शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार विषयक गोष्ठी सम्पन्न
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार विषयक गोष्ठी चैत २९ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा आयोजना गरिएको गोष्ठीमा राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले जिल्लामा भूमिहीनलाई जग्गाधनी प्रमाण पत्र (पुर्जा) वितरण गर्न सुरु गरिसकेको भन्दै अब वीरेन्द्रनगरमा भूमिहीनहको समस्या केही हदसम्म कम हुने बताउनु…
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार कागजमै सीमित !
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार संविधानले मौलिक हकको रूरुपमा व्यवस्था गरेपनि अझै नागरिकले उचित ढङ्गले उपभोग गर्न नपाउँदा कागजमै सिमित बनेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा चैत २५ गते सुर्खेतमा आयोजित शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार र सुविधाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाइ…
लेकबेशीमा सार्वजनिक सुनुवाइ सम्पन्न
लेकबेशी नगरपालिकाले प्रवाह गर्ने शिक्षा, स्वास्थ्य, खाद्य, तथा आवासको अधिकार र सुविधाको प्रभावकारिता विषयमा चैत २३ गते सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा इएलपी कार्यक्रम अन्तर्गत लेकवेशी नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सम्बन्धमा पहिचान भएका समस्या न्यूनीकरणका लागि नगरपालिकाले…
मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम चैत १५ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले मानव अधिकार रक्षकको विषय संवेदनशील भएकाले यस विषयमा राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिनु भयो । मानव अधिकार…
शिक्षकद्वारा कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी
इगरब्रिज बोर्डिङ स्कुलमा अध्ययनरत १३ वर्षीय बालकलाई चैत ९ गते कुटपिट गरेको आरोपमा शिक्षक कृष्ण खड्काविरुद्ध पीडितका अभिभावकले चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालकालाई कक्षा कोठामा सोधेको विषय नजानेको भन्दै शारीरिक र मानसिक यातना दिएको भन्दै अभिभावकले प्रहरीमा उजुरी दिएको बताए । आरोपितलाई कारवाहीको…
कर्णालीका मुख्यमन्त्री र सभामुखसँग इन्सेकको टोलीद्वारा मानव अधिकारको विषयमा छलफल
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री जीवनबहादुर शाहीसंग इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोलीले मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ । चैत १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर अध्यक्ष श्रेष्ठसहितको टोलीसँग मुख्यमन्त्री शाहीले मानव अधिकारको रक्षाका लागि सरकार समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो । संविधानले व्यवस्था…
मानव अधिकार रक्षकको पक्षमा कानुन बन्नुपर्छः अध्यक्ष श्रेष्ठ
मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि कानुन बन्नुपर्नेमा इन्सेककी अध्यक्ष डा.इन्दिरा श्रेष्ठले जोड दिनु भयो । इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा चैत १० गते सुर्खेतमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय मानव अधिकार तालिममा बोल्दै डा. श्रेष्ठले मानव अधिकारकर्मीहरू नै असुरक्षित बनेकाले मानव अधिकारकर्मीको पक्षमा नमूना कानुन निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।…
जानकारी नहुँदा बैंक खाता छोरीको कार्यक्रममा लाभग्राहीको पहुँच अझै पुग्न सकेन
सुर्खेत लेकवेशी नगरपालिका–४ कागतेस्थित रितु सुनारको कोखबाट गत वर्षको पुस पहिलो साता छोरीको जन्म भयो । उहाँले छोरीको जीवन बीमा निजी बीमा कम्पनीबाट गरेपनि अन्य कुनै सरकारी कार्यक्रममा आबद्ध नभएको बताउनुहुन्छ । ‘छोरी जन्मेसकेपछि बीमा बाहेक अरु केही गरेको छैन ।’–उहाँले भन्नुभयो–‘बैङ्कमा खाता खोलेर सरकारले पैसा बचत गर्ने कुरा त…
विश्व उपभोक्ता अधिकार दिवसमा विभिन्न कार्यक्रम सम्पन्न
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सुर्खेतमा र्याली सहित विभिन्न कार्यक्रम गरी चैत १ गते सम्पन्न गरिएको छ । ‘विश्व सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने नाराका साथ सुर्खेतमा र्याली निकालेर वीरेन्द्रचोकमा पुगेर कोणसभा गरिएको थियो । उक्त कोणसभालाई सम्बोधन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल…
मानव अधिकार रक्षक सञ्जालका सदस्यका लागि तीन दिने तालिम
स्थानीय तहमा क्रियाशील मानव अधिकार रक्षक सञ्जालका सदस्यहरुका लागि तीन दिने मानव अधिकार तालिम फागुन ३० गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा सुरु गरिएको तालिममा इन्सेककी व्यवस्थापन प्रमुख सुबेच्छा खड्काले तालिमले मानव अधिकार रक्षाको क्षेत्रमा थप सहयोग पुग्ने बताउनु भयो । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण…