विद्यालयमा छुवाछुत कायामै, दलित विद्यार्थी पठनपाठनबाट वञ्चित
सिमकोट गाउँपालिका–२ स्थित रामदेव माविमा छुवाछुत कायमै भएपछि दलित विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ । विद्यालयमा दलित जातीका बालबालिका पठनपाठन गर्न जाँदा ‘अन्य जात’का विद्यार्थीहरूले नजिक समेत बस्न नदिएपछि २५ जना दलित बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् । दलित र अन्य जातका विद्यार्थीहरूसँगै बसेर खाजा त के पानी पनि सँगै…
इन्सेकको निरन्तर पहलपछि हुम्लाका आगालागी पीडितले राहत पाए
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला जिल्लाका इन्सेक प्रतिनिधि नन्द सिंहको निरन्तर पहलपछि ताजाँकोट गाउँपालिका–१ स्थित काँडा जिमाना गाउँका २५ घरधुरीका आगलागी पीडितले असार २९ गते रहात पाएका छन् । ०७४ फागुन १८ गते राति १० बजे अज्ञात व्यक्तिले स्थानीयबासी हरिबहादुर रिठालको गोठमा आगो लगाई भागेपछि उक्त गाउँका २५ घरमा…
अस्थायी शिक्षक परीक्षा दिन हिँडेपछि दुई हप्तादेखि विद्यार्थीको पठनपाठन प्रभावित
शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक परीक्षा नेपालगञ्जमा तोकेपछि जिल्लाका अधिकांश विद्यालयका विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । जिल्लाका ४२ विद्यालयका करिब ७५ प्रतिशत अस्थायी शिक्षक परीक्षा दिनकै लागि असार १४ गतेदेखि नेपालगञ्ज झरेपछि हुम्लाका करिब ९० वटा विद्यालयका विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । नाम्खा गाँउपालिका-१ स्थित बुद्ध निमावि…
पाँच महिना बितिसक्दा पनि हुम्लाका आगालागी पीडितले राहत पाएनन्
ताजाँकोट गाउँपालिका-१ स्थित काँडा जिमाना गाउँका २५ घरधुरीका आगलागी पीडितले पाँच महिना बितिसक्दा पनि राहत नपाएको स्थानीयबासी जगतबहादुर शाहीले गुनासो गरेका छन् । उनले भने-'आगलागी भएको पाँच महिना बित्यो । तर, हामीले अहिलेसम्म राहत पाएका छैनौँ ।' दैविप्रकोप उद्धार समितिलाई आग्रह गर्दा समेत आर्थिक वर्षको अन्तिमसम्म कसैको ध्यान नगएको जगतबहादुरको…
इन्सेकको सहकार्यमा नमूना गाउँ घोषणा
सिमकोट गाउँपालिका, किर्डाक नेपालको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत महिला काल्याण हुम्लाको सहकार्यमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको-३ बरगाउँ गाउँलाई नमूना गाउँ घोषणा गरिएको छ । गाउँमा जनताले आधारभुत सुविधा पाएपछि बरगाउँलाई नमूना गाउँ घोषणा गरिएको हो । असार २२ गते भएको नमूना गाउँ घोषणा कार्यक्रममा सो…
अज्ञात पक्षबाट विद्यालय तोडफोड, कागजात नष्ट, पठनपाठनमा समस्या
सिमकोट गाउँपालिका-४ हिल्दुमस्थित बालविकास प्रावि अज्ञात व्यक्तिको समूहले असार १७ गते तोडफोड गरेका छन् । उक्त समूहले विद्यार्थीको खाजाको सम्पूर्ण सामान लगेका छन् भने विद्यालयको कागज-पत्र च्यातेर नष्ट गरेको विद्यालय प्रशासनले जनाएको छ । रातिको समयमा बालविकास प्राविको झयाल तोडेर अज्ञात पक्षले विद्यार्थी र शिक्षकको हाजिरी रजिष्टार, यसै वर्षप्रावि शिक्षा…
कुटपिट घटनाका आरोपित देवर गिरफ्तार
सिमकोट गाउँपालिका-६ की ३८ वर्षीया बाँचकली भनिने जुनकला कामीलाई असार १२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३४ वर्षीय देवर परमल सिंह कामीलाई असार १२ गते गिरफ्तार गरेको छ । मदिराले लठि्ठएका देवरले आफ्नै घरको ढोकामा लातीले हानेर फुटाल्न खेज्दा भाउजुले ढोकामा नहान्नुस भन्दा उल्टै बाँचकलीलाई हात र मुक्काले…
सरकारी विद्यालयमा शुल्क उठाउँदा विद्यार्थी मर्कामा
जिल्ला सदरमुकाम सिमकोटस्थित बालमन्दिर मावि, मानसरोवर मावि, भिमसेन आधारभुत विद्यालय र कालाशिल्ता प्राविले विभिन्न बाहानामा विद्यार्थीबाट मासिक शुल्क उठाउँदा विद्यार्थी मर्कामा परेका छन् । संविधानको प्रावधान अनुरूप सरकारले आधारभुत शिक्षा अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क घोषणा गरेपनि जिल्लाका यी विद्यालयले शुल्क लिँदै आएको अविभावक चितलसिंह रोकायाले गुनासो गरे । नेपालको…
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्वको अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हरेक वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम हुम्लामा असार ४ गते गरिएको छ । इन्सेकद्वारा असार ४ गते आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले इन्सेक जिल्ला प्रतिनिधिले जुनसुकै घटनाहरू सङ्कलनका क्रममा संवेदनशील भएर…
दुई महिनादेखि स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही प्रभावित
र्सर्केगार्ड स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधि अभाव हुँदा सेवाग्राही प्रभावित भएका छन् । उक्त स्वास्थ्य चौकीमा मेट्रो, सिटामोल, एसिलक, अल्वेन्डाजोल, स्काविज लोसन र भिटामिन दुई महिनादेखि सकिएको स्वाथ्य चौकीका इञ्चार्ज सन्तोष गुमीले जानकारी दिए । 'स्वास्थ्य चौकीमा न औषधि छ, न स्वास्थ्यकर्मी नै!'-सर्केगार्ड गाउँपालिका-३ उनापानीकी जुनकली सार्कीले गुनासो गरिन् ।…