प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका आरोपित असई गिरफ्तार
कर्तव्य ज्यान मुद्दाका आरोपित ४२ वर्षीय असई शेरसिंह धामीलाई सुर्खेत प्रहरीले फागुन २२ गते गिरफ्तार गरेको छ । वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टका इञ्चार्ज समेत रहेका असई धामीलाई गिरफ्तार गरेर सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विष्टले जानकारी दिनु भयो । फागुन २०…
प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै उजुरी दर्ता
कालिकोट तिलागुफा नगरपालिका–३ का ३१ वर्षीय कृष्ण हमाल ‘मिनी’को फागुन २१ गते सुर्खेतमा मृत्यु भएको छ । प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरी घाइते बनाएको र उपचारका लागि अस्पताल ल्याउने क्रमममा बाटोमा मृत्यु भएको आफन्तको भनाइ छ । नेपालगञ्जबाट फागुन २० गते राति मिनि ट्रकमा सुर्खेत आउँदै गरेको अवस्थामा मदिरा…
मानव अधिकार रक्षक सञ्जाल पुनर्गठन
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल ०७८ फागुन १६ गते पुनर्गठन गरिएको छ । मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पुर्याउने उदेश्यका साथ ०७७ चैत १३ गते गठित सञ्जाल…
बन्दका कारण शैक्षिक संस्थाहरू प्रभावित
अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) परियोजना पारित भएपछि विभिन्न ६ वटा राजनीतिक दल र २ वटा मोर्चाहरुले संयुक्तरूपमा आव्हन गरेको नेपाल बन्दले फागुन १६ गते सुर्खेतका शैक्षिक संस्थाहरू प्रभावित बनेका छन् । बन्दकर्ताहरुको दबावले विद्यालयको पठन पाठन हुन नसकेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षिका सरस्वती ज्ञवालीले जानकारी दिनुभयो ।…
बन्दकर्ताद्वारा पार्टी कार्यालय तोडफोड र आगजनीको प्रयास
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आव्हन गरेका राजनीतिक दलका कार्यकर्ताले पार्टी कार्यालयहरूमा फागुन १६ गते तोडफोड र आगजनीको प्रयास गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गरेको भन्दै विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल…
वीरेन्द्रनगरमा कर्फ्यू हटाएर निषेधाज्ञा लागु
स्थानीय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरमा लगाएको कर्फ्यू हटाएर फागुन १७ गतेदेखि निषेधाज्ञा लागु गरेको छ । प्रशासनले अर्काे सूचना जारी नभएसम्मका लागि सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र वीरेन्द्रनगरको बजार क्षेत्र, एरिचोक, मङ्गलगढी चोक, हटिया लाइन/हटिया चोक क्षेत्र भित्र कुनै पनि सभा, जुलुस, समारोह गर्ने उद्देश्यले पाँच जना भन्दा बढीको समूहमा उपस्थित नगर्न, नगराउन…
फागुन १७ गते साँझ ७ बजेसम्म वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी
अमेरिकी सहयोग परियोजनामा (एमसीसी) पारित भएपछि विरोध स्वरुप विभिन्न ६ ओटा राजनीतिक दल र दुई ओटा मोर्चाहरूले संयुक्त रूपमा आह्वान गरेको नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले फागुन १६ गते कर्फ्यू लगाएको छ । फागुन १६ गते साँझ सवा आठबजेदेखि फागुन १७ गते साँझ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली लम्कीचुहा नगरपालिका –४ का २३ वर्षीय कमल ढकाललाई फागुन ११ गते गिरफ्तार गरेको छ । महिलालाई ०७७ कात्तिक ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यायमा सुर्खेतमा कात्तिक ११ गते दिएको उजुरीको आधारमा आरोपितलाई वीरेन्द्रनगरबाट गिरफ्तारमा परेको जिल्ला प्रहरी कार्यालय…
मन्त्रिपरिषद समावेशी नभएकोप्रति अदालतले गरायो ध्यानाकर्षण
कर्णाली प्रदेशको मन्त्रिपरिषद समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टिका विष्ट र अधिवक्ता शेरबहादुर खत्रीले दायर गरेको रिटमा सुनुवाई गर्दै फागुन १० गते उच्च अदालतका कामु मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश चन्द्रबहादुर सारूको संयुक्त इजलासले ध्यानाकर्षण…
विपद कोषप्रति स्थानीय तहको बेवास्ता
विपद व्यवस्थापनका लागि स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गरिने विपद कोष स्थापनामा स्थानीय तहहरूले बेवास्ता गरेका छन् । प्राकृतिक विपद् पीडित नागरिकको उद्धार तथा राहतमा सघाउने गरी सञ्चालन हुने उक्त कोषमा स्थानीय तहहरू उदासिन हुँदा काम अगाडि बढ्न सकेको छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कोष सञ्चालनका लागि प्रदेश…