अज्ञात पक्षबाट विद्यालय तोडफोड, कागजात नष्ट, पठनपाठनमा समस्या
सिमकोट गाउँपालिका-४ हिल्दुमस्थित बालविकास प्रावि अज्ञात व्यक्तिको समूहले असार १७ गते तोडफोड गरेका छन् । उक्त समूहले विद्यार्थीको खाजाको सम्पूर्ण सामान लगेका छन् भने विद्यालयको कागज-पत्र च्यातेर नष्ट गरेको विद्यालय प्रशासनले जनाएको छ । रातिको समयमा बालविकास प्राविको झयाल तोडेर अज्ञात पक्षले विद्यार्थी र शिक्षकको हाजिरी रजिष्टार, यसै वर्षप्रावि शिक्षा…
कुटपिट घटनाका आरोपित देवर गिरफ्तार
सिमकोट गाउँपालिका-६ की ३८ वर्षीया बाँचकली भनिने जुनकला कामीलाई असार १२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३४ वर्षीय देवर परमल सिंह कामीलाई असार १२ गते गिरफ्तार गरेको छ । मदिराले लठि्ठएका देवरले आफ्नै घरको ढोकामा लातीले हानेर फुटाल्न खेज्दा भाउजुले ढोकामा नहान्नुस भन्दा उल्टै बाँचकलीलाई हात र मुक्काले…
सरकारी विद्यालयमा शुल्क उठाउँदा विद्यार्थी मर्कामा
जिल्ला सदरमुकाम सिमकोटस्थित बालमन्दिर मावि, मानसरोवर मावि, भिमसेन आधारभुत विद्यालय र कालाशिल्ता प्राविले विभिन्न बाहानामा विद्यार्थीबाट मासिक शुल्क उठाउँदा विद्यार्थी मर्कामा परेका छन् । संविधानको प्रावधान अनुरूप सरकारले आधारभुत शिक्षा अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क घोषणा गरेपनि जिल्लाका यी विद्यालयले शुल्क लिँदै आएको अविभावक चितलसिंह रोकायाले गुनासो गरे । नेपालको…
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्वको अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हरेक वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम हुम्लामा असार ४ गते गरिएको छ । इन्सेकद्वारा असार ४ गते आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले इन्सेक जिल्ला प्रतिनिधिले जुनसुकै घटनाहरू सङ्कलनका क्रममा संवेदनशील भएर…
दुई महिनादेखि स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही प्रभावित
र्सर्केगार्ड स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधि अभाव हुँदा सेवाग्राही प्रभावित भएका छन् । उक्त स्वास्थ्य चौकीमा मेट्रो, सिटामोल, एसिलक, अल्वेन्डाजोल, स्काविज लोसन र भिटामिन दुई महिनादेखि सकिएको स्वाथ्य चौकीका इञ्चार्ज सन्तोष गुमीले जानकारी दिए । 'स्वास्थ्य चौकीमा न औषधि छ, न स्वास्थ्यकर्मी नै!'-सर्केगार्ड गाउँपालिका-३ उनापानीकी जुनकली सार्कीले गुनासो गरिन् ।…
समचार प्रकाशन/प्रशारणमा चित्त नबुझेपछि पत्रकारलाई ज्यानमार्ने धम्की
समाचार प्रकाशन/प्रशारण गरेको विषयमा चित्त नबुझेपछि सिमकोट गाउँपालिका-२ का ३६ वर्षीय पत्रकार मिमसिंह नेपालीलाई जेठ ८ गते अपरिचित व्यक्तिले मोबाइलमार्फत ज्यान मार्ने धम्की दिएका छन् । सिमकोट गाउँपालिका-४ बुराउँसे गाउँका २७ वर्षीय गोपाल चक्र लामाले ताजाकोट गाउँपालिका-७ र साविकको मैला, मदना गाविसको सामाजिक सुरक्षा भत्ता र वडा कार्यालयको विनियोजित बजेट…
स्वास्थ्य चौकीमा औषधिको अभाव, ऋण खोजेर बिरामीलाई हेलिकप्टरद्वारा उद्धार
सर्केगाड गाउँपालिकास्थित स्वास्थ्य चौकीमा तीन महिनादेखि औषधि नहुँदा बिरामी मर्कामा परेका छन् । सो स्वास्थ्य चौकीमा सिटामोल, हाइब्रो अल्वेन्डाजोल, डिब्लु प्रोल्विन, डिब्लोफ्ल्याल्क्स, एसिलोफ्ल्याक्सलगायतका औषधि नभएपछि स्थानीयबासी मर्कामा परेका हुन् । सर्केगाड गाउँपालिका-१ जैरकी ४० वर्षीया चुना बुमी जेठ ५ गतेदेखि पेट दुख्ने समस्याबाट पीडित भएकी थिइन् । बिरामी भएपछि उनलाई…
विद्यालयको लापरवाहीले परीक्षा दिन नपाएको विद्यार्थीको गुनासो
मानसरोवर माध्यामिक विद्यालयको लापरबाहीका कारण यस वर्षको कक्षा ११ को परीक्षा दिन नपाएको परीक्षार्थीहरूले आरोप लगाएका छन् । विद्यार्थीले विद्यालयमा गएर परीक्षा भर्ना शुल्क, लाइब्रेरी शुल्क, खेलकुद शुल्क, रजिष्टेशन फारम शुल्क बुझाएको भए पनि, रजिष्टेशन फारम नभरेको भन्दै पाँच जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित बन्चित गराएको परीक्षार्थी सुनमति शाहीले गुनासो…
डेढ महिनादेखि विद्यालयमा पठनपाठन नभएको अभिभावकको गुनासो
खार्पुनाथ गाउँपालिका-२ थालीस्थित शङ्कर निम्न माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकको लापरवाहीले डेढ महिनादेखि पठनपाठन नभएको अभिभावकले गुनासो गरेका छन् । वैकल्पिक व्यवस्था नगरी नयाँ भवन बनाउने भन्दै पुरानो भवन विद्यालय व्यवस्थापन समितिले भत्काएपछि बालबालिकाको पठनपाठन चैत २० गतेदेखि प्रभावित भएको अभिभावक राजु रावलले गुनासो गरेका हुन् । उक्त…
खार्पुनाथ गाउँपालिकाले बनायो शिक्षासम्बन्धी १२ वटा कानुन
खार्पुनाथ गाउँपालिकाले १२ वटा शिक्षा कार्य विधिको कानुन निर्माण गरेको छ । गाउँपालिकाले १२ वटा कानुन निर्माण गरी गाउँसभाबाट पारित गरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । अध्यक्ष रावलका अनुसार यसअघि बनाएर कार्यान्वयनमा ल्याएको शिक्षा कार्यविधि केही संशोधनसहित पारित गरिएको छ । त्यस्तै विद्यालय खोल्ने अनुमति र स्विकृतीसम्बन्धी…