खार्पुनाथ गाउँपालिकाका ९१ जना बालबालिकामा कडा खाले कुपोषण भेटियो
पूर्ण खोपयुक्त गाउँपालिकाका रुपमा चिनिएको खार्पुनाथ गाउँपालिकाका ९१ जना बालबालिकामा कडा खाले कुपोषण भेटिएको छ । खार्पुनाथका पाँचवटै वडाका बालबालिकाहरूको कुपोषण चेकजाँच गर्दा उक्त कुपोषण देखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाथ्यकर्मीको टोली समेत गाउँगाउँमा खटाएर उनीहरूको स्वास्थ्य परीक्षण गर्दा बालबालिकाहरूमा कडाखालको कुपोषण देखिएको स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले बताउनु…
प्रमुख प्रशासकीय अधिकृत माथि दुर्व्यवहार, घटनाका आरोपित गिरफ्तार
नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय धर्मराज न्यौपानेलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–१ गाडापारी घरभई नेकपा एमाले नाम्खा गाउँकमिटिका सचिव ४० वर्षीय आङ लामालाई ०७९ असार २८ गते गिरफ्तार गरेको छ । नाम्खा गाउँपालिकाको सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालयमा कार्यालयको काम गरिरहेको अवस्थामा असार २८ गते लामाले दुर्व्यवहार…
सुत्केरीले कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बन्चित
सिमकोट गाउँपालिकाको वडा नम्वर १ देखि ८ सम्मका करिब १ सय ५ जना सुत्केरीले कर्णाली प्रदेशले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बन्चित भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी भए बापत कर्णाली प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई २ हजार रुपियाँका दरले उक्त प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउँदै आएको छ…
अन्धविश्वासका कारण सुत्केरी हुन स्वास्थ्य केन्द्र जाँदैनन्
खार्पुनाथ गाउँपालिका–३ काराङग गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घण्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनु पर्ने सबै परीक्षण गराए पनि अन्धविश्वासका कारण प्रजनन्का लागि उनीहरू स्वास्थ्य केन्द्र जान डराउने गरेका छन् । ५० घरधुरी…
निर्माण कार्य समयमा नबन्दा स्थानीयबासी तुइन तर्न बाध्य
कर्णाली नदीमा समयमा पुल नबन्दा मुगुको सोरू गाउँपालिका र हुम्लाको अदानचुली गाउँपालिकाका स्थानीय बासिन्दा जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य भएका छन् । मुगु र हुम्ला जिल्लाको संयुक्त रुपमा उपभोक्ता समिति गठन गरेर संचालन गर्ने भनिएको दोमुख पुल हालसम्म निर्माण हुन नसक्दा सो ठाउँका स्थानीय जोखिम मोलेर आवत जावत गर्न…
स्वास्थ्यकर्मीको दरवन्दी पूर्ति नहुँदा कैदी तथा थुनुवालाई उपचारमा समस्या
जिल्ला कारागार कार्यालय, हुम्लामा स्वास्थ्यकर्मीको दरबन्दी अनुसारको पदपूर्ति हुन नसक्दा कैदी तथा थुनुवाले समस्या झेल्नु परेको छ । ०७६ सालदेखि कारागार कार्यालयमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नभएपछि कैदी तथा थुनुवा विरामीलाई उपचार गर्न समस्या भएको हो । कारागारमा स्वास्थयकर्मी नहुँदा आजभोली स्वास्थ्य सेवा कार्यालय, हुम्लामा पु¥याई विरामीको स्वास्थ्य परीक्षण गर्नुपर्ने वाध्यता…
बटुवाले धमिलो पानी पिउन बाध्य
कर्णाली नदी छेउछाउका होटल व्यवसायी र पैदल यात्रुु वर्षातको समयमा कर्णाली नदीको धमिलो पानी पिउन बाध्य भएका छन् । स्वच्छ खानेपानीको व्यवस्था नहुँदा अन्य विकल्प नभएपछि कर्णाली नदीको धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको बाटो हिड्ने बटुवाले गुनासो गर्ने गरेका छन् । ०७९ वैशाख महिनादेखि यात्रुुहरूले दक्षिणी हुम्लाको कर्णाली नदीको…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८ वर्षीय च्याम्पा सिंह लामाले गुनासो गर्नु भएको छ । समयमै सामाजिक सुरक्षा भत्ता र सरकारले तोके अनुसारको रकम पनि नदिएको…
सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर
सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेको तत्थ्याङ्क सार्वजनिक भएको छ । गाउँपालिकाको सहयोगमा गरिव तथा उपेक्षित कल्याण कार्यक्रमले तयार पारेको दलित प्रोफाइल २०७८ ले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । सिमकोट गाउँपालिका भित्रका जम्मा ६ सय ९२ दलित समुदायका बालबालिका मध्ये १५ प्रतिशत अर्थात १…
खार्पुनाथमा देखा पर्यो ठेउलाजस्तै रोग
खार्पुनाथ गाउँपालिका–३ को राया गाउँमा ठेउला रोगका लक्षणसँग मिल्ने रोग देखा परेको छ । यहाँका करिब २५ जना बालबालिकाको शरीरमा फोका उठ्ने र पाक्ने जस्ता लक्षण देखिएको हो । ठेउला रोगसँग मिल्दोजुल्दो रोगका बिरामी देखा परेपनि स्थानीय स्वास्थ्यचौकीमा रोग नियन्त्रणको कुनै व्यवस्था नभएको स्थानीय सुर्य बुढाले गुनासो गर्नु भएको छ…