किट अभावले कोभिड–१९ सङ्क्रमितको परिक्षणमा समस्या

किट अभावका कारण कोभिड सङ्क्रमणको परिक्षणमा समस्या भएको मैला स्वास्थ्य चौकीले जनाएको छ । पछिल्लो समय जिल्लामा दिनप्रतिदिन कोभिड–१९ सङ्क्रमण बढ्दै जाने तर परिक्षण गर्ने प्रयाप्त स्रोत साधन नहुने भएपछि कोभिड सङ्क्रमितका बिरामी बढेका छन । ताँजाकोट गाउँपालिका–४ को गोठेलबाडा गाउँमा दश जनाको कोभिड–१९ सङ्क्रमण परीक्षण गर्दा आठ जनामा पुष्टि…

August 28, 2022  
एक वर्ष अघिदेखि राहत नपाएको बाढी पीडितको गुनासो

एक वर्ष अघि परेको अविरल वर्षाले डुवानमा परेर क्षति भएका तीन घरपरिवारले राहत नपाएको गुनासो गरेका छन् । गत वर्षको असोज र कात्तिक महिनामा परेको अविरल वर्षाका कारण सिमकोट गाउँपालिका–७ को डाँडाफयाका तीनओटा घरलाई पूर्ण रुपमा क्षति बनाएको थियो । वर्षाले क्षति बनाएको करिब एक वर्ष बित्दा पनि स्थानीयले राहतको…

August 28, 2022  
बलात्कार घटनाका आरोपित विरुद्व उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित खार्पुनाथ गाउँपालिका–५ का २५ वर्षीय प्रकाश सुनारका विरुद्व पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, हुम्लामा भदौ ५ गते उजुरी दिएका छन । पीडितलाई आरोपितले ०७९ साउन २९ गतेदेखि भदौ ३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा…

August 22, 2022  
पाठ्यपुस्तक छपाइमा कमजोरी, बालबालिकाको पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ८ को नेपाली विषयमा दुईवटा पाठ नछापिएर खाली आएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ । विद्यालयले खरिद गरेको नेपाली कितावका दुईवटा पाठ नछापिएको खाली भएर आएपछि बालमिन्दर माविका ५६ जना विद्यार्थीको पठनपाठनमा समस्या भएको हो । शैक्षिक सत्र सुरु भएको तीन महिनापछि ढिलो…

August 18, 2022  
कक्षा कोठामा पानी पसेपछि पठनपाठनमा समस्या

ताजाँकोट गाउँपालिकास्थित धर्मोदय माध्यमिक विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठनमा समस्या भएको छ । विद्यालय भवनलाई पहिरोले जीर्ण बनाएपछि विद्यार्थी पानी जमेको कक्षा कोठामा बसेर अध्ययन गर्न बाध्य भएका हुन् । गत वर्ष साउनमा परेको अविरल वर्षातका कारण उक्त भवनमा क्षति पुगेपनि सोही भवनका कोठामै बसेर अध्ययन गर्दै आएको कक्षा…

August 18, 2022  
ताँजाकोटको जनप्रकाश माविका विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य

ताँजाकोट गाउँपालिका–१ को जनप्रकाश माविका विद्यार्थी खुल्ला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । विद्यालयको भौतिक संरचना अभावमा विद्यार्थीहरू खुल्ला चौर र भुइँमै बसेर अध्ययन गर्दै आएका हुन । २०७५ सालमा स्थापना गरिएको जनप्रकाश माविको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका छन् । विद्यालयमा पर्याप्त भौतिक…

August 17, 2022  
वडाले सिफारिस नदिँदा मतदान स्थल छुट्याउने निर्णय कार्यान्वयनमा समस्या

खार्पुनाथ गाउँपालिका–१ र ४ को वडा कार्यालयबाट सिफारिस नआएपछि मालिका मावि र मान्धारा माविको मतदान केन्द्र छुट्याउने जिल्लाको निर्णय कार्यान्वयनमा समस्या आएको छ । निर्वाचन आयोगको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ को दफा ७ अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ०७९ साउन १७ गते बसेको बैठकले गरेको निर्णय…

August 8, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–७ का २२ वर्षीय लोकबहादुर बिकलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १६ गते नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई खार्पुनाथ गाउँपालिका–५ स्थित रातामुलबाट…

August 4, 2022  
स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

चङ्खेली गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गकी ३१ वर्षीया जुना सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकामा कार्यरत खरिदार, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गका ३८ वर्षीय महेन्द्र शाहीलाई साउन १६ गते गिरफ्तार गरेको छ । साउन १६ गते गाउँपालिका स्वास्थ्य शाखामा काम गरिरहेको बेला बाहिरबाट मदिरा सेवान गरेर आएका शाहीले…

August 2, 2022  
पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

रेडियो कर्णाली आवाजका रिपोर्टर, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष सिमकोट गाउँपालिका–४ बुराउसेका ४२ वर्षीय मिग्युर लामालाई कुटपिट गरेको आरोपमा सिमकोट गाउँपालिका–२ ठेहेका ३५ वर्षीय बाँचबहादुर भण्डारीलाई प्रहरीले साउन १४ गते गिरफ्तार गरेको छ । साउन १४ गते बेलुका ८ बजेको समयमा रेडियोका कर्मचारीका आफन्त खार्पुनाथ गाउँपालिका–३ रायाका २२ वर्षीय ऐटन रावलले…

July 31, 2022