ओत लाग्ने वैकल्पिक व्यवस्था नहुँदा आगलागी पीडित १९ दिनदेखि खुल्ला आकाशमुनी
ओत लाग्ने वैकल्पिक व्यवस्था नहुँदा ताजाकोट गाउँपालिका-१ स्थित काँडा जिमाना गाउँका २४ घरधुरीका आगालागी पीडित फागुन १८ गतेदेखि खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । फागुन १८ गते राति १० बजे अज्ञात व्यक्तिले स्थानीयबासी हरिबहादुर रिसालको गोठमा आगो लगाई भागेपछि उक्त गाउँका २४ घरधुरीका परिवार ध्वस्त भएपछि स्थानीय बिचल्लीमा परेका…
खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेराबासी पीडित
सिमकोटमा खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेरामा बस्दै आएका व्यक्ति पीडित भएका छन् । सिमकोट गाउँपालिकाले मनोमानी रूपमा तीन वटा करको मुल्य तिर्न लगाएपछि बजारबासी समस्यमा परेका छन् । अहिले डेरामा बस्दै आएका व्यक्ति र घरपरिवारले तीन वटा कर तिरेपछि मात्र खाद्यन्न पाउने गरेका छन् । सिमकोट…
जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा शल्यक्रिया गर्ने बिरामीलाई समस्या
जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या परेको सर्केगाड गाउँपालिका-६ की मनकली रोकायले गुनासो गरेकी छन् । हुम्लामा एक मात्र यातायातको साधन रहेको हवाइजहाजले अक्सिजनको सिलिन्डर बोक्न नमानेपछि समस्या आइपरेको जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ । अहिले मात्र नभइ जिल्ला अस्पतालको स्थापनादेखि नै अस्पतालमा सिलिण्डर नभएको अस्पतालले…
छात्रा हत्या गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार
नाम्खा गाउँपालिका-५ महावौद्ध विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया सिचुडोमा लामाको हत्या गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका-६ का ४० वर्षीय धनलाल रोकायालाई फागुन २ गते प्रहरीले गिरफ्तार गरेको छ । नाम्खा गाउँपालिका-५ स्थित कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला नामक होस्टेलमा बसेर महावौद्ध माविमा एसइई परीक्षाको कक्षा लिँदै…
हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन, स्थानीयका कामकाज ठप्प
हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन भएपछि स्थानीयबासीका कामकाज ठप्प भएको स्थानीयले गुनासो गरेका छन् । सात वटा गाँउपालिकाका ४४ वडामध्ये २९ वडा कार्यालयका सचिवविहीन भएका छन् । एकातिर सचिव कम हुनु र अर्कोतिर खटाएका सचिव पनि अन्यत्रै सरूवा तथा काज मिलाएर जानाले हुम्लाका यति धेरै वडा कार्यालय सचिब बिहिन हुँदा…
नाम्खा गाउँपालिकाका स्थानीयबासीले जन्मेदेखि खाद्यन्न नपाएको गुनासो
हुम्ला जिल्लको नाम्खा गाउँपालिकामा रहेका स्थानीयबासीले नेपाल सरकारबाट उपलब्ध गराउने खाद्यन्न जन्मेदेखि नपाएको गुनासो गरेका छन् । हिमाल पारीको गाँउका रूपमा चिनिँदै आएको नाम्खा गाँउपालिका-६ (साविकका तीन वडा बस्ती)का बासिन्दाहरूले नागरिकता र सीमा पास बाहेक अन्य कुनै पनि सेवा सुविधा नपाएको सोही गाउँपालिका-६ का ज्ञालजन लामाले बताए । सात ओटा…
औषधि र डक्टरको अभाव भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना
सिमकोट गाउँपालिका-७ स्थित डाँडाफया इलाका स्वास्थ्य चौकीमा दुई हप्तादेखि औषधि र डक्टरको अभाव भएको भन्दै माघ १९ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीय धर्नामा बसेका छन । सो इलाका स्वास्थ्य चौकीमा विगत आठ वर्षदेखि आम नेपाल संस्थाद्वारा सञ्चालित अनमी पुष्पा शाही कार्यारत भएको भए पनि सो संस्था फेज आउट भएको दुई…
विमानस्थलमा नुन थन्किएपछि हुम्लाका नागरिक नुन खानबाट वञ्चित
हुम्ला जिल्लाका लागि नेपाल सरकारले सहुलियत दरमा उपलब्ध गराएको नुन सुर्खेत र जुम्लामा अलपत्र परेपछि स्थानीयबासी नुन खानबाट वञ्चित भएका छन् । ठेकेदारले समयमै हवाई ढुवानी गर्न नसकेपछि साल्ट ट्रेडिङ्ग कर्पोरेसनबाट ठेक्कामा लिएको नुन सुर्खेत र जुम्लाको विमानस्थलमा अलपत्र परेको हो । नुन समयमै ढुवानी गर्न नसक्दा विमानस्थलमा सडेको पाइएको…
हुम्लाका २२ ओटा सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा
हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लाका २२ ओटा सरकारी कार्यालयहरू प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पुस महिनाको पहिलो हप्तादेखि जाडो छल्न जिल्ला छाडेका कार्यालय प्रमुखहरू माघ महिनाको ८ गतेसम्म पनि जिल्लामा नर्फकँदा स्थानीयबासीले समस्या भोग्नु परेको हो । हिउँद लागेसँगै कार्यालय प्रमुख विहीन भएका सरकारी कार्यालयहरूमा जिल्ला निर्वाचन कार्यालय,…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हुम्ला र मुगुको खाद्यान्न कब्जा
हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा दोहोरो कर उठाइएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले खाद्यान्न सामग्रीबिच बाटोमै कब्जा गरेका छन् । हुम्ला र मुगु दुवै जिल्लाका स्थानीय तहले कर उठाएको भन्दै उनीहरूले ०७४ पुस २७ गतेबाट नून, तेल र चामललगायतका खाद्यान्न बोकेका ३ सय खच्चर रोकेर राखेका…