गाविस सचिव कार्यालयमा नहुँदा सेवाग्राही पीडित  

हुम्ला जिल्लाका श्रीनगर, जैर, मैला, मदना, कालिका, दार्मा, श्रीमष्ठा, मिमि, रोडिकोट, गोठी र साँया गाविसमा सचिव नहुँदा ती गाविसका स्थानीयबासीले नागरिकता लगायतका सेवाबाट वञ्चित भएको गुनासो गरेका छन् । नागरिकता बनाउन गाविस सचिवको सिफारिस चाहिने भएपनि गाविस कार्यालयमा असोज १ गतेदेखि गाविस सचिव नहुँदा सर्केघाट इलाका प्रशासन कार्यालयबाट नागरिकता लगायतका…

October 25, 2016  
साँझ बिहानको छाक टार्न दाउरा बेच्नुपर्ने बालबालिकाको गुनासो

विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा पढ्न जान छोडेर बिहान र बेलुकाको छाक टार्न सदरमुकाम सिमकोटमा तीन घण्टाको पैदल बाटो हिँडेर दाउरा बेच्नु परेको गुनासो गरेका छन् । डाँडाफया गाविस-४ जबुका १० वर्षीय धञ्जोक सिंह भन्छन-"घरको आर्थिक अवस्था कमजोर छ, आमा बुबा बुढा भएकाले विद्यालय जान छोडेर तिहारको लागि खर्च जुटाउन…

October 24, 2016  
अपाङ्गता भएका दुई हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर

हुम्ला जिल्लामा अपाङ्गता भएका दुई हजार भन्दा बढी बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् । यहाँका २ हजार १ सय ९५ जना अपाङ्गता भएका बालबालिकाहरू अहिलेसम्म पठनपाठनबाट वञ्चित भएका हुन् । सरकारले सन २०१७ सम्म सबैका लागि शिक्षा कार्यक्रम लागु गरी विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि हुम्लामा अपाङ्गता भएका बालबालिकाहरूलाई…

October 23, 2016  
सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य 

नेपालीहरूको महान पर्व दसैँमा सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् । डाडाँफया गाविस-८ का ४९ वर्षीय ध्वजबहादुर सिंहले सहुलियतको चामल नआएपछि २५ किलोको चामललाई ४ हजार ५ सय रुपियाँमा किन्नु परेको गुनासो गरे । सिंहका अनुसार सहुलियतको २५ किलो चामललाई १ हजार ३ सय ८०…

October 14, 2016  
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको स्थानीयबासीको गुनासो

लिमी स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवाग्राही प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् । उक्त स्वास्थ्य चौकी १५ वर्षघि स्थापना भएपनि स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको लिमी गाविसका पुर्व अध्यक्ष कोजु अङ्कर तामाङले बताए । उक्त स्वास्थ्य चौकीमा ६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा हाल तीन जनामात्र कार्यरत…

October 1, 2016  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

डाडाँफया गाविस-२ की २२ वर्षीया लुकमति सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय पति मानबहादुर सिंहलाई असोज १२ गते गिरफ्तार गरेको छ । पीडित महिलासँग बहुविवाहका विषयमा विवाद भएपछि असोज ७ गते छातीमा हिर्काएर लुकमतीको हत्या गरेको आरोपमा माइती पक्षले असोज ८ गते धारापोरी प्रहरी चौकीमा मानबहादुरविरुद्ध उजुरी दिएका…

September 29, 2016  
अस्पतालमा सिटी स्क्यानको व्यवस्था नहुँदा बिरामीलाई जिल्ला बाहिर रिफर

जिल्ला अस्पताल हुम्लामा सिटी स्क्यानको व्यवस्था नहुँदा सिटी स्क्यान गर्नुपर्ने बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गर्ने गरिएको अस्पतालले जनाएको छ । सडक सुविधा नभएको अवस्थामा सिटिस्क्यान गर्नुपर्ने बिरामीहरू महङ्गो प्लेन भाडा तिरेर नेपालगञ्ज लगायतका अन्य सहरमा जानु पर्ने राया गाविस-५ का २२ वर्षीय सन्तोष रावलले गुनासो गरेका छन्…

September 29, 2016