भारतबाट उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइयो
भारतबाट उद्धार गरिएका सिमकोट गाउँपालिका-१ का १३ वर्षीय बालक याङ्जोर लामालाई प्रहरीले इन्सेक जिल्ला प्रतिनिधिको रोहवरमा उनका आफन्तलाई वैशाख २९ गते बुझाएको छ । २०६५ मा नाम थाहा नभएका एक अपरिचित व्यक्तिले बालकको घरबाट बालककी आमासँग पढाई दिने आश्वासनमा भारतको दार्जलिङ लगेका थिए । बालकका अनुसार आफू ६ वर्षको हुँदा…
चुनाव प्रचारका क्रममा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप
सिमकोट गाउँपालिका-८ खोल्टी गाउँमा स्थानीय तहको निर्वाचनका लागि सदरमुकामबाट गएको काङ्ग्रेसको अभियान टोलीले एमालेका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन खोजेपछि दुई पार्टीका कार्यकर्ताबिच वैशाख २७ गते झडप भएको छ । नेकपा एमालेका कार्यकर्ता दिलबहादुर सिंहलाई पार्टी प्रवेश नगरे काङ्ग्रेसका कार्यकर्ताले मार्ने धम्की दिएपछि मतदातालाई धम्की नदिन अनुरोध गर्दा काङ्ग्रेसका कार्यकर्तासँग…
नेपाली काङ्ग्रेसको अभियानमा गएका कार्यकर्ता मृत भेटिए
नपाली काङ्ग्रेसको चुनावी अभियानमा गएका सर्केगाड गाउँपालिका-८ का ३९ वर्षीय बक्त ऐडी मृत अवस्थामा भेटिएका छन् । राहादेव गाउँमा वैशाख २१ गते बिहान नेपाली काङ्ग्रेसको अभियानमा गएका ऐडी वैशाख २२ गते सर्केगाड गाउँपालिका-६ को बराई गाउँमा मृत अवस्थामा भेटिएको उनका आफन्त भैबहादुर ऐडीले बताए । ऐडीका अनुसार बराई गाउँमा सो…
खाद्यान्न सङ्कट भएपछि महङ्गोमा चामल किन्न बाध्य
विगत तीन महिनादेखि खाद्य संस्थानले चामल वितरण नगरेपछि हुम्लामा खाद्यान्न सङ्कट भएको छ । जिल्लामा खाद्यान्न सङ्कट भएपछि स्थानीयबासीले २५ किलो चामलको ५ हजार ६ सय रुपियाँमा किन्न बाध्य भएको अदानचुली गाउँपालिकाका स्थानीयबासी मानबहादुर थापाले गुनासो गरे । खाद्यसंस्थान शाखा कार्यालयमा २५ किलो चामलको १ हजार ३ सय ८० रुपियाँमा…
विद्यालयमा शारीरिक दण्ड सजाय दिएको विरोध गरेपछि एक हप्तादेखि पठनपाठन प्रभावित
सिमकोट गाउँपालिका-८ स्यांडा गाउँस्थित सैपाल माविको कक्षा १० मा अध्यनरत १६ वर्षीया चुनपुरा शाही र १६ वर्षीय सुरेश शाहीलाई गृहकार्य नगरेको आरोपमा सोही विद्यालयका शिक्षक जुनराज हमालले कुटपिट गरेको विषयमा अभिभावकले विरोध जनाएपछि उक्त विद्यालयमा एक हप्तादेखि पठनपाठन प्रभावित भएको छ । विद्यालयमा वैशाख १२ गते शिक्षक हमालले कक्षा १०…
पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने माग
नामखा गाउँपालिका-१ गाडापारीका स्थानीयबासीले पाएक पर्ने स्थानमा मतदान केन्द्र हुनु पर्ने माग गरेका छन् । विगतका निर्वाचनमा आफूहरूको मतदान केन्द्र नाम वुद्ध प्रावि गाडापारीमा भएको बताउँदै यस पटक उक्त मतदान केन्द्र निर्वाचन आयोगबाट छुटाएको स्थानीयबासी तकदीर लामाले बताए । मतदान केन्द्र अपायक ठाउँमा भएको भन्दै नामखा गाउँपालिका-१ का स्थानीयबासीले वैशाख…
सुविधाको आयोडिन नुनलाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो
राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्देश्यले नामखा गाउँ पालिकाको हिल्सास्थित आयो नुनको डिपो संस्थानबाट सुविधामा दिएको नुन तोकिएको मूल्यभन्दा प्रति बोरा ९० रुपियाँ बढि तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् । हिल्सास्थित आयो नुन डिपो कार्यालयले चैत २५ गते वितरण गरेको ६० बोरा नुन डिपो संस्थानले…
स्वास्थ्य संस्थामा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा
सिमकोट गाउँपालिकास्थित इलाका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी पाँच महिनादेखि नहुँदा स्थानीयबासी मर्कामा परेका छन् । उक्त स्वास्थ्य चौकीका इञ्चार्ज ०७३ मङ्सिर महिनादेखि नहुँदा कार्यालय सहयोगी अङ्गबहादुर शाहीको भरमा स्वास्थ्य चौकी खुल्ने गरेको स्थानीयबासी हरि शाहीले गुनासो गरे । कार्यालय सहयोगी शाहीले औषधि नचिन्ने भएकोले कार्यालय खोल्ने र बन्द गर्ने बाहेक…
स्वास्थ्य चौकीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सर्केगाड गाउँपालिकास्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तीन महिनादेखि नहुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन् । उक्त स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ०७३ पुस महिनादेखि नहुँदा कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी खुल्ने गरेको स्थानीयबासीले बताएका छन् । स्वास्थ्य चौकीमा एचए, अनमी, अहेब, ग्रामीण स्वास्थ्य कार्यकर्ता र मासिकासमेत पाँच जनाको दरबन्दी रहको भएपनि हाल…
नेपाली काङ्ग्रेसका कार्यकर्ताको आक्रमणबाट एमालेका दुई जना कार्यकर्ता घाइते
नेकपा एमालेका कार्यकर्ता श्रीनगर गाविस-१ का ३० वर्षीय धने सुनार र सोही गाविस-३ का ३५ वर्षीय प्रकाश बोगटीलाई फागुन १९ गते नेपाली काङ्ग्रेसका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । श्रीनगर गाविसमा नेकपा एमालेको वृहद आमसभा लगत्तै नेपाली काङ्ग्रेसका कार्यकर्ताले बाहिरबाट ढुङ्गा प्रहार गर्दा उनीहरू घाइते भएको…