कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी लेकवेसी नगरपालिका –५ की २२ वर्षीया प्रेमदेवी विकलाई माघ १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ । पीडित विकका पति दुर्गा विकले पटक पटक कुटपिट गर्ने तथा घरका अन्य सदस्यले…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–८ घरभई हाल भेरी नगरपालिका–३ सिमलगैरीमा बस्दै आउनुभएकी शान्ता परियारलाई इन्सेकले माघ १२ गते सात हजार रुपियाँ सहयोग गरेको…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल र वीरेन्द्रनगर मानव अधिकार रक्षक सञ्जालको बैठक बसी बैठकले वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वटामा सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण ऐन…
न्याय सम्पादनमा न्यायिक समितिले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले स्थानीय पालिकाका न्यायिक समितिले न्याय सम्पादनमा प्रभावकारी भुमिका खेल्नुपर्ने कुरामा जोड दिनु भएको छ । युएनडिपी र जिल्ला समन्वय समिति सुर्खेतको संयोजन तथा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्धारा ०७९ माघ ८ गतेदेखि वीरेन्द्रनगरमा शुरु भएको न्यायिक समितिका सदस्यलाई न्याय सम्पादन सम्बन्धी दुईदिने कार्यशालाको…
प्रदेश स्तरीय बाल अधिकार सञ्जाल गठन
कर्णाली प्रदेश स्तरीय मानव अधिकार सञ्जालको गठन पुस ३० गते वीरेन्द्रनगरमा गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा दैलेख जिल्लाको दुल्लु नगरपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा गठन गरिएको बाल अधिकार समूहको सहभागीतामा प्रदेश स्तरीय ९ सदस्य बाल अधिकार सञ्जाल गठन गरिएको हो । बाल…
नेपाल मानव अधिकार वर्ष पुस्तकको वार्षिक सम्पादन भेला सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२३ को वार्षिक सम्पादन भेला सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा पुस २३ र २४ गते वार्षिक सम्पादन भेला सम्पन्न भएको हो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सम्पादन सत्यतथ्य हुनुपर्ने इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताउनु भयो…
मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घनका पीडितहरूको कानुनी प्रक्रिया र न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम पुस २३ गते सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेक कर्णाली प्रदेश संयोजक संयोजक नारायण सुवेदीले मानव अधिकार उलङ्घनका पीडितहरूको कानुनी प्रक्रिया र न्यायमा…
प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
कर्णाली प्रदेश स्तरीय मानव अधिकार समूह पुस २१ गते सुर्खेतको पञ्चपुरी नगरपालिकामा गठन गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा दैलेख जिल्लाको दुल्लु नगरपालिका र विन्द्रासैनी नगरपालिका, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा गठन गरिएको मानव अधिकार समूहको सहभागीतामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको हो । कर्णाली…
लोकतन्त्र सफल भयो भने मानव अधिकार सफल हुन्छ : नगरप्रमुख भण्डारी
लोकतन्त्र सफल भयो भने मानव अधिकार सफल हुने पञ्चपुरी नगरपालिकाका प्रमुख लालबीर भण्डारीले बताउनु भयो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले लोकतन्त्रको रक्षा गरेपछि मानव अधिकारको रक्षा हुने भएको हुँदा सबैले लोकतन्त्रको रक्षा सबैले गर्न आवश्यक भएको बताउनु भयो । भण्डारीले स्थानीय तहमा मानव अधिकारको रक्षा…
मानव अधिकार समूहको बैठक सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको इएलपी कार्यक्रम अन्तरगत मानव अधिकार समूहको बैठक पुस १९ गते सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकामा गठित मानव अधिकार समूहका संयोजक अमर कार्कीको अध्यक्षतामा बसेको हो । बैठकमा पञ्चपुरी नगरपालिकामा देखिएका मानव अधिकार हन्नका घटनाकाबारेमा छलफलगरि नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ । उक्त…