लघु जलविद्युत आयोजना बन्द भएपछि सेवाग्राही मर्कामा

जिल्लाकाे दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकाले खारखोला लघु जलविद्युत आयोजना बन्द गर्ने निर्देशन दिएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् । विगत लामो समयदेखि सञ्चालनमा रहेको उक्त जलविद्युत साउन १ गतेदेखि गाउँपालिकाले विद्युत बन्द गर्न निर्देशन दिएपछि उक्त क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन् । गाउँपालिकाले विद्युत नै बन्द गर्न…

२०८१ श्रावण ६, आईतवार २१:२८ गते  
१५ घरधुरी परिवार खानेपानीबाट वञ्चित

सिमकोट र नाम्खा गाउँपालिका बीच भागमा पर्ने पाखामाट्न गाउँका १५ घरधुरी परिवार खानेपानीबाट वञ्चित भएका छन् । गत असार १८ गतेदेखि परेको अविरल वर्षासंगै आएको बाढी पहिरोले खानेपानीको मुहान बगाएर लगेपछि उक्त क्षेत्रका नागरिक शुद्ध पिउने पानीबाट वञ्चित भएका हुन् । तीनसातादेखि खानेपानीको मुहान बगाएपछि हाल सो क्षेत्रका स्थानीय हेप्का…

२०८१ श्रावण ६, आईतवार २०:३९ गते  
टुलिङ गाउँको ३० घरधुरी परिवार पहिरोको उच्च जोखिममा

सिमकोट गाउँपालिका–७ स्थित टुलिङ गाउँका ३० घरधुरी बाढी पहिरोको उच्च जोखिममा परेका छन् । गत असार १८ गतेदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले क्षत विक्षत बनाएको छ । गाउँ नजिकै आएको पहिरोले यतिबेला टुलिङ गाउँका स्थानीय उच्च जोखिम मोलेर गाउँमा बस्न बाध्य भएको स्थानीय सार्की शाहीले जानकारी दिनुभयो ।…

२०८१ श्रावण ४, शुक्रबार १४:४३ गते  
पठनपाठन प्रभावित भएकाे भन्दै विद्यार्थीद्वारा शिक्षकको माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र

दुई महिनादेखि विज्ञान विषयको शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यामिक विद्यालयमा दरबन्दी भए पनि दुई महिनादेखि शिक्षकको व्यवस्था नभएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । विद्यालयमा विज्ञान विषय पढाउने शिक्षक नभएपछि शिक्षकको माग गर्दै असार २८ गते आफूहरू सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई…

२०८१ असार २९, शनिबार २१:०६ गते  
गाउँपालिकामा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो

चंखेली गाउँपालिकामा कार्यरत कर्मचारीले तलब भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिका स्थायी कर्मचारीले तीन महिना र अस्थायी कर्मचारीले करिब दश महिनादेखि तलब नपाएको चंखेली गाउँपालिका–४ का वडा सचिव विजय कुमार शाहीले जानकारी दिनुभयो । तलब नपाउनेमा स्थायी २१ जना र करार नियुक्त अस्थायी ८२ जना कर्मचारी रहेका छन् ।…

२०८१ असार २६, बुधबार १७:१२ गते  
कक्षा कोठामा पानीको भलपसेपछि पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । असार २० गतेदेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण विद्यालयका चार ओटा कक्षा कोठामा भल पसेपछि पठनपाठनमा समस्या भएको हो । कक्षाकोठामा भलपसेपछि पठनपाठनमा समस्या भएको कक्षा ९ मा अध्ययनरत सुप्रभा भण्डारीले बताउनुभयो ।…

२०८१ असार २६, बुधबार १६:५३ गते  
अपाङ्गतामैत्री कार्यालय नहुँदा सेवाग्राही मर्कामा

जिल्लामा रहेका सरकारी कार्यालय अपाङगता मैत्री नभएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिँदा त्यसलाई ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन असहज भएको हो । सिमकोट गाउँपालिका–५ का धनलाल कामीले जिल्लाका कुनै पनि सरकारी कार्यालय अपाङ्गतामैत्री नभएका कारण आफूजस्तै अपाङ्गता भएका धेरै…

२०८१ असार २४, सोमबार १७:२९ गते  
इन्सेकको पहलमा बालकको उद्धार

दैलेख जिल्ला नौमुल गाउँपालिका–४ स्थित उत्तीसेनीका १७ वर्षीय बालक सुमन बुढा मगरको इन्सेकको पहलमा असार २३ गते उद्धार भएको छ । ०८१ जेठ ३२ गते घरबाट हिडेर धन कमाउने भन्दै नाम्खा गाउँपालिका–६ स्थित लिमिमा पुगेका बालकको इन्सेकको पहलमा उद्धार भएको हो । घरबाट जाजरकोट जिल्लाका मानिसहरूसँग हुम्ला पुगेर जडीबुटी सङ्कलन…

२०८१ असार २४, सोमबार १६:५३ गते  
कार्यालय प्रमुखमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सर्लाही जिल्ला घर भई आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लामा कार्यरत ४८ वर्षीय कार्यालय प्रमुख शंकर गुप्तालाई हातपात गरेको आरोपमा प्रहरीले जुम्ला जिल्ला घर भई साेही कार्यालयमा नासु पदमा कार्यरत ४० वर्षीय   गोर्ख रावतलाई असार २१ गते गिरफ्तार गरेको छ । कार्यालय सञ्चालनकै समयमा हातपात गरी घाँटीमा चोट लागेको भन्दै पीडित पक्षले…

२०८१ असार २२, शनिबार १६:५२ गते  
विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या, गाउँपालिकाले सुनुवाइ नगरेको शिक्षक र विद्यार्थीको गुनासो

सर्केगाड गाउँपालिका–१, तुम्च स्थित देवल आधारभूत विद्यालयको भवन डेढ वर्षदेखि जीर्ण भएर पठनपाठनमा समस्या हुँदै आएको छ । जीर्ण भवनलाई मर्मतका लागि गाउँपालिकालाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको विद्यालयका शिक्षक र विद्यार्थीले गुनासो गरेका छन् । पटक/पटक  गाउँपालिकालाई नयाँ भवन निर्माणका लागि अनुरोध गरे पनि गाउँपालिका जनप्रतिनिधिले सुनुवाइ नगरेको विद्यालयका…

२०८१ असार २०, बिहीबार १६:५१ गते