जिल्ला अस्पतालमा औषधिको अभाव, बिरामीहरुलाई समस्या
जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामीहरुलाई समस्या भएकाे छ । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि जिल्ला अस्पतालमा औषधिको अभाव भएको हाे । १५ शैयाको जिल्ला अस्पतालमा वैशाख पहिलो सातादेखि औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामीहरु समस्यामा परेका हुन् । डाक्टरले लेखेको औषधी निजी मेडिकलमा किनेर प्रयोग…
तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता: अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई समस्या
सर्केगाड गाउँपालिका–२ का स्थानीयबासी तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता छ । अरु वैकल्पिक बाटो नहुँदा तुइनको भरमा गाउँपालिका कार्यालयमा पुग्नु पर्ने बाध्यता भएको स्थानीय जय बहादुर कार्कीले गुनासो गर्नुभयो । तुइन तरेर गाउँपालिका कार्यालयमा आउन जान अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई झनै समस्या भएको उहाँको भनाइ छ…
गाउँमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो पटक वडा स्तर गाउँमै पुगेरे वितरण टोली मार्फत अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । हालसम्म परिचय पत्र नपाएका अपाङ्गता भएका व्यक्तिहरूलाई नयाँ अपाङ्गता परिचय पत्र तयार पारेर प्रदान गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरु भत्ता पाउनबाट वञ्चित भएपछि गाउँमै…
धिगा गाउँमा खानेपानी समस्या
जिल्लाको उत्तरी भेग नाम्खा गाउँपालिका–१ धिगा गाउँमा खानेपानीको समस्या भएको छ । करिब पाँच महिनादेखि धिगा गाउँमा खानेपानीको समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् । दुई घण्टाको पैदल लाग्ने लेख धिगाबाट खानेपानी ल्याएपनि अहिले गाउँमा हाहाकार जस्तै भएको स्थानीय सोनाम ग्याल्जन लामाले बताउनुभयो । स्थानीय लामाका अनुसा ४३ घरधुरी…
विद्यालय भवनकाे छानो उडाउँदा चारदिनदेखि पठनपाठन प्रभावित
सिमकोट गाउँपालिका–२ ठेहेमा गाउँ स्थित रामदेव माध्यमिक विद्यालय भवनकाे छानो जेठ १ गते राती आएकाे हावाहुरीले उडाएपछि चारदिनदेखि पठनपाठन प्रभावित भएको छ । हावाहुरीले विद्यालयको दुई कोठे भवनको छानो उडाएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नर भण्डारीले जानकारी दिनुभयो । हावाहुरीले विद्यालयको एकतर्फी भागको सबै जस्तापाता उडाएपछि हाल विद्यार्थी खुल्ला आकाशमुनि…
यातायात समितिको ज्यादतीविरुद्व जनप्रतिनिधिद्वारा ज्ञापन पत्र पेश
कर्णाली करिडोर अन्तर्गत पर्ने बाजुराको पिलीचौरमा यातायात समितिले गरेको ज्यादतीविरुद्ध जनप्रतिनिधिद्वारा वैशाख ३० गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेका छन् । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत गृहमन्त्रालय लगायत १५ ओटा कार्यालयमा ज्ञापनपत्र पेश भएको छ । सुर्खेतबाट बाजुराको पिलीचौर हुँदै सर्केगाड सडकखण्डमा सञ्चालन…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव, बिरामीलाई समस्या
सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीलाई सास्ती खेप्नुपरेको छ । खानेपानीको सुविधा नभएर समस्या भएको स्वास्थ्य चौकीमा सुत्केरी गराउन आएकी सेवाग्राही कल्पना सिंहले गुनासो गर्नुभयो । सुत्केरी…
इन्सेक र आयोगको संयुक्त टोलीद्वारा कारागार अनुगमन
इन्सेक र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले वैशाख २६ गते जिल्ला कारागारको संयुक्त रुपमा अनुगमन गरेकाे छ । अनुगमनमा जिल्ला कारागारको अवस्था बुझ्नुका साथै कारागारमा रहेका कैदीबन्दी र थुनुवाहरूको बारेमा जानकारी लिएको राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले बताउनु भयो । अनुगमनका क्रममा कैदी…
दोब्बर मूल्यमा उपभोग्य बस्तु किन्नु पर्ने बाध्यता, उपभोक्ता मर्कामा
उद्योग वाणिज्य सङ्घले सदरमुकाम सिमकोटमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई सामानको मूल्य निर्धारण गरेर परिपत्र गर्दा पनि सदरमुकाम सिमकोटका व्यवसायीहरूले त्यसको दोब्बर मूल्यमा बिक्री गर्दा उपभोक्ता मर्कामा पर्दै आएका छन् । उद्योग वाणिज्य संघले वैशाख ४ गते ३९ प्रकारका दैनिक उपभोग हुने सामान तेल, चिनी, मसला, चाउचाउ, पेयपदार्थ, खसीको मासु,…
अज्ञात पक्षद्वारा वडा कार्यालयको सूचना केन्द्र भवनमा तोडफोड
सिमकोट गाउँपालिका–५ को तल्लो गाउँमा निर्माण गरिएको सूचना केन्द्र भवनमा अज्ञात पक्षद्वारा तोडफोड भएको छ । वैशाख ७ गते देखि नियमित रुपमा सो भवन अज्ञात पक्षले तोडफोड गर्दै आएको वडा अध्यक्ष चिनबहादुर रावतले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७९/०८० मा निर्माण भएको सूचना केन्द्रको तीनकोठे पक्की भवनको झ्याल, ढोका र…