अदालतका कर्मचारीमाथि हातपात गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार
सर्केगाड गाउँपालिका–१ जैर घर भई हाल जिल्ला अदालत हुम्लामा नायव सुब्बा पदमा कार्यरत ५५ वर्षीय दानबहादुर रावतलाई साउन ११ गते कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–२ का वडा अध्यक्ष ३५ वर्षीय नरबहादुर भण्डारीलाई सोही दिन गिरफ्तार गरेको छ । सोही गाउँपालिका–२ का ३२ वर्षीय प्रकाश बोहोरा र कालसिंह बोहोराले रामबहादुर…
अज्ञात पक्षद्वारा विद्यालय तोडफोड, पठनपाठन प्रभावित
अज्ञात पक्षद्वारा विद्यालय तोडफोड गरी विद्यालयमा रहेका कम्प्युटरहरू लगेपछि खार्पुनाथ गाउँपालिका–५ मा रहेको मानधारा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कम्प्युटर कक्षा प्रभावित भएको छ । १ सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयमा असार १४ गते अज्ञात पक्षले तोडफोड गरेको थियो । सदरमुकाम सिमकोटबाट आठ कोश टाढा रहेको सो विद्यालयमा अज्ञात पक्षले…
अज्ञात पक्षबाट गाउँपालिकाको प्राविधिक शाखामा तोडफोड
अदानचुली गाउँपालिकाको प्राविधिक शाखामा साउन ५ गते बिहान अज्ञात पक्षले तोडफोड गरेको छ । उक्त पक्षले शाखामा भएको कम्प्युटर, हार्डडिक्स र क्यामरा लानुका साथै बेन्च, डेस्क, टेबल, दराजलगायत विभिन्न महत्वपुर्ण कागजात नष्ट गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । अध्यक्ष फडेराले केही दिन अघि पनि अक्षत पक्षले कार्यालयमा…
पाँच महिनादेखि आमा सुरक्षा भत्ता नपाएको महिलाहरूको गुनासो
जिल्ला अस्पतालबाट पाउनुपर्ने आमा सुरक्षा भत्ता ०७५ फागुनदेखि नपाएको यहाँका सेवाग्राहीको गुनासो आएको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराए बापत सरकारले प्रोत्साहन भत्ता र न्यानो झोला दिने नीति ल्याएता पनि हुम्ला जिल्लामा यो नियम लागु हुन सकेको छैन । दुरदराजका गाउँहरूमा रहेका स्वास्थ्यचौकीहरूको त कुरै छोडौँ सदरमुकाम सिमकोटमा रहेको एक…
कांग्रेसका पार्टी सभापतिद्वारा शिक्षा कार्यालयका कर्मचारी माथि कुटपिट
सर्केगाड गाउँपालिका– ५ गोठी घर भई हाल जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा कार्यरत ४२ वर्षीय कालिबहादुर छत्याललाई नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति सिमकोट गाउँपालिका–५ का ५२ वर्षीय जयपति रोकायाले कुटपिट गरेको पीडित पक्षले आरोप लगएको छ । असार २७ गते दिउँसो १२ बजेको समयमा आफ्नो कार्यालयको लेखापढीको काममा व्यस्त…
जिल्ला अस्पतालमा पानीको अभाव हुँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल हुम्लामा तीन हप्तादेखि पानीको अभाव हुँदा समस्या भएको छ । अस्पतालमा असार ४ गतेबाट खाने पानीको अभाव हुँदा बिरामीका साथै कुरूवालाई पनि समस्या भएको सेवाग्राही देविसिंह बुढाले गुनासो गरेकी छन् । बिरामीको चाप बढी भएको समयमा धेरै पानी आवश्यक पर्ने भएपनि तीन हप्तादेखि खानेपानी नआउँदा समस्या भएको भएपनि…
प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालबन्दी
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले हुम्ला र मुगुका केही स्थानीय तहमा असार २३ गते राति तालाबन्दी गरेका छन् । ‘पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौँ, सामाजिक दलाल पुँजीवादी सरकार खारेज गरौँ’ भन्ने नारा लेखिएको पम्पलेट टाँस गरी असार २३ गते हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको वडा नम्बर–३ र ४ मा…
हत्या प्रयास घटनाका आरोपित गिराफ्तार
सर्केगाड गाउँपालिका–५ कुतिगाउँ घर भई सिमकोट गाउँपालिका–६ बस्ने ३८ वर्षीया सुनिता बुढालाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति राजबहादुर बुढालाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १९ गते मदिरा सेवन गरेका बुढाले दिउँसो ३ बजेतिर एक्कासी धारिलो हतियारले मार्ने प्रयास गरेपछि आफू भागेर…
अवैध बालगृहबाट उद्दार गरिएका १२ जना बालबालिकाको पुनर्मिलन
काठमाडौँको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृह नामक संस्थाबाट उद्दार गरिएका १२ जना बालबालिकालाई असार १९ गते इन्सेक प्रतिनिधिको रोहवरमा अभिभावकको जिम्मा लगाइएको छ । बालगृहबाट उद्दार गरिएका हुम्लाका १३ जना बालबालिका मध्ये एक जना बालकलाई सुर्खेत जिल्लामै अस्थायी बसोबास गर्दै आएका आफन्तसँग पुनर्मिलन गराइएको थियो । बाँकी १२ जना बालबालिकालाई…
विद्यालय परिसरभित्रै सकेट बम भेटियो
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ ताक्लामा रहेको बागेश्वरी आधारभुत विद्यालयमा सकेट बम भेटिएको छ । असार १८ गते बिहान विद्यालयको खेलमैदान मर्मत गर्ने क्रममा स्थानीयले सो बम भेटाएको विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाहीले बताए । दोजाम प्रहरी चौकीका असई सिन्तामोणी पोखरेलको टोली त्यस क्षेत्रमा पुगी अनुसन्धान गर्दा पुराना दुई ओटा सकेट बम भेटिएको…