सुबिधामा पाइएको चामललाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुबिधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्देश्यले सर्केगाडमा स्थापना गरिएको इलाका स्तरीय खाद्य संस्थानबाट चामल वितरणमा तोकिएको मूल्य भन्दा बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् । लोसार (भुवा) पर्वलाई मध्यनजर गरी पुस ९ गते सर्केगाड इलाका खाद्य कार्यालयमा वितरण गरेको ३० किलो चामलको संस्थानले १…

December 31, 2016  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह घटनाका आरोपित ठेहे गाविस-१ का २४ वर्षीय कुशल परियारलाई प्रहरीले पुस १३ गते गिरफ्तार गरेको छ । परियारकी २० वर्षीया पत्नी गीता परियारले नाम ठेगाना थाहा नभएकी महिलासँग पतिले अर्को विवाह गरेको आरोप लगाउँदै गत मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएकी थिइन् । तीन वर्षअघि विवाह…

December 29, 2016  
गाविस सचिवले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै गाँउ परिषद स्थगित

गाविस सचिवले गाउँमा सामाजिक सुरक्षा वापतको रकम वितरण नगरेको भन्दै पुस २ गते तय गरिएको राया गाविसको नवौँ गाउँ परिषद राजनीतिक दलका तर्फबाट स्थगित गराइएको राया गाविस-१ का स्थानीयबासी विष्णुबहादुर शाहीले बताए । पुस २ गते गाउँ परिषद सञ्चालन गर्ने विषयमा रायामा बसेको स्थानीय राजनीतिक दलहरूको बैठकले परिषद अनिश्चितकालका लागि…

December 20, 2016  
पत्नीलाई कुटपिट गरेको आरोपमा पति गिरफ्तार

डाडाफया गाविस-९ की २० वर्षीया देवकी सिंहलाई कुटपिट गरेको आरोपमा ३० वर्षीय पति धनजोक सिंहलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई २८ वर्षीय देवर देवराज सिंह र पतिले मङ्सिर २२ गते कुटपिट गरेको भन्दै पीडितले मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । घटनामा…

December 11, 2016  
पत्नी हत्या घटनाका आरोपित विरुद्ध उजुरी

श्रीनगर गाविस-७ की ३० वर्षीया चाउरी लुवारको हत्या गरेको आरोपमा ३१ वर्षीय पति जगति लुवारलाई कानुनी कारबाहीको माग गर्दै मृतकका भाइ जसवीर लुवारले मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएका छन् । पीडित महिलालाई डोरीले घाँटी कसेर मङ्सिर ९ गते हत्या गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका…

December 6, 2016  
स्वास्थ्य चौकीमा एक महिनादेखि स्वस्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती

सदरमुकाम सिमकोटदेखि ४८ कोष टाढा रहेको मदाना गाविसस्थित स्वास्थ्य चौकीमा एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । मदना स्वास्थ्य चौकीमा विगत एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई उपचारमा समस्या भएको मदना गाविस-४ का स्थानीयबासी चन्द्रमणी ढकालले गुनासो गरेका छन् । उनले भने-'स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा ज्येष्ठ नागरिक, गर्भवती महिला,…

December 4, 2016  
गाउँमा प्रसूति सेवा नहुँदा 'हेलिकप्टर चार्टर'

गाविसमा प्रसूति सेवा नभएपछि महङ्गो रुपियाँ खर्चेर हेलिकप्टर चार्टर गरी उपचार गर्नु परेको लिमीका स्थानीयबासीले गुनासो गरेका छन् । प्रसूति ब्यथाबाट पीडित लिमि गाविस-२ की ३५ वर्षीया डोल्माफुटी तामाङको ज्यान जोखिममा परेपछि उनका घरपरिवारले सात लाख रुपियाँ खर्चेर काठमाडौँबाट हेलिकप्टर चार्टर गरी मङ्सिर १५ गते अस्पताल लगिएको डोल्माफुटीका पति तेञ्जीङ…

December 1, 2016  
जिल्लाका २ सय ३६ बालबालिकामा कडा कुपोषण

यस वर्षको भदौदेखि कात्तिक महिनासम्म जिल्लाका २७ गाविसका १ हजार ३ सय ५ जना बालबालिका मध्ये २ सय ३६ जना बालबालिकामा कडा कुपोषण र १ सय १४ जना बालबालिकामा कम खाले कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम हुम्लाले जनाएको छ । श्रीनगर, दार्मा, साया, छिप्रा, डाँडाफया स्वास्थ्य चौकी र…

November 24, 2016  
सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा लक्षित समुदाय पीडित

नेपाल सरकारले लक्षित समुदायलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताको पहिलो चौमासिक अहिले सम्म वितरण नगरेकाले लक्षित समुदाय पीडित भएका छन् । सिमकोट र लिमि गाविस बाहेक अन्य २५ ओटा गाउँ विकास समितिका सचिवले उक्त भत्ता वितरण नगरेपछि लक्षित समुदाय पीडित भएका हुन् । जिल्ला विकास समितिले यस आर्थिक वर्ष२०७३/०७४ को…

November 24, 2016  
इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिनका लागि जिल्लाको सर्केगाडमा स्थापना भएका इलाका स्तरका वन, पशु सेवा, कृषि विकास र हुलाक कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुनु र उचित व्यवस्थापन अभावका कारण सेवाग्राहीका कामकाज ठप्प रहेको रोडीकोट गाविस-२ का स्थानीयबासी…

November 22, 2016