कक्षा कोठामा पानीको भलपसेपछि पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । असार २० गतेदेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण विद्यालयका चार ओटा कक्षा कोठामा भल पसेपछि पठनपाठनमा समस्या भएको हो । कक्षाकोठामा भलपसेपछि पठनपाठनमा समस्या भएको कक्षा ९ मा अध्ययनरत सुप्रभा भण्डारीले बताउनुभयो ।…

२०८१ असार २६, बुधबार १६:५३ गते  
अपाङ्गतामैत्री कार्यालय नहुँदा सेवाग्राही मर्कामा

जिल्लामा रहेका सरकारी कार्यालय अपाङगता मैत्री नभएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिँदा त्यसलाई ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन असहज भएको हो । सिमकोट गाउँपालिका–५ का धनलाल कामीले जिल्लाका कुनै पनि सरकारी कार्यालय अपाङ्गतामैत्री नभएका कारण आफूजस्तै अपाङ्गता भएका धेरै…

२०८१ असार २४, सोमबार १७:२९ गते  
इन्सेकको पहलमा बालकको उद्धार

दैलेख जिल्ला नौमुल गाउँपालिका–४ स्थित उत्तीसेनीका १७ वर्षीय बालक सुमन बुढा मगरको इन्सेकको पहलमा असार २३ गते उद्धार भएको छ । ०८१ जेठ ३२ गते घरबाट हिडेर धन कमाउने भन्दै नाम्खा गाउँपालिका–६ स्थित लिमिमा पुगेका बालकको इन्सेकको पहलमा उद्धार भएको हो । घरबाट जाजरकोट जिल्लाका मानिसहरूसँग हुम्ला पुगेर जडीबुटी सङ्कलन…

२०८१ असार २४, सोमबार १६:५३ गते  
कार्यालय प्रमुखमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सर्लाही जिल्ला घर भई आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लामा कार्यरत ४८ वर्षीय कार्यालय प्रमुख शंकर गुप्तालाई हातपात गरेको आरोपमा प्रहरीले जुम्ला जिल्ला घर भई साेही कार्यालयमा नासु पदमा कार्यरत ४० वर्षीय   गोर्ख रावतलाई असार २१ गते गिरफ्तार गरेको छ । कार्यालय सञ्चालनकै समयमा हातपात गरी घाँटीमा चोट लागेको भन्दै पीडित पक्षले…

२०८१ असार २२, शनिबार १६:५२ गते  
विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या, गाउँपालिकाले सुनुवाइ नगरेको शिक्षक र विद्यार्थीको गुनासो

सर्केगाड गाउँपालिका–१, तुम्च स्थित देवल आधारभूत विद्यालयको भवन डेढ वर्षदेखि जीर्ण भएर पठनपाठनमा समस्या हुँदै आएको छ । जीर्ण भवनलाई मर्मतका लागि गाउँपालिकालाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको विद्यालयका शिक्षक र विद्यार्थीले गुनासो गरेका छन् । पटक/पटक  गाउँपालिकालाई नयाँ भवन निर्माणका लागि अनुरोध गरे पनि गाउँपालिका जनप्रतिनिधिले सुनुवाइ नगरेको विद्यालयका…

२०८१ असार २०, बिहीबार १६:५१ गते  
जिल्ला अस्पतालमा पानीको अभाव, सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पताल हुम्लामा करिब पाँच महिनादेखि खानेपानीको अभाव भएपछि सेवाग्राहीलाई  सास्ती भएको छ । जिल्ला अस्पताल जस्तो सम्वेदनशील क्षेत्र भए पनि पानीको अभाव भएपछि दैनिक आउने सेवाग्राही खानेपानीबाट वञ्चित हुनु परेकाे छ । १५ शैयाको सो अस्पतालमा नियमित पानी नआएपछि सेवा लिन आएका बिरामी लगायत अस्पतालको सरसफाइमा समेत समस्या देखिएको…

२०८१ असार २०, बिहीबार १६:१९ गते  
आर्थिक अभावमा बालबालिका दाउरा बेच्न बाध्य : पठनपाठन प्रभावित

घरको आर्थिक अवस्था अति कम्जोरी भएपछि विद्यार्थीहरू दाउरा बेच्न जार्नुपर्ने बाध्यताले पठनपाठनमा समस्या भएको छ । सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालयका विद्यार्थीलाई दैनिक गुजारा गर्न र पठनपाठनको जोहो गर्नकै लागि दाउरा बेच्न बाध्य भएका हुन् । दैनिक दिन विद्यालय सञ्चालन हुन्छ तर सो विद्यालयका विद्यार्थी एका बिहानै सदरमुकाम सिमकोट…

२०८१ असार २०, बिहीबार १५:४० गते  
गाउँपालिकाको लेखापाललाई हातपात घटनाका आरोपित गिरफ्तार

जुम्ला जिल्ला घर भई अदानचुली गाउँपालिकामा कार्यरत ३८ वर्षीय लेखापाल दत्त थापालाई हातपात गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–३ का २४ वर्षीय मनोज फडेरा, २७ वर्षीय गोर्ख फडेरा र २८ वर्षीय उब्जन दमाईलाई असार १६ गते गिरफ्तार गरेको छ । स्थानीयले असार १६ गते गाउँपालिका कार्यालयमै गएर हातपात गरेपछि लेखापाल थापाले…

२०८१ असार १७, सोमबार १८:०४ गते  
अझै हटेन तुइन, जोखिम मोलेर वारपार गर्छन् बालबालिका र ज्येष्ठ नागरिक

कर्णाली नदीमा पक्की पुल बन्न नसक्दा स्थानीयबासी तुइनमार्फत वारपार गर्नुपर्ने बाध्यता छ ।  पूर्वाधार विकास कार्यालयले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरे पनि निर्माण कम्पनीले पुल नबनाउँदा तीन ओटा वडाका स्थानीयबासी तुइन तर्न बाध्य हुनु परेको हो । खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका जयबहादुर रावलले लाली…

२०८१ असार १३, बिहीबार १३:३७ गते  
नवजात शिशुसँगै सुत्केरी आमालाई गोठमा बस्नु पर्ने बाध्यता

ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँकी २५ वर्षीया वसन्ती रोकाया सुत्केरी भएको तीन साता वितिसक्दा पनि गोठमै बस्न बाध्य हुनु भएको छ । घरमा बस्दा देवता रिसाउने भन्दै घरपरिवारले गोठमा राखेपछि चिसो जमिनको भुईँमा रात कटाउन बाध्य हुनु परेको गुनासो गर्नु भएको हो । आफुसँग नत ओढ्ने नत ओछ्याउने कपडा नै छ…

२०८१ असार १२, बुधबार ०९:५५ गते