको हाे । १५ शैयाको जिल्ला अस्पतालमा वैशाख पहिलो सातादेखि औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामीहरु समस्यामा परेका हुन् । डाक्टरले लेखेको औषधी निजी मेडिकलमा किनेर प्रयोग…
तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता: अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई समस्या
सर्केगाड गाउँपालिका–२ का स्थानीयबासी तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता छ । अरु वैकल्पिक बाटो नहुँदा तुइनको भरमा गाउँपालिका कार्यालयमा पुग्नु पर्ने बाध्यता भएको स्थानीय जय बहादुर कार्कीले गुनासो गर्नुभयो । तुइन तरेर गाउँपालिका कार्यालयमा आउन जान अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई झनै समस्या भएको उहाँको भनाइ छ…
गाउँमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो पटक वडा स्तर गाउँमै पुगेरे वितरण टोली मार्फत अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । हालसम्म परिचय पत्र नपाएका अपाङ्गता भएका व्यक्तिहरूलाई नयाँ अपाङ्गता परिचय पत्र तयार पारेर प्रदान गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरु भत्ता पाउनबाट वञ्चित भएपछि गाउँमै…
धिगा गाउँमा खानेपानी समस्या
जिल्लाको उत्तरी भेग नाम्खा गाउँपालिका–१ धिगा गाउँमा खानेपानीको समस्या भएको छ । करिब पाँच महिनादेखि धिगा गाउँमा खानेपानीको समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् । दुई घण्टाको पैदल लाग्ने लेख धिगाबाट खानेपानी ल्याएपनि अहिले गाउँमा हाहाकार जस्तै भएको स्थानीय सोनाम ग्याल्जन लामाले बताउनुभयो । स्थानीय लामाका अनुसा ४३ घरधुरी…
विद्यालय भवनकाे छानो उडाउँदा चारदिनदेखि पठनपाठन प्रभावित
सिमकोट गाउँपालिका–२ ठेहेमा गाउँ स्थित रामदेव माध्यमिक विद्यालय भवनकाे छानो जेठ १ गते राती आएकाे हावाहुरीले उडाएपछि चारदिनदेखि पठनपाठन प्रभावित भएको छ । हावाहुरीले विद्यालयको दुई कोठे भवनको छानो उडाएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नर भण्डारीले जानकारी दिनुभयो । हावाहुरीले विद्यालयको एकतर्फी भागको सबै जस्तापाता उडाएपछि हाल विद्यार्थी खुल्ला आकाशमुनि…
यातायात समितिको ज्यादतीविरुद्व जनप्रतिनिधिद्वारा ज्ञापन पत्र पेश
कर्णाली करिडोर अन्तर्गत पर्ने बाजुराको पिलीचौरमा यातायात समितिले गरेको ज्यादतीविरुद्ध जनप्रतिनिधिद्वारा वैशाख ३० गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेका छन् । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत गृहमन्त्रालय लगायत १५ ओटा कार्यालयमा ज्ञापनपत्र पेश भएको छ । सुर्खेतबाट बाजुराको पिलीचौर हुँदै सर्केगाड सडकखण्डमा सञ्चालन…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव, बिरामीलाई समस्या
सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीलाई सास्ती खेप्नुपरेको छ । खानेपानीको सुविधा नभएर समस्या भएको स्वास्थ्य चौकीमा सुत्केरी गराउन आएकी सेवाग्राही कल्पना सिंहले गुनासो गर्नुभयो । सुत्केरी…