लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षदेखि बिँग्रदा किसान सिँचाइबाट वञ्चित
कालिमाटी गाउँपालिका–७ घुइयाबारीमा लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । कालिमाटी गाउँपालिकाको ३१ लाख बजेटबाट निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षदेखि बिग्रिएको छ । मेसिन बिग्रिएपछि खेतमा सिँचाइ गर्न वर्षातको समयममा समेत हम्मेहम्मे पर्ने गरेको छ । ५० भन्दा…
वषौँदेखि खानेपानीको समस्या : कुलोको पानी पिउन बाध्य स्थानीय नागरिक
कालिमाटी गाउँपालिका–६ का स्थानीयबासीलाई वषौँदेखि खानेपानी समस्या रहेको छ । खानेपानीका लागि सिँचाइ कुलोको भर पर्न बाध्य भएका छन् । भैँसीदमार, भलाइबास र बेल्टरी गाउँका स्थानीयले सिँचाइका लागि कुलोमा आएको पानी उपभोग गर्दै आएका हुन् । बस्ती वरिपरी खानेपानीको मुहान नहुनु र टाढाबाट बस्तीमा खानेपानी ल्याउने कुनै योजना नबन्दा स्थानीयले…
चार महिनादेखि बारीको डिलमा टेन्ट लगाएर स्वास्थ्य सेवा : सेवाग्राहीलाई सास्ती
दार्मा गाउँपालिका–५ ढाकाडामस्थित सामुदायिक स्वास्थ्य इकाइ केन्द्र चार महिनादेखि बारीको डिलमा टेन्ट लगाएर सञ्चालन हुँदै आएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पका कारण भवन क्षति भएपछि केन्द्र टेन्टको भरमा चलाउनु परेको हो । टेन्ट समेत भिरालो स्थानमा राखिएकाले उपचार गर्न गएका बिरामीलाई समेत समस्या हुँदै…
घटेन शिशु मृत्युदर
बागचौर नगरपालिका–३ की २७ वर्षीया नीतादेवी केसीलाई गत पुस १८ गते बेस्सरी पेट दुख्यो । गर्भवती रहेकी उहाँलाई सुत्केरी व्यथाले च्याप्यो होला भनेर पति युवराज डिसीले प्राथमिक स्वास्थ्य केन्द्र थारमारे पुर्याउनुभयो । त्यहाँ सहज रुपमा सुत्केरी हुन नसकेपछि जिल्ला अस्पताल रिफर गरियो । जिल्ला अस्पतालमा उहाँले बच्चा त जन्माउनुभयो तर…
डम्पिङ साइट व्यवस्थित हुन नसक्दा स्थानीयबासीलाई स्वास्थ्यमा समस्या
शारदा नगरपालिका–३ चुइनेपानीमा रहेको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा स्थानीयबासीलाई मानव स्वास्थ्यमा समस्या भएको छ । एक दशक अघि शारदा नगरपालिकाले निर्माण गरेको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा त्यसको असर स्थानीयले भोग्न बाध्य भएका छन् । अहिले सदरमुकाम खलंगा र प्रमुख व्यापारिक केन्द्र श्रीनगरसँगै नगरभित्रका विभिन्न बजार क्षेत्रबाट सङ्कलन गरिएको…
भूकम्पको तीन महिना : अस्थायी आवास अझै निर्माण भएन
जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर भूकम्प गएको तीन महिना पुरा भएको छ । भूकम्पका कारण ठुलो मात्रामा जनधनको क्षति भयो । जिल्लाको दार्मा गाउँपालिका घर भएका २ जना र बन्गाड कुपिण्डे नगरपालिका घर भएका एक जना गरी जिल्लाका तीन जनाको भूकम्पमा परी मृत्युभयो । भूकम्पका कारण जिल्लाको दार्मा गाउँपालिका सँगै…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा ढाकुडाँडाका २८ वर्षीया खिमा कवरको हत्या गरेको आरोपमा २२ वर्षीय पति मोहन पुनलाई प्रहरीले माघ ८ गते घर नजिकैको जंगलबाट गिरफ्तार गरेको छ । आराेपितले मङ्सिर १० गते विहे गर्ने भनेर घरमा ल्याएको र परम्परा अनुसार विहे नभएपनि एउटै घरमा बस्दै आएका थिए । आफसी झगडा हुदाँ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–४ डोप्केका २४ वर्षीय राम बहादुर बुढाथोकीलाई माघ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई पुस २९ गते बलात्कार गरेको अरोपमा पीडितले ०८० माघ २ गते आरोपित विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमालाले जानकारी दिनुभयो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पुस २८ गते गिरफ्तार गरेको छ । घटना पुस ७ गते भएको र पीडितले ०८० पुस २८ गते आरोपित विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमालाले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण पुस २८ गते जिल्ला अस्पतालमा…
विद्यालयमा एक वर्षदेखि शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित
बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुला स्थित दलित जनता आधारभूत विद्यालयमा एक वर्षदेखि शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा एक वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुदै आएको छ । विद्यालयमा स्थायी दरबन्दी नभएको र नगरपालिकाले वजेटको अभाव देखाउँदै करार अनुदानमा शिक्षक भर्ना नगरिदिँदा विद्यालयमा कार्यालय सहयोगीको जिम्मेवारीमा पुगेको हो…