बीस ओटा मतदानस्थल अति सम्वेदनशील
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि तोकिएका १ सय ३८ मतदानस्थलमध्ये बीस ओटा मतदानस्थल अति सम्वेदनशील रहेका जिल्ला सुरक्षा समिति सुर्खेतले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि र खुल्ला सिमानाका कारण १ सय ३८ मतदानस्थलमध्ये ८५ ओटा सम्वेदनशील र ३३ ओटा मतदानस्थल…
हत्याका आरोपित पति र सासू गिरफ्तार
वीरेन्द्रनगर नपा-१० की १८ वर्षीया सुस्मिता (राजी) शाहीको हत्या गरेको आरोपमा १८ वर्षीय पति आदेश शाही र ३७ वर्षीया सासू सरस्वती शाहीलाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ । मृतक सुस्मिताका बुबा लालबहादुर राजीले मङ्सिर ५ गते दिएको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई घरबाट गिरफ्तार गरेको हो । अन्तरजातीय…
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २२ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ । तालिमको सुरूवात गर्दै इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बालबालिकाको अधिकार सूचित गरिएमात्र पनि मुलुकको समग्र विकासमा टेवा पुग्ने बताइन् । बाल अधिकारको संरक्षण र सम्बर्द्धनमा इन्सेकले…
बाढी पीडितहरूले निर्वाचन बहिष्कार गर्ने चेतावनी
सुर्खेत र बर्दियाका बाढी पीडितहरूले उचित घरबासलगायतका आफ्ना माग पुरा नगरिए आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका-२ गिरीघाट खोलामा कात्तिक २१ गते आयोजित प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँगको भेलामा उनीहरूले यस्तो चेतावनी दिएका हुन् । गत ०७१ साउन महिनाको अन्तिम हप्तामा…
औषधिको अभावमा गुर्भाकोट नपा १ र २ का बासिन्दा उपचार सेवाबाट वञ्चित
गुर्भाकोट नपा-२ स्थित स्वास्थ्य चौकी मालारानीमा डेढ महिनादेखि औषधि नहुँदा गुर्भाकोट नपा-१ र २ का बासिन्दा सामान्य प्राथमिक उपचार सेवाबाटसमेत वञ्चित भएका छन् । सो स्वास्थ्य चौकीमा डेढ महिनादेखि नै सिटामोल र जीवनजल जस्ता सामान्य औषधिसमेत नहुँदा स्थानीयबासी उपचार सेवाबाट वञ्चित हुनुपरेको स्थानीयबासी खुमलाल कँडेलले गुनासो गरे । कँडेलका अनुसार…
स्थानीय सरकार जनताप्रति उदासिन भएको गुनासो
सिंहदरबारको अधिकार स्थानीय तहमा आएको भन्दै आम नागरिकमा खुशियाली छाएपनि हाल गठित स्थानीय सरकार जनताको समस्याप्रति उदासिन बनेकोले जनताले अपेक्षा गरे अनुरूपको राहत पाउन नसकेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । इन्सेक नेपालगञ्जद्वारा कात्तिक १५ गते वीरेन्द्रनगरमा सम्पन्न जिल्लाको मानव अधिकार अवस्था विषयक साझेदारी बैठकका सहभागीले यस्तो गुनासो गरेका…
मानव अधिकार ज्यादतीबाट पीडितलाई इन्सेकद्वारा सहयोग
अन्तरजातीय विवाह गरेको आरोपमा केटी पक्षबाट कुटपिट गरिएका बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बुवा भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता बिकको परिवारलाई इन्सेकले असोज २६ गते आर्थिक सहयोग उपलब्ध गराएको छ । औषधि खर्च बापत इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले बिक परिवारलाई ५ हजार रुपियाँ…
राज्यको दुविधायुक्त नीतिका कारण सेवाग्राही मर्कामा
राज्यको दुविधायुक्त नीतिको कारण शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सेवा प्रभावकारी हुन नसकेको एक कार्यक्रममा औँल्याइएको छ । इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत असोज २४ गते वीरेन्द्रनगरमा सम्पन्न जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँगको अनुभव आदानप्रदान बैठकका सहभागीहरूले सो कुरा औँल्याएका हुन् । दुविधायुक्त नीतिका कारण ग्रामीण क्षेत्रमा राज्यले नै निःशुल्क…
इन्सेकको पहलमा बोटेचौरमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न
इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित गुर्भाकोट नपा-४, ५ र ९ वडास्तरीय मानव अधिकार निगरानी समूहको आयोजना तथा बजार व्यवस्थापन समिति बोटेचौरको समन्वयमा बोटेचौरमा स्वास्थ्य तथा सरसफाई विषयक बृहत अन्तरक्रिया गरिएपछि लगत्तै चिकित्सकसहितको टोलीले गुर्भाकोट नपामा तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गुर्भाकोट नपामा पछिल्लो समयमा स्वाइन फ्लु…
अन्तरजातीय विवाह गरेको आरोपमा दलित परिवारमाथि कुटपिट
बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बावु भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता बिकलाई अन्तरजातीय विवाह गरेको आरोपमा भदौ २५ गते राती दैलेख जिल्ला डुङ्गेश्वर नपा छदौंका ३२ वर्षीय आनन्द शाहीलगायतका चार जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । बलबहादुरले शाहीकी…