जातीय विभेद गरेको आरोपमा वडा अध्यक्ष विरुद्ध प्रहरीमा उजुरी

चंखेली गाउँपालिका–२ का वडाध्यक्ष ४४ वर्षीय विर्षबहादुर सिंहले सोही गाउँपालिका–२ की २५ वर्षीया सन्जिता परियारलाई जातीय विभेद गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिनुभएको छ । गत फागुन महिनादेखि पीडित घरपरिवारले चंखेली गाउँपालिका–२ को सार्वजनिक भवनमा खुद्रा पसल गरेकै स्थानमा चैत १२ गते वडाध्यक्ष सिंह आएर आफ्नी…

March 28, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चंखेली गाउँपालिका–३ दार्माका ३० वर्षीय लोकबहादुर शाहीलाई चैत ११ गते गिरफ्तार गरेको छ । गत मङसिर ५ गते चंखेली गाउँपालिका–२ को घट्टेखोलामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १० गते उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराइले बताउनु भएको छ । पीडित…

March 28, 2023  
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २२ वर्षीय देवजन सार्की विरुद्ध पीडित पक्षले चैत १० गते प्रहरीमा उजुरी दिनुभएको छ । गत कात्तिक ११ गते सर्केगाड गाउँपालिका–१ को तुम्चमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको डिएसपी भिमलाल…

March 28, 2023  
तीन महिनादेखि जिल्ला अस्पतालमा औषधी अभाव, सेवाग्राही मर्कामा

तीन महिनादेखि जिल्ला अस्पताल हुम्लामा औषधीको चरम अभाव भएको छ । १५ सैया रहेको एक मात्रै जिल्ला अस्पतालमा माघ महिनाको पहिलो सातादेखि ओैषधीको चरम अभाव देखिएको हो । आधारभुत औषधीसम्म नहुँदा गाउँपालिका र गैह्रसरकारी संस्थासँग सापट मागेर काम चलाउदै आएका छन । चैत ११ गते सिमकोट गाउँपालिका–१ ठेहे गाउँका २६…

March 27, 2023  
इन्सेकको पहलमा चंखेलीका प्रकोप पीडितले पाए राहत

अनौपचारिक क्षेत्र इन्सेक (इन्सेक) को नियमित पहलमा चंखेली गाउँपालिकाले प्रकोप पीडितलाई राहत सहयोग गरेको छ । गएको असोज १९ गते परेको अबिरल वर्षासँगैको बाढी पहिरोबाट ज्यान गुमाएका बाढी पीडितहरूका घर परिवार र गएको जेठ १८ गते लागेको आगलागी पीडितहरूका लागि गाउँपालिकाले राहत वितरण गरेको हो । गाउँपालिकाले गत कात्तिक महिनामा…

March 17, 2023  
मार्ने धम्की दिएको आरोपमा प्रहरीमा उजुरी

सिमकोट गाउँपालिका–५ घरभई जिल्ला वार एशोसियसनका सचिव ३६ वर्षीय अधिवक्ता राजन चन्दलाई सोही ठाउँका मिदि जाग्मु लामाले मार्ने धम्की दिएको भन्दै चन्दले चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । अधिवक्ता चन्द र स्थानीय लामाको घरसँगै रहेकाले जग्गाको विषयमा उठेको विवादका कारण दुई पक्षबीच यसअघि जिल्ला अदालतमा…

March 17, 2023  
नेपाल खाद्य संस्थान श्रीनगर डिपोद्वारा २७ क्वीन्टल ९० केजी कुहिएको चामल नष्ट

नेपाल खाद्य संस्थान श्रीनगर डिपोले २७ क्वीन्टल ९० केजी चामल नष्ट गररेको छ । ०७७ देखि थन्क्याएर राखिएको चामल नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयको नायब सुब्बा नबिन आचार्यको टोलीले श्रीनगरमा पुगेर स्थानीय प्रशासनको रोहबरमा फागुन २२ गते चामल नष्ट गरेको हो । करिव दुई वर्ष अगाडि नागरिकले…

March 9, 2023  
पत्नी हत्याको आरोपमा पति गिरफ्तार

खार्पुनाथ गाउँपालिका–१ गोप्काकी ३० वर्षिया छिरिङ कुडोल लामालाई हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति गोपाल सुनारलाई गिरफ्तार गरेको छ । फागुन ५ गते रातिको समयमा सिमकोट गाउँपालिका–५ स्थित बजारमा भाडामा बस्दै आएको घरमा आफ्नी छोरिलाई हत्या गरेको भन्दै मृतकका वुवा ढुडोल लामाले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…

February 19, 2023  
हिल्सा सिमकोट सडक योजनाका कार्यालय प्रमुख यादवद्वारा आफ्नै कर्मचारीमाथि दुर्व्यवहार

सप्तरी जिल्ला घरभई हिल्सा सिमकोट सडक योजना कार्यालय, हुम्लामा कार्यरत कार्यालय प्रमुख ४२ वर्षीय वीरेन्द्र कुमार यादवले आफ्नै कार्यालयका इन्जिनियर ३० वर्षीय निरजराज वंशीमाथि हिल्सा सिमकोट सडक योजनाका कार्यालय प्रमुख यादवद्वारा आफ्नै कर्मचारीमाथि दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनु भएको छ । फागुन ५ गते दिउँसो कार्यालयकै काम गरिरहेको समयमा कार्यालयको…

February 19, 2023  
बालविवाह गरेको आरोपमा गिरफ्तार

खार्पुनाथ गाउँपालिका–३ कारङ्गाकी १७ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–४ छिप्राका २० वर्षीय लक्ष्मण नेपाली र बालिकालाई फागुन ३ गते गिरफ्तार गरेको छ । खार्पुनाथ गाउँपालिका–४ माझाका बालिकाका मामा गणेश सुनारले फागुन १ गते आफ्नो भान्जीलाई भगाएर लगेको भन्दै फागुन २ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएको…

February 16, 2023