मानव अधिकार समावेशी समाज निर्माणको आधार होः मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानव अधिकार समावेशी समाज निर्माणको आधारशिला भएको बताउनुभएकाे छ । मङ्सिर २५ गते ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश र इन्सेक कर्णाली प्रदेश कार्यालय लगायतका संस्थाले सुर्खेतमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले मानव अधिकार भनेको केवल कानुनको विषय मात्र…

२०८१ मंसिर २६, बुधबार १०:२५ गते  
सरकार मानव अधिकारकाे रक्षा गर्न प्रतबद्ध छ: गृहमन्त्री लेखक

कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा भाग लिन ०८१ मङ्सिर २५ गते सुर्खेत पुग्नुभएका गृहमन्त्री रमेश लेखकले सरकार मानव अधिकार रक्षाका लागि प्रतिबद्ध रहेको बताउनु भयाे । उहाँले सङ्क्रमणकालीन न्यायलाई टुङ्गाेमा पुर्‍याउन आयोग गठनकाे प्रक्रिया अगाडि बढेकाे भन्दै पीडितलाई न्याय दिन सहज हुने बताउनु भयो । उहाँले पुर्व गृहमन्त्री रवि लामिछानेकाे…

२०८१ मंसिर २६, बुधबार १०:१६ गते  
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित

चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी नहुँदा शौचालय प्रयोगविहीन भएको विद्यालयका प्रधानाध्यापक लोकराज देवकोटालले बताउनु भयो । ‘विद्यार्थीलाई खानेपानी त हुँदैन । शौचालयको त कुरै छोडौँ…

२०८१ मंसिर २६, बुधबार ०९:४२ गते  
मानव अधिकारका सवालमा एकजुट भएर काम गराैँः राजदुत लोरेन्जो

नेपालका लागि युरोपियन युनियन (इयु) का राजदुत भेरोनिक लोरेन्जोले मानव अधिकारका सवालमा एकजुट भएर काम गर्नुपर्ने बताउनु भएको छ । ०८१ मङ्सिर २१ गते वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका चुनौतीहरूबारे अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनु भएको हाे । उहाँले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा…

२०८१ मंसिर २१, शुक्रबार २२:०१ गते  
दलितका अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्छः अध्यक्ष विश्वकर्मा

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायका अधिकारलाई कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ । ०८१ मङ्सिर २० गते नीति फाण्डेशनको आयोजना र इन्सेकको समन्वयमा वीरेन्द्रनगरमा आयोजित दलित विद्यार्थीको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चितताका लागि प्रदेश सरकारको भूमिका विषयक छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो…

२०८१ मंसिर २०, बिहीबार २१:३० गते  
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यनाकर्षण पत्रमा नेपालको सविधान २०७२ ले मौलिक हकको परिकल्पना गरेको…

२०८१ मंसिर १८, मंगलवार १८:५६ गते  
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक इन्द्रा बिसीको संयोजकत्वमा बसेको बैठकमा मानव अधिकार शिक्षा सम्बन्धी सञ्चालन भइरहेको कार्यक्रमको असल अभ्यास र समुदायमा कार्यक्रमले पारेको प्रभावको विषयमा…

२०८१ मंसिर १८, मंगलवार १८:४७ गते  
कर्णाली प्रदेशः स्थानीय तहका उपनिर्वाचन ०८१ सम्पन्न

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा अध्यक्ष, जाजरकोट जिल्लाको नालगाड नगरपालिकामा उपप्रमुख र कुसे गाउँपालिका–७ मा वडा अध्यक्ष, रुकुम पश्चिम जिल्लाको सानिभेरी गाउँपालिका–४ मा वडा अध्यक्ष र दैलेख जिल्लाको महाबु गाउँपालिकामा अध्यक्ष र दूल्लु नगरपालिका–१३ मा…

२०८१ मंसिर १६, आईतवार १८:५७ गते  
कर्णाली प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु ! (फोटो फिचर)

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा अध्यक्ष, जाजरकोट जिल्लाको नालगाड नगरपालिकामा उपप्रमुख र कुसे गाउँपालिका–७ मा वडा अध्यक्ष, रुकुम पश्चिम जिल्लाको सानिभेरी गाउँपालिका–४ मा वडा अध्यक्ष र दैलेख जिल्लाको महाबु गाउँपालिकामा अध्यक्ष र दूल्लु नगरपालिका–१३ मा…

२०८१ मंसिर १६, आईतवार १२:०४ गते  
सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हनन् भयोः प्रजिअ आचार्य

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हन्न् भएको बताउनुभएको छ । मङ्सिर १३ गते इन्सेकको आयोजनामा गरिएको ‘सामाजिक सञ्जालको प्रयोगले मानव अधिकारमा पारेको प्रभाव विषयक’ अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने अवसर प्रदान गरे पनि यसको दुरुपयोगले व्यक्तिगत…

२०८१ मंसिर १३, बिहीबार १८:१० गते