आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोपमा कुटपिट

स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोपमा सिमकोट गाउँपालिका-७ का ३८ वर्षीय पदमराज शाहीलाई सोही ठाउँ निवासी नेपाली काङ्ग्रेसका कार्यकर्ता २० वर्षीय नवराज शाही लगायतका व्यक्तिले जेठ ६ गते डाडाफयाँ गाउँमा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । काङ्ग्रेसका कार्यकर्ताले पदमराजका १५ वर्षीय छोरा कविराज शाहीलाई समेत…

May 21, 2017  
निर्वाचनको प्रचार प्रसारमा निस्केका काङ्ग्रेस कार्यकर्ता दुई हप्तादेखि सम्पर्कविहीन

खार्पुनाथ गाउँपालिकामा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसारमा निस्केका नेपाली काङ्ग्रेसका कार्यकर्ता सोही गाउँपालिका-२ का १९ वर्षीय विजय रावल दुई हप्तादेखि बेपत्ता भएका छन् । रावल वैशाख २४ गतेबाट सम्पर्कविहीन भएको उनका परिवारले बताएका हुन । विजय खार्पुनाथ गाउँपालिका-३ राया गाउँबाट सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । नेपाली काङ्ग्रेसका खार्पुनाथ…

May 20, 2017  
मतदान गर्न पाउनुपर्ने माग गर्दै मुख्य निर्वाचन र जिल्ला प्रशासन कार्यालयमा धर्ना

खार्पुनाथ गाउँपालिका-५ को मान्धारा मावि मतदान केन्द्रका करिब ४ सय मतदाताले मतदान गर्न नपाएको भन्दै जेठ २ गते उक्त मतदान केन्द्रका मतदाताले मुख्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन् । सो मतदान केन्द्रमा ०६४, ७० र ०७४ मा भएका निर्वाचनमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले अन्य पार्टीका कार्यकर्तालाई मतदान…

May 17, 2017  
भारतबाट उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइयो

भारतबाट उद्धार गरिएका सिमकोट गाउँपालिका-१ का १३ वर्षीय बालक याङ्जोर लामालाई प्रहरीले इन्सेक जिल्ला प्रतिनिधिको रोहवरमा उनका आफन्तलाई वैशाख २९ गते बुझाएको छ । २०६५ मा नाम थाहा नभएका एक अपरिचित व्यक्तिले बालकको घरबाट बालककी आमासँग पढाई दिने आश्वासनमा भारतको दार्जलिङ लगेका थिए । बालकका अनुसार आफू ६ वर्षको हुँदा…

May 12, 2017  
चुनाव प्रचारका क्रममा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप

सिमकोट गाउँपालिका-८ खोल्टी गाउँमा स्थानीय तहको निर्वाचनका लागि सदरमुकामबाट गएको काङ्ग्रेसको अभियान टोलीले एमालेका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन खोजेपछि दुई पार्टीका कार्यकर्ताबिच वैशाख २७ गते झडप भएको छ । नेकपा एमालेका कार्यकर्ता दिलबहादुर सिंहलाई पार्टी प्रवेश नगरे काङ्ग्रेसका कार्यकर्ताले मार्ने धम्की दिएपछि मतदातालाई धम्की नदिन अनुरोध गर्दा काङ्ग्रेसका कार्यकर्तासँग…

May 11, 2017  
नेपाली काङ्ग्रेसको अभियानमा गएका कार्यकर्ता मृत भेटिए

नपाली काङ्ग्रेसको चुनावी अभियानमा गएका सर्केगाड गाउँपालिका-८ का ३९ वर्षीय बक्त ऐडी मृत अवस्थामा भेटिएका छन् । राहादेव गाउँमा वैशाख २१ गते बिहान नेपाली काङ्ग्रेसको अभियानमा गएका ऐडी वैशाख २२ गते सर्केगाड गाउँपालिका-६ को बराई गाउँमा मृत अवस्थामा भेटिएको उनका आफन्त भैबहादुर ऐडीले बताए । ऐडीका अनुसार बराई गाउँमा सो…

May 6, 2017  
खाद्यान्न सङ्कट भएपछि महङ्गोमा चामल किन्न बाध्य

विगत तीन महिनादेखि खाद्य संस्थानले चामल वितरण नगरेपछि हुम्लामा खाद्यान्न सङ्कट भएको छ । जिल्लामा खाद्यान्न सङ्कट भएपछि स्थानीयबासीले २५ किलो चामलको ५ हजार ६ सय रुपियाँमा किन्न बाध्य भएको अदानचुली गाउँपालिकाका स्थानीयबासी मानबहादुर थापाले गुनासो गरे । खाद्यसंस्थान शाखा कार्यालयमा २५ किलो चामलको १ हजार ३ सय ८० रुपियाँमा…

May 5, 2017  
विद्यालयमा शारीरिक दण्ड सजाय दिएको विरोध गरेपछि एक हप्तादेखि पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका-८ स्यांडा गाउँस्थित सैपाल माविको कक्षा १० मा अध्यनरत १६ वर्षीया चुनपुरा शाही र १६ वर्षीय सुरेश शाहीलाई गृहकार्य नगरेको आरोपमा सोही विद्यालयका शिक्षक जुनराज हमालले कुटपिट गरेको विषयमा अभिभावकले विरोध जनाएपछि उक्त विद्यालयमा एक हप्तादेखि पठनपाठन प्रभावित भएको छ । विद्यालयमा वैशाख १२ गते शिक्षक हमालले कक्षा १०…

May 2, 2017  
पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने माग

नामखा गाउँपालिका-१ गाडापारीका स्थानीयबासीले पाएक पर्ने स्थानमा मतदान केन्द्र हुनु पर्ने माग गरेका छन् । विगतका निर्वाचनमा आफूहरूको मतदान केन्द्र नाम वुद्ध प्रावि गाडापारीमा भएको बताउँदै यस पटक उक्त मतदान केन्द्र निर्वाचन आयोगबाट छुटाएको स्थानीयबासी तकदीर लामाले बताए । मतदान केन्द्र अपायक ठाउँमा भएको भन्दै नामखा गाउँपालिका-१ का स्थानीयबासीले वैशाख…

May 1, 2017  
सुविधाको आयोडिन नुनलाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्देश्यले नामखा गाउँ पालिकाको हिल्सास्थित आयो नुनको डिपो संस्थानबाट सुविधामा दिएको नुन तोकिएको मूल्यभन्दा प्रति बोरा ९० रुपियाँ बढि तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् । हिल्सास्थित आयो नुन डिपो कार्यालयले चैत २५ गते वितरण गरेको ६० बोरा नुन डिपो संस्थानले…

April 12, 2017