ढुवानी समस्याले आयोडिन नुन खान नपाए पछि स्थानीयवासीको गुनासो
सदरमुकाम सिमकोटदेखि ५२ कोष टाढाको लिमी गाविसका वासिन्दाले हालसम्म आयोडिन युक्त नुन खान पाएका छैनन् । चार दिन पैदल मार्गबाट आयोनुन ढुवानी गर्न समस्या भएपछि यहाँका स्थानीयले आयोनुन प्रयोग गर्न नपाएको बताएका छन् । हुम्ला जिल्लामा ढुवानी अनुदानको आयोडिन युक्त नुन विगत १८ वर्षदेखि आउने गरे पनि लिमी गाविसका २…
विद्यालय व्यवस्थापन समिति गठनको विवादका कारण झडप
विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवाद भएका कारण डाँडाफयामा नयाँ शक्ति र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ । उक्त झडपमा परी दुईजना घाइते भएका छन् । डाँडाफया गाविस-१ निवासी नेकपा माओवादी केन्द्रका कार्यकर्ता ३६ वर्षीय नेत्रबहादुर शाहीलाई सोही ठाउँका नयाँ शक्ति पार्टीका कार्यकर्ता ३४ वर्षीय हरिबहादुर शाही र…
दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा
बराई स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वस्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा परेको स्थानीयबासिले गुनासो गरेका छन् । २५ वर्षअघि स्थापित उक्त स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको बराई गाविसका स्थानीय रामराज शाहीले बताए । स्वास्थ्य चौकीमा हाल एक जना कार्यलय सहयोगी मानबहादुर रोकाया रहेको रामराज शाहीले बताए । जनस्वास्थ्य…
अपाङ्गता भएका बालबालिकालाई सामाग्री सहयोग
लक्षित वर्ग अन्तर्गत विनियोजित रकमबाट जिल्ला विकास समितिले २५ ओटा सिरक र तन्ना किनेर अपाङ्गता भएका बालबालिकालाई प्रदान गरेको छ । अपाङ्गता भएका बालबालिकाहरूको होस्टेलमा सुत्नका लागि सहज होस् भनेर सिरक र तन्ना सहयोग गरिएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले बताए । जिल्ला विकास समितिले विनियोजित गरिएको लक्षित वर्गको रकम…
कार्यलय प्रमुख नहुँदा सेवाग्राही मर्कामा
दसैँ विदामा घर गएका सरकारी कार्यालयका प्रमुख विदा सकिएिको आधा महिना बितिसक्दा पनि कार्यालयमा हाजिर नुहँदा सेवाग्राही मर्कामा परेका छन् । सरकारी कार्यालयहरूमा जिल्ला स्वास्थ्य, वन मालपोत आयूर्वेद, जिल्ला हुलाक, महिला तथा बालबालिका, हिल्दुम जलविद्युत, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा, घरेलु तथा साना उद्योग विकास समिति, सिमकोट हिल्सा सडक…
गाविस सचिव कार्यालयमा नहुँदा सेवाग्राही पीडित
हुम्ला जिल्लाका श्रीनगर, जैर, मैला, मदना, कालिका, दार्मा, श्रीमष्ठा, मिमि, रोडिकोट, गोठी र साँया गाविसमा सचिव नहुँदा ती गाविसका स्थानीयबासीले नागरिकता लगायतका सेवाबाट वञ्चित भएको गुनासो गरेका छन् । नागरिकता बनाउन गाविस सचिवको सिफारिस चाहिने भएपनि गाविस कार्यालयमा असोज १ गतेदेखि गाविस सचिव नहुँदा सर्केघाट इलाका प्रशासन कार्यालयबाट नागरिकता लगायतका…
साँझ बिहानको छाक टार्न दाउरा बेच्नुपर्ने बालबालिकाको गुनासो
विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा पढ्न जान छोडेर बिहान र बेलुकाको छाक टार्न सदरमुकाम सिमकोटमा तीन घण्टाको पैदल बाटो हिँडेर दाउरा बेच्नु परेको गुनासो गरेका छन् । डाँडाफया गाविस-४ जबुका १० वर्षीय धञ्जोक सिंह भन्छन-"घरको आर्थिक अवस्था कमजोर छ, आमा बुबा बुढा भएकाले विद्यालय जान छोडेर तिहारको लागि खर्च जुटाउन…
अपाङ्गता भएका दुई हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर
हुम्ला जिल्लामा अपाङ्गता भएका दुई हजार भन्दा बढी बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् । यहाँका २ हजार १ सय ९५ जना अपाङ्गता भएका बालबालिकाहरू अहिलेसम्म पठनपाठनबाट वञ्चित भएका हुन् । सरकारले सन २०१७ सम्म सबैका लागि शिक्षा कार्यक्रम लागु गरी विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि हुम्लामा अपाङ्गता भएका बालबालिकाहरूलाई…
सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य
नेपालीहरूको महान पर्व दसैँमा सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् । डाडाँफया गाविस-८ का ४९ वर्षीय ध्वजबहादुर सिंहले सहुलियतको चामल नआएपछि २५ किलोको चामललाई ४ हजार ५ सय रुपियाँमा किन्नु परेको गुनासो गरे । सिंहका अनुसार सहुलियतको २५ किलो चामललाई १ हजार ३ सय ८०…
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको स्थानीयबासीको गुनासो
लिमी स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवाग्राही प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् । उक्त स्वास्थ्य चौकी १५ वर्षघि स्थापना भएपनि स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको लिमी गाविसका पुर्व अध्यक्ष कोजु अङ्कर तामाङले बताए । उक्त स्वास्थ्य चौकीमा ६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा हाल तीन जनामात्र कार्यरत…