इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिनका लागि जिल्लाको सर्केगाडमा स्थापना भएका इलाका स्तरका वन, पशु सेवा, कृषि विकास र हुलाक कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुनु र उचित व्यवस्थापन अभावका कारण सेवाग्राहीका कामकाज ठप्प रहेको रोडीकोट गाविस-२ का स्थानीयबासी…
सर्केगाड स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामी मर्कामा
स्वास्थ्य चौकी सर्केगाडमा सामान्य बिरामीका लागि आवश्यक पर्ने औषधि नहुँदा बिरामीहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । स्वास्थ्य चौकीमा भएको सिटामोल पनि अब सकिन लागेकाले त्यसको पनि अभाव हुने देखिएको स्थानीयबासी अज थापाले जानकारी दिए । 'पहिला पहिला आएका बिरामीलाई अलिकति सिटामोल दिएर फर्काउने गरेको थिए । अब…
खाद्य संस्थानमा चामलको ढुवानी नहुँदा स्थानीय अन्नको माग
हुम्लाको खाद्य संस्थानमा हवाई जहाजबाट चामल ढुवानी हुन नसक्दा स्थानीय अन्नको माग बढेको छ । संस्थानले असोज २७ गते गाविसको कोटाको चामल एक घरको दश केजीका दरले वितरण गरेको थियो । उक्त चामल मङ्सिर २ गतेसम्म ढुवानी नभएपछि जिल्ला प्राथमिक खरिद समितिको सरकारी निर्णय अनुसार कात्तिक ३० गते बसेको समितिले…
खडेरी प्रभावित क्षेत्रमा आएको चामल वितरण नहुँदा कामदार मर्कामा
सर्किदेउ, बराई, साँया, रोडिकोट, गोठी, श्रीनगर, कालिका, मैला, मदान र जैर गाविसमा खडेरीग्रस्त पीडितका लागि आएको चामल कात्तिक २३ गतेसम्म वितरण नहुँदा सडकमा काम गर्ने कामदार मर्कामा परेको स्थानीयबासीले गुनासो गरेका छन् । नेपाल सरकारले खडेरी प्रभावित हुम्ला जिल्लाका स्थानीयबासीलाई दिएको खाद्यान्न काम गरेपछि दिने बताइएको थियो । ०७३ जेठको…
अस्पतालमा एक्स-रे मेसिन नहुँदा बिरामीलाई सास्ती
जिल्ला अस्पतातमा एक्स-रे मेसिनले काम नगर्दा बिरामीलाई उपचार गर्न समस्या देखिएको छ । स्वास्थ्य निर्देशनालयबाट यो भन्दा पहिला एक मात्र एक्सरे मेसिन दिएको भएपनि उक्त मेसिन बिग्रेर काम नगर्ने भए पछि समस्या बढेको अस्पताल प्रशासनले जनाएको छ । जिल्ला अस्पतालमा उक्त मेसिनले काम नगरेपछि बिरामीले हेड नेपालमा उक्त सेवा लिँदै…
ढुवानी समस्याले आयोडिन नुन खान नपाए पछि स्थानीयवासीको गुनासो
सदरमुकाम सिमकोटदेखि ५२ कोष टाढाको लिमी गाविसका वासिन्दाले हालसम्म आयोडिन युक्त नुन खान पाएका छैनन् । चार दिन पैदल मार्गबाट आयोनुन ढुवानी गर्न समस्या भएपछि यहाँका स्थानीयले आयोनुन प्रयोग गर्न नपाएको बताएका छन् । हुम्ला जिल्लामा ढुवानी अनुदानको आयोडिन युक्त नुन विगत १८ वर्षदेखि आउने गरे पनि लिमी गाविसका २…
विद्यालय व्यवस्थापन समिति गठनको विवादका कारण झडप
विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवाद भएका कारण डाँडाफयामा नयाँ शक्ति र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ । उक्त झडपमा परी दुईजना घाइते भएका छन् । डाँडाफया गाविस-१ निवासी नेकपा माओवादी केन्द्रका कार्यकर्ता ३६ वर्षीय नेत्रबहादुर शाहीलाई सोही ठाउँका नयाँ शक्ति पार्टीका कार्यकर्ता ३४ वर्षीय हरिबहादुर शाही र…
दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा
बराई स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वस्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा परेको स्थानीयबासिले गुनासो गरेका छन् । २५ वर्षअघि स्थापित उक्त स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको बराई गाविसका स्थानीय रामराज शाहीले बताए । स्वास्थ्य चौकीमा हाल एक जना कार्यलय सहयोगी मानबहादुर रोकाया रहेको रामराज शाहीले बताए । जनस्वास्थ्य…
अपाङ्गता भएका बालबालिकालाई सामाग्री सहयोग
लक्षित वर्ग अन्तर्गत विनियोजित रकमबाट जिल्ला विकास समितिले २५ ओटा सिरक र तन्ना किनेर अपाङ्गता भएका बालबालिकालाई प्रदान गरेको छ । अपाङ्गता भएका बालबालिकाहरूको होस्टेलमा सुत्नका लागि सहज होस् भनेर सिरक र तन्ना सहयोग गरिएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले बताए । जिल्ला विकास समितिले विनियोजित गरिएको लक्षित वर्गको रकम…
कार्यलय प्रमुख नहुँदा सेवाग्राही मर्कामा
दसैँ विदामा घर गएका सरकारी कार्यालयका प्रमुख विदा सकिएिको आधा महिना बितिसक्दा पनि कार्यालयमा हाजिर नुहँदा सेवाग्राही मर्कामा परेका छन् । सरकारी कार्यालयहरूमा जिल्ला स्वास्थ्य, वन मालपोत आयूर्वेद, जिल्ला हुलाक, महिला तथा बालबालिका, हिल्दुम जलविद्युत, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा, घरेलु तथा साना उद्योग विकास समिति, सिमकोट हिल्सा सडक…