पुस्तक छपाईमा ध्यान नदिँदा हुम्लाका १७ हजार विद्यार्थीको पठन पाठनमा समस्या

जिल्लाका सबै सरकारी तथा सामुदायिक विद्यायलयका लागि जिल्लामा आएका पुस्तक छपाईमा देखिएको त्रुटीले विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । पुस्तक छपाईमा जनक शिक्षा सामाग्री केन्द्रले ध्यान नदिँदा पठनपाठनमा समस्या हुँदै आएको विद्यार्थीले आरोप लगाए । कक्षा नौ को कुनै पुस्तकमा पाठ नभएका कारण पठनपाठनमा समस्या भएको मान्धारा मावि कक्षा नौ…

२०७५ भाद्र १८, सोमबार १५:१० गते  
काठेपुल बगाउँदा तीन महिनादेखि बालबालिका विद्यालय जानबाट वञ्चित

खार्पुनाथ गाउँपालिका–३ स्थित राया र कारङगा गाउँको बिच खोलामा पर्ने काठेपुल अविरल वर्षाले बगाएपछि दुई महिनाभन्दा बढी समयदेखि विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका छन् । अविरल वर्षाका कारण करङ्गा खोलामा आएको बाढी पहिरोले काठको पुल बगाएपछि असारबाट विद्यार्थीहरू विद्यालय जान नसकेको स्थानीयबासी सिंगवीर सुनारले बताए । खोलाले काठको पुल बगाउँदा…

२०७५ भाद्र १२, मंगलवार २०:३१ गते  
नाम्खा गाउँपालिकाका स्थानीयले दुई वर्षदेखि खाद्यान्न नपाएको गुनासो

नाम्खा गाउँपालिका-१ देखि ६ वडाका स्थानीयबासीले ०७३ सालदेखि नै खाद्यान्न नपाएको गुनासो गरेका छन् । सरकारद्वारा ढुवानी अनुदानको खाद्यान्नमा समस्या भएपछि नाम्खा गाउँपालिकाका सबै वडामा खाद्यान्नको समस्या भएको स्थानीयबासी साङ्गे लामाले गुनासो गरेका छन् । उनले भने-'हुम्लामा खाद्यान्न नपाइएपछि चाइनाबाट ल्याइएको पिठो खाने गरेका छौँ ।' नेपाल सरकारको लापरवाहीले हुम्ली…

२०७५ भाद्र ७, बिहीबार १४:४६ गते  
शिक्षकको लापरवाहीले चार महिनादेखि विद्यार्थीको पठनपाठन प्रभावित

नाम्खा गाउँपालिका-६ स्थित तीनवटा विद्यालयमा शिक्षकको लापरवाहीका कारण चार महिनादेखि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । हिमालपारीको गाँउको रूपमा चिनिएको लिमीका तीन वटै विद्यालयमा ०७५ वैशाखदेखि शिक्षकहरू नजाँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको सोही गाउँका स्थानीयबासी रिञ्जिन लामाले आरोप लगाए । विद्यालयमा शिक्षकहरू उपस्थित नभएपछि सुनखानी प्रावि, भृकुटी प्रावि र हिमशिखर…

२०७५ भाद्र ६, बुधबार ०९:५० गते  
हुम्लामा खाद्यान्नको अभाव, स्थानीयद्वारा स्थानीय प्रशासन कार्यालय घेराउ

हुम्ला जिल्लामा यो वर्षपनि गत वर्षझैँ खाद्यान्नको समस्या भएपछि स्थानीयद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन । जिल्ला प्रशासन कार्यालयमा चामल पाउनुपर्छ भन्दै करिब ४ सय जना स्थानीयहरू आक्रोशित बनेका छन् । सिमकोट गाउँपालिका-१ देखि ८ र खार्पुनाथ गाउँपालिका-१ देखि ५ सम्मका करिब १५ हजार स्थानीयबासी यतिखेर खाद्यान्न नपाउँदा भोकमारीको…

२०७५ श्रावण २८, सोमबार १५:२६ गते  
इन्सेकको पहलमा पीडितलाई नागरिकता उपलव्ध

सिमकोट गाउँपालिका-६ की ५० वर्षीया बाँचु सुनारले इन्सेक प्रतिनिधि नन्द सिंहको पहलमा साउन २१ गते नागरिकता पाएकी छन् । ०७५ साउन २० गते इन्सेक प्रतिनिधिलाई सुनारले नागरिकता नपाएको भन्दै लिखित निवेदन दिएकी थिइन् । सुनार ५० वर्षभइसक्दा पनि नागरिकता नपाएपछि विभिन्न सरकारी सेवाबाट पनि वञ्चित भएकी थिइन् । नागरिकता बनाउनका…

२०७५ श्रावण २२, मंगलवार ११:३४ गते  
हुम्लाका द्वन्द्व पीडितले राहत पाएनन्

सशस्त्र द्वन्द्व पीडितका लागि जिल्लामा आएको राहत रकम हुम्लाका द्वन्द्व पीडितहरूले नपाएको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा अपहरणमा परेका तथा विस्थापित भएका पीडितका लागि क्षतिपूर्ति स्वरूप राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने गरेको भएपनि सदरमुकाम सिमकोटबाट टाढा रहेका पीडितले उक्त रकम नपाएका हुन् । सदरमुकामदेखि ५८ कोष…

२०७५ श्रावण १८, शुक्रबार २०:११ गते  
परिचय–पत्र पाउनु पर्ने मागगर्दै तीन दिनदेखि जिल्ला प्रशासनमा धर्ना

वास्तविक गरिब परिवारले परिचय–पत्र पाउनु पर्ने मागगर्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा पीडितहरू तीन दिनदेखि धर्नामा बसेका छन् । नेपाल सरकार गरिबी तथा सहकारी विकास मन्त्रालयद्वारा वितरण गरिएको गरिब घर परिवार छनौट प्रक्रियामा हुम्लाका स्थानीयबासी गरिब घरधुरी सर्वेक्षणका क्रममा करिब ४ हजार वास्तविक गरिब परिवार छुटेको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन्…

२०७५ श्रावण १५, मंगलवार २०:१० गते  
हुम्लामा कारागार नहुँदा कैदीबन्दीलाई समस्या

हुम्लामा कारागार नभएपछि कैदीबन्दीलाई समस्या भएको छ । जिल्लामा रहेको एक मात्र कारागारको अवस्था जीर्ण भएकाले कैदीबन्दीलाई समस्या देखिएको हो । साउन १३ गते जेलर निमा गुरूङसँग इन्सेक प्रतिनिधि नन्द सिंहले कैदीबन्दीलाई भेट्ने अनुमति लिएपछि कैदीबन्दीसँग भेट भएको थियो । कारागारको छुट्टै भवन नभएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाकै हिरासतमा थुनुवाहरूसँगै…

२०७५ श्रावण १३, आईतवार २१:११ गते  
विद्यालयमा तोडफोड र कुटपिट घटनाका आरोपित गिरफ्तार

सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माविमा बाहिरबाट ढुङ्गामुढा प्रहार गरी विद्यालय तोडफोड गरेको र विद्यालयका सुरक्षा गार्ड २४ वर्षीय सुरेन्द्र रोकायालाई कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–६ का २१ वर्षीय पृथ्वी रोकाया र सोही गाउँपालिका–५ का २२ वर्षीय लक्ष्मण रावतलाई साउन ११ गते गिरफ्तार गरेको छ । साउन ११ गते विद्यालयमा…

२०७५ श्रावण १२, शनिबार २१:२८ गते