घरेलु हिंसा पीडितका लागि इन्सेकको पैरवी

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया आशा सुनारलाई २५ वर्षीय छोरा जनक सुनारले कुटपिट गरेको भन्दै इन्सेकले असार १५ गते न्यायका लागि सिमकोट गाउँपालिकाको कार्यालयमा पैरवी थालेको छ । पीडित महिलालाई आरोपितले विगत चार वर्षदेखि घरमा रहेको सम्पुर्ण धनसम्पति अर्कैलाई बेचबिखन गरी दैनिक जसो कुटपिट गर्ने गरेको र मार्ने धम्की…

२०७६ असार १६, सोमबार १४:५८ गते  
कक्षा कोठाको अभावमा विद्यार्थी चौरमा !

ताँजाकोट गाउँपालिकाको धर्मोदय माविका विद्यार्थी खुला चौरमा परीक्षा दिन बाध्य भएका छन् । विद्यालयसँग आवश्यकता अनुसार कक्षा कोठा नभएपछि हाल सञ्चालन भइरहेको पहिलो त्रैमासिक परीक्षा दिन विद्यार्थीलाई चौरमा राखिएको हो । कक्षा कोठामा अट्ने अवस्था नभएपछि असार ५ गतेबाट विद्यालयमा सञ्चालन भइरहेको त्रैमासिक परीक्षामा चौरमा बसेर परीक्षा दिएको कक्षा १०…

२०७६ असार ९, सोमबार २०:३३ गते  
अवैध बालगृहबाट उद्दार गरिएका बालबालिका परिवारको जिम्मामा

काठमाडौँको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृह नामक संस्थाबाट उद्दार गरिएका बालबालिकालाई असार ६ गते अभिभावकको जिम्मा लागाइएको छ । बालगृहबाट उद्दार गरिएका हुम्लाका २४ जना बालबालिकालाई प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सम्बन्धित वडा अध्यक्ष, सुरक्षा निकाय र अधिकारकर्मीको रोबहरमा अभिभावकलाई जिम्मा लगाइएको हो । कक्षा १२ सम्म निशुल्क रूपमा पढाइदिन्छु…

२०७६ असार ६, शुक्रबार २०:०१ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्लाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ५ गते सिमकोटमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले इन्सेकले मानव अधिकारको क्षेत्रमा जिल्लामा सरहानीय काम गरेको बताउँदै दुरदराजमा रहेका विभिन्न घटनाहरूलाई पनि पुर्ण…

२०७६ असार ५, बिहीबार २१:२९ गते  
जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सिमकोट गाउँपालिका-२ की ३५ वर्षीया हिरकला परियारलाई सोही ठाउँका २८ वर्षीय बलिमान बोहराले जातीय विभेद गरेको भन्दै पीडित पक्षले असार ४ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएको छ । परियार असार १ गते बेलुका आफ्नै घर परिवारसँग बसिरहेको बेला आरोपितले मदिरा सेवन गरेर आई आफूलाई डुम जाति भन्ने शब्द…

२०७६ असार ५, बिहीबार ११:४३ गते  
पठनपाठन नहुँदा विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

हुम्लाको खार्पुनाथ गाउँपालिका-२ मा रहेको शङ्कर आधारभुत विद्यालयमा चारओटा विषयको पठनपाठन नभएपछि सोको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका छन् । गत चैत महिनादेखि विद्यालयमा शिक्षक उपस्थित नभएपछि चारओटा विषयको पठनपाठन नहुँदा विद्यार्थीहरूले एक हप्तादेखि विद्यालयमा तालाबन्दी गरेका हुन् । खार्पुनाथ गाउँपालिकाले करारमा खटाएका शिक्षक र स्थायी शिक्षक समेत विद्यालयमा नियमित उपस्थित…

२०७६ असार ४, बुधबार १३:१९ गते  
सत्तारूढ नेकपालाई गाउँ पस्न निषेध

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा प्रवेश नगर्न स्थानीयले चेतावनी दिएका छन् । हुम्ला जिल्ला कमिटीको सिफारिसमा हेप्का गाउँलाई विभेद गरेको भन्दै स्थानीयले एक विज्ञप्ति निकालेर सो पार्टीलाई चेतावनी दिएका हुन् । पूर्व एमाले र पूर्व माओवादी केन्द्रले आफ्ना आसेपासे नातागोतालाई मात्रै सिफारिस गरेको आरोप लगाउँदै…

२०७६ जेष्ठ २६, आईतवार २०:३२ गते  
पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासङ्घद्वारा प्रहरीमा उजुरी

गोरखापत्र दैनिका हुम्ला सम्वादाता, रेडियो कैलाश एफएम्का स्टेशन म्यानेजर र सिमकोट टाइम्सका सम्पादक सिमकोट गाउँपालिका–५ का ४० वर्षीय पत्रकार राजन रावतलाई अपरिचित फेसबुक आइडीबाट धम्की आएको भन्दै पत्रकार महासङ्घले प्रहरीमा उजुरी गरेको छ । पत्रकार रावतले जेठ १४ गते गोरखापत्र दैनिकमा प्रकाशन भएको अख्तियार गाउँपालिका स्तरमा भन्ने शीर्षकको समाचार आफ्नै…

२०७६ जेष्ठ १७, शुक्रबार १९:२१ गते  
वडा अध्याक्षद्वारा गाउँपालिकाका अधिकृतलाई धम्की

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलाई सोही गाउँपालिका–१ दोजामका वडा अध्यक्ष ताराबहादुर लामाले धम्की दिएको पीडितले आरोप लगाएका छन् । घटनाक्रम अनुसार सिमकोट गाउँपालिकामा एक जना अनमीको कोटा पुर्तिका लागि वैशाख २७ गते सूचना निकाले अनुसार जेठ १५ गते तीन जना परिक्षार्थीहरूले परीक्षा दिएका थिए । नतिजा सोही दिन…

२०७६ जेष्ठ १७, शुक्रबार १९:१९ गते  
रुढिवादी संस्कारले विद्यार्थीको पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–८ मा रहेको खोल्सी गाउँमा धान रोप्न सुरु भएसँगै कान्ति आधारभुत विद्यालयका विद्यार्थीहरु पठनपाठनबाट प्रभावित बनेका छन् । खोल्सी गाउँमा जेठ ९ गतेदेखि धान रोपाई सुरु भएसँगै कक्षा ६, ७ र ८ को पठनपाठन प्रभावित बनेको छ । खोल्सी गाउँको रुढिवादी संस्कारले गर्दा विवाहित महिलाले धान रोप्न नहुने भन्दै…

२०७६ जेष्ठ १७, शुक्रबार १०:२१ गते