गाउँमा औषधि र स्वास्थ्यकर्मी नभएपछि उपचार तथा मौसमका कारण उद्दार हुन नसक्दा एक महिलाको मृत्यु
पाँच दिनदेखि रक्तश्रावबाट पीडित भएकी सर्केगाड गाउँपालिका-७ रोडिकोटकी २४ वर्षीया पवित्रा छन्त्यालको उपचारमा समस्या भएका कारण मृत्यु भएको उहाँका पति शान्तबहादुर छन्त्यालले गुनासो गर्नु भयो । असोज २० गतेदेखि सुत्केरी हुन नसकेर घरमै रहेकी पत्नीको उद्दार गरी जिल्ला बाहिर उपचारका लागि लैजान पहलका लागि शान्तबहादुरले अनुरोध गरेकोमा सुनुवाइ नभएको उहाँको…
बिक्री केन्द्र र डिपोबाट दसैँमा खाद्यान्न बिक्री हुन नसकेको स्थानीयबासीको गुनासो
दसैँ नजिकिदै जादा हुम्ला जिल्लाका डिपो र बिक्री केन्द्रबाट खाद्यान्न बिक्री वितरण नभएको स्थानीयबासीले गुनासो गरेका छन् । सिमकोट अन्य जिल्लाका लागि दसैँमा खाद्यान्न बिक्री नहुने विषय सामान्य लाग्न सक्छ तर हुम्ला जिल्लाका लागि यो विषय ठूलो भएको अदानचुली गाउँपालिका–१ का मोहन सिंह बुढाले गुनासो गर्नु भएको छ । देशका…
अज्ञात पक्षद्वारा नमस्तेको टावर तोडफोड
चंखेली गाउँपालिका–६ को मासिधारास्थित नमस्तेको टावर अज्ञात पक्षद्वारा तोडफोड गरेका छन् । गाउँपालिकाको मासिधारमा रहेको नमस्तेको टावरलाई असोज १० गते तोडफोड गरेको भन्दै गाउँपालिकाको कार्यालयले घटनामा संलग्न व्यक्तिको खोजी कार्यको मागगर्दै असोज १२ गते मेल्छाम प्रहरी चौकीलाई उजुरी गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो । टावर तोडफोड गर्दा चंखेली…
विद्युत लाइनमा पावर नहुँदा विद्यालयको आईसिटि ल्याव प्रयोग बिहिन
अदानचुली गाउँपालिकाकोे केन्द्र रहेको श्रीनगर सुर्योदय माविमा आईसिटी ल्याव प्रयोग बिहिन भएका छन । आइसिटि ल्याव सञ्चालन गरेको एक वर्ष वितिसक्दा पनि विद्युत लाइनमा पावर नहँुदा आइसिटि ल्याव प्रयोग बिहिन बनेका हुन् । सो ल्याव स्थापना गरेर शिक्षक तथा विद्यार्थीलाई कम्प्यूटर शिक्षा पठनपाठनमा सहज होस भन्ने उदेश्यका साथ नेपाल सरकार…
बागेश्वरीका विद्यार्थी खुल्ला चौरमा पठनपाठन गर्न बाध्य
खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालयको नयाँ भवन निर्माण गर्ने कार्य गरिएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । साउनको पहिलो हप्तादेखि उक्त विद्यालयको पाँचकोठे भवन निर्माणाधिन अवस्थामा रहेकाले विद्यार्थीहरू खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । पठनपाठनका लागि अन्य विकल्प नभएको उक्त विद्यालयका विद्यार्थीहरू खुला चौरमा पठनपाठन गर्दै आएका…
ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित
नाम्खा गाउँपालिका–६ को लिमिका ज्येष्ठ नागरिकले आर्थिक वर्ष ०७८/७९ को सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । गाउँपालिकाले सो भत्ता सेवाग्राहीको बैङ्क खाता सञ्चालन गरेर खातामा राखिदिए पनि लिमिका २ सय ५० ज्येष्ठ नागरिकहरू सदरमुकाम सिमकोट आउन नसक्दा भत्ता पाउनबाट बन्चित भएका हुन् । अघिल्लो आर्थिक वर्षको सामाजिक…
समितिको निर्णय अनुसार ज्याला नपाएको श्रमिकको गुनासो
जिल्ला स्तरीय दररेट निर्धारण समितिले निर्धारण गरे अनुसारको ज्याला नपाएको श्रमिकहरूले गुनासो गरेका छन् । ढुङ्गा बोकेको दैनिक ज्याला तीनदेखि चार सय रुपियाँसम्म मात्र पाउने गरेको अदानचुली गाउँपालिका–२ की हिउवाडी विष्टले गुनासो गर्नु भएको हो । विकास जसले ल्याउँछ उसले आफन्तलाई नै काम लगाउँछन् उहाँले बताउनु भयो । शरीर चिसाउँदै,…
सर्केगाड गाउँपालिकाको कार्यालय एक हप्तादेखि तालबन्दी सेवाग्राही प्रभावित
सर्केगाड गाउँपालिकाले करारमा नियुक्त गर्ने कर्मचारीको छनोट प्रक्रियामा राजनीतिक पूर्वाग्रह गरेको भन्दै सत्तारुढ दल माओवादी केन्द्रले भदौ २३ गतेदेखि सर्केगाड गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । गाउँपालिकाको कार्यालयमा तालाबन्दी भएपछि गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधा प्रभावित भएको सर्केगाड गाउँपालिकाका स्थानीयबासी पवन शाहीले बताउनु भएको छ । पालिकाले करार…
करारका कर्मचारी छनोटमा राजनीतिक पुर्वाग्रह गरेको भन्दै माओवादी केन्द्रद्वारा गाउँपालिकामा तालबन्दी
सर्केगाड गाउँपालिकाले करारमा नियुक्त गर्ने कर्मचारीको छनोट प्रक्रियामा राजनीतिक पूर्वाग्रह गरेको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले भदौ २३ गतेदेखि सर्केगाड गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । गाउँपालिकाले करार कर्मचारी भर्नाका लागि लिएको लिखित र मौखिक परीक्षामा प्रश्नपत्र आउट गरेको, कर्मचारी भर्ना प्रक्रियालाई मनोमानी रुपमा अघि बढाएको आरोप लगाउँदै माओवादी…
मौसमी रुघाखोकीका बिरामी बढेपछि विद्यालय बन्द, पठनपाठन प्रभावित
खार्पुनाथ गाउँपालिका–५ स्थित हिल्सा नौधारा आधारभूत विद्यालयमा अध्यायनरत विद्यार्थीहरूमा मौसमी रुघाखोकी देखिन थालेपछि विद्यालय बन्द गरिएको छ । भदौ १९ गतेदेखि खार्पुनाथ गाउँपालिकास्थित हिल्सा नौधार आधारभूत विद्यालयमा अध्यायनरत विद्यार्थीहरूमा मौसमी रुघाखोकी देखिन थालेपछि विद्यालय व्यवस्थापन समितिको भदौ २१ गतेको निर्णय अनुसार रोग नियन्त्रण नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पर्णबहादुर…