पत्नी हत्याको आरोपमा पति गिरफ्तार
खार्पुनाथ गाउँपालिका–१ गोप्काकी ३० वर्षिया छिरिङ कुडोल लामालाई हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति गोपाल सुनारलाई गिरफ्तार गरेको छ । फागुन ५ गते रातिको समयमा सिमकोट गाउँपालिका–५ स्थित बजारमा भाडामा बस्दै आएको घरमा आफ्नी छोरिलाई हत्या गरेको भन्दै मृतकका वुवा ढुडोल लामाले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…
हिल्सा सिमकोट सडक योजनाका कार्यालय प्रमुख यादवद्वारा आफ्नै कर्मचारीमाथि दुर्व्यवहार
सप्तरी जिल्ला घरभई हिल्सा सिमकोट सडक योजना कार्यालय, हुम्लामा कार्यरत कार्यालय प्रमुख ४२ वर्षीय वीरेन्द्र कुमार यादवले आफ्नै कार्यालयका इन्जिनियर ३० वर्षीय निरजराज वंशीमाथि हिल्सा सिमकोट सडक योजनाका कार्यालय प्रमुख यादवद्वारा आफ्नै कर्मचारीमाथि दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनु भएको छ । फागुन ५ गते दिउँसो कार्यालयकै काम गरिरहेको समयमा कार्यालयको…
बालविवाह गरेको आरोपमा गिरफ्तार
खार्पुनाथ गाउँपालिका–३ कारङ्गाकी १७ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–४ छिप्राका २० वर्षीय लक्ष्मण नेपाली र बालिकालाई फागुन ३ गते गिरफ्तार गरेको छ । खार्पुनाथ गाउँपालिका–४ माझाका बालिकाका मामा गणेश सुनारले फागुन १ गते आफ्नो भान्जीलाई भगाएर लगेको भन्दै फागुन २ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएको…
शिक्षकलाई तलव खुवाउँदा विद्यार्थी दिवा खाजाबाट बञ्चित
विद्यार्थीहरूका लागि छुट्याएको दिवा खाजको रकमबाट निजि शिक्षक राख्दा विद्यार्थीहरू दिवा खाजाबाट बञ्चित भएका छन् । जिल्लाका अधिकांश विद्यालयले निजि शिक्षकहरू राखेपछि विद्यार्थीले पाउनुपर्ने दिवा खाजाको रकम पाउनबाट बञ्चित भएको सिमकोट गाउँपालिका–८ का स्थानीय धनलाल शाहीले गुनासो गर्नु भएको छ । स्थानीय शाहीका अनुसार सिमकोट गाउँपालिका–८ स्थित कान्ती आधारभूत विद्यालय…
तीस वर्षदेखि डाँडाफयाका स्थानीय पानीको समस्या झेल्दै
विगत तीस वर्षदेखि सिमकोट गाउँपालिका–७ डाँडाफयाका स्थानीय नागरिक पानीको समस्या झेल्दै आएका छन् । खानेपानी उपभोक्ता समितिमा बसेका पदाधिकारीको चरम लापरवाहीका कारण डाँडाफयाका स्थानीय नागरिक खाने पानीबाट बञ्चित भएका हुन् । लामो समयदेखि विभिन्न निकायमार्फत पर्दै आएका योजनाहरूमा गाउँमा रहेका उपभोक्ता समितिका पदाधिकारीहरूको चरम लापरवाहीकै कारण झण्डै तीस वर्षदेखि सिङ्गो…
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै आएपछि जिल्लामा अध्ययन गर्दै आएका सयौँ विद्यार्थीले मार खेप्नु परेको हो । हेल्दुङ्ग विद्युत वितरण केन्द्रले लोडसेडिङ्गको समय तालिका बढाएपछि…
विद्युत आपूर्ति हुन नसक्दा जिल्ला अस्पतामा भर्ना भएका बिरामीलाई उपचारमा कठिनाई
जिल्ला अस्पातल हुम्लामा विद्युत आपूर्ति हुन नसक्दा अस्पतालमा भर्ना भएका बिरामीलाई कठिनाई भएको छ । हेल्दुङ्ग विद्युत वितरण केन्द्रको विस्तारित लाइन जिल्ला अस्पतालमा सिधै जडान गरिएको भएपनि चाहिने भन्दा कम एमपियरको एमसिवि जडान हुँदा विद्युत आपूर्तिमा समस्या भएको हो । जिल्ला अस्पतालमा गत दुई वर्षदेखि हेल्दुङ्ग विद्युत वितरण केन्द्रको विस्तारित…
कारागार भवन नहुँदा कैदीबन्दी हिरासत कक्षमा बस्न बाध्य
जिल्लामा कारागार भवन नहुँदा हुम्लाका कैदीबन्दी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा कोचाकोच गरि बस्न बाध्य भएका छन् । कारागार भवन नभएको कारण ०७९ वैशाखदेखि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा विभिन्न घटनाका आरोपित कैदीबन्दी बस्ने गरेका छन् । कैदीबन्दीहरू प्रहरीको हिरासतमा कोचाकोच गरेर बस्न बाध्य भएको पूर्पक्षमा रहेका थुनुवा जयराज शाहीले…
श्रीनगरका स्थानीय महङ्गोमा चामल किनेर खान बाध्य
अदानचुली गाउँपालिका–२ स्थित श्रीनगरका स्थानीय नागरिक महङ्गो मुल्यमा चामल खरिद गर्न बाध्य भएका छन् । श्रीनगर डिपोमा चामलको अभाव भएपछि सो ठाउँका स्थानीय नागरिक बजारमा पाइने चामललाई महङगो मुल्य तिररे खान बाध्य भएका हुन् । गत पुस १ गते खाद्य डिपो श्रीनगरले स्थानीय नागरिकलाई अनुदानको खाद्यान्न बिक्री गरेको भए पनि…
सुत्केरी गराउने बेडको अभावमा स्वास्थ्य संस्थाबाट पाउने सेवासुविधा बञ्चित
खार्पुनाथ गाउँपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र थालिका लागि डेलिभरी बेड अभाव भएपछि सुत्केरी महिलाहरू स्वास्थ्य संस्थाबाट पाउने सेवासुविधाबाट बञ्चित हुने गरेका छन् । उक्त स्वास्थ्य संस्थामा गत दुई वर्षदेखि सुत्केरी आमाका लागि सुत्केरी गराउने बेडको अभाव भएपछि सो ठाउँका सुत्केरी महिलाहरू नेपाल सरकारको ३ हजार र कर्णाली प्रदेशको २ हजार…