पाँच केजी चामलको कुपन लिन चार घण्टा लाइनमा बस्नु पर्ने स्थानीयबासीको गुनासो
हुम्लाका स्थानीयबासीले पाँच केजी चामलको कुपन लिन जिल्ला प्रशासन कार्यालयमा चार घण्टा लाइनमा बस्नु परेको गुनासो गरेका छन् । जिल्लामा पाँच महिनापछि नेपाल खाद्य संस्थानले खाद्यान्न विक्री गर्ने भएपछि चामलको कुपन लिन सदरमुकाम सिमकोटमा करिब ५ सय स्थानीयबासीले लामो समय लाइनमा बस्नु परेको हो । चार घण्टा लाइनमा बसेपछि खाद्यान्नको…
नत गास नत बास, जिउनु न मर्नु !
आँखाभरी आँसु । चाउरी परेको अनुहार । घरबाट कुष्ठरोगी भन्दै गाउँ भन्दा टाढाको वनतिर पठाएको पीडा । घाँटीमा रातो, पहेंलो, र हरियो रङ्गको पोते । हातमा बाला । शरीरमा फाटेका लुगा । नत गास नत बास नै ! ती महिलाको यसैरी नै एक्लै बसेर दिनचर्य चलिरहेको छ । उनी यसैगरी…
चामल माग्न हुम्ली जनता सिंहदरवार
काठमाडौँ सिंहदरवारमा प्रायः सबै जनप्रतिनिधि विकास बजेट माग्न जान्छन् । तर, विकट हिमाली जिल्ला हुम्लाका स्थानीयबासी बजेट होइन चामल माग्न असार १५ गते सिंहदरवार गएका छन् । सरकारले विकास निर्माणलाई स्थानीय तहमा प्रशस्त बजेट पठाए पनि प्रतिनिधि भने चामल नपठाएको भन्दै आक्रोशित भएका छन् । हुम्ली जनतालाई विकासभन्दा बिहान बेलुका…
खाद्यान्न समस्या समाधानका लागि नागरिक सञ्जाल गठन
पाँच महिना भई सक्दापनि जिल्लामा चामल ढुवानी नभएको र भएको चालम वितरणसमेत नभएपछि खाद्यान्नलगायत जिल्लाका समस्या समाधानका लागि असार ११ गते जिल्लास्तरीय नागरिक सञ्जाल गठन गरिएको छ । गणेशबहादुर महतको संयोजकत्वमा इन्सेक प्रतिनिधि नन्द सिंहलगायतका १७ जना सञ्जालमा सदस्य रहेका छन् । जिल्ला तहमा खाद्य, शिक्षा र यातायात क्षेत्रमा देखिएका…
बाढीले काठेपुल बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित
खार्पूनाथ गाउँपालिका-३ स्थित कारङ्गा खोलाको काठेपुल बाढीले बगाउँदा हुम्ला मावि रायामा पठनपाठन गर्ने कारङ्गा गाउँका २० जनाभन्दा बढी बालबालिका १८ दिनदेखि विद्यालय जानबाट वञ्चित भएका छन् । कारङ्गा खोलामा रहेको काठेपुल जेठ २५ गते परेको अविरल वर्षाले बगाएपछि उक्त विद्यालयमा अध्यनरत बालबालिकालाई आवतजावतका लागि समस्या भएको स्थानीयवासी रती सुनारले गुनासो…
गाउँगाउँमा बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव
'घरमा पत्नी, छोरी र आमा बिरामी भएको नौ दिन भयो । बिरामीमा घाँटी दुख्ने, ज्वरो आउने, फुट्ला जस्तो गरेर टाउको दुख्ने, पखाला लाग्ने समस्या छ । घरबाट झण्डै आधा घण्टा लाग्ने बारीगाउँमा भएको लौठी स्वास्थ्य चौकीमा लगातार तीन दिन गएँ । तर, त्यहाँ सिटामोलसमेत छैन भनेर स्वास्थ्यकर्मीले रित्तो हात घर…
स्वास्थ्य चौकीमा औषधि अभाव बिरामी मर्कामा
सदरमुकाम सिमकोटबाट एक दिन पैदल यात्रामा पुगिने खार्पुनाथ गाउँपालिका-३ स्थित राया स्वास्थ्य चौकीमा जेठ १० गतेबाट औषधि अभाव भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट आउनु पर्ने औषधि नआएपछि स्वास्थ्य चौकीमा औषधि अभाव भएको बताइएको छ । झाडापखाला लागेका बिरामीलाई दिइने औषधि स्वास्थ्य चौकीमा नभएपछि खार्पुनाथ गाउँपालिका-३ का ३५ वर्षीय हर्क…
कुटपिट गरेको आरोपमा काङ्ग्रेसका जिल्ला सचिव गिरफ्तार
सिमकोट गाउँपालिका-२ निवासी जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् मानसरोवर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक ३२ वर्षीय दिपक भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली काङ्ग्रेस जिल्ला कार्यालय सचिव ३८ वर्षीय मानदेव शाही र जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत अहेब ३३ वर्षीय सत्य मल्ललाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित भण्डारीलाई…
काङ्ग्रेस कार्यकर्ताको कुटपिबाट नेकपा एमालेका कार्यकर्ता घाइते
नेकपा एमालेका कार्यकर्ता अदानचुलि गाउँपालिका-३ का २२ वर्षीय कमल नेपाली, ३४ वर्षीय मोहन फडेर र सोही गाउँपालिका-२ का ३४ वर्षीय प्रमोद बोगटी, २० वर्षीय बसन्त बोगटी र २५ वर्षीय कले महतारालाई वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा आफूलाई मतदान नगरेको आरोपमा सोही गाउँपालिकामा काङ्ग्रेसको अध्यक्ष पदका उम्मेदवार ३८ वर्षीय…
शिक्षकद्वारा रेडियो कर्णाली आवाजको कार्यालय र पत्रकारमाथि आक्रमण
सिमकोट गाउँपालिका-४ स्थित सामुदायिक रेडियो कर्णाली आवाजको कार्यालय रहेको भवनमा जेठ २५ गते राति १० बजे मानसरोवर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले तोडफोड गरेका छन् । अत्याधिक मदिरा सेवन गरी आएका शिक्षकहरूले समाचार कक्षमा रहेको कम्प्युटर, प्रिन्टर, टेलिफोन सेट, ल्यापटप र हिटर एक/एक थान तोडफोड गरी क्षति पुर्याएको रेडियो कर्णाली…