सडक आश्रित एक पुरुषलाई इन्सेकको पहलमा उद्धार

शारदा नगरपालिका–२ बाट सडक आश्रित ५५ वर्षीय रामलाल कामीको इन्सेकको पहलमा भदौ २७ गते उद्धार गरिएको छ । विगत एक दशक देखि मानसिक स्वास्थ्य समस्या भोग्दै आएको र तीन महिनादेखि स्वास्थ्यमा समस्याका कारणमा सडकमै आश्रित रहनुभएको थियो । जिल्ला इन्सेक प्रतिनिधि बुद्धिमान पुनको पहलमा तथा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हाल…

September 15, 2023  
विद्यालयमा डेढ महिनादेखि शिक्षक छैनन् , विद्यार्थीले लगाए विद्यालयमा ताल्चा

डेढ महिनादेखि  विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै तत्काल शिक्षकको व्यवस्था हुनुपर्ने माग राखेर भदौ ११ गते बागचौर नगरपालिका– ३ स्थित अम्मरज्योती माध्यमिक विद्यालय र सोही नगरपालिका –११ स्थित शिशुकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले भदौ ११ गते विद्यालयमा तालाबन्दी गरेका हुन् । विगत केही दिनयता विद्यार्थीले एकपछि अर्को विद्यालयमा…

August 28, 2023  
स्थानीयबासी तीन महिनादेखि भेरी नदीको पानी पिउन बाध्य

बन्गाड कुपिण्डे नगरपालिका–१ नाम्राका स्थानीयबासी तीन महिनादेखि खानेपानी पाइप मर्मत नहुँदा भेरी नदीको दुषित र धमिलो पानी पिउन बाध्य भएका छन् । तीन वर्षअघि खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको ४५ लाख र स्थानीयको सात लाख श्रमदान गरी जम्मा ५२ लाखमा निर्मित खानेपानी योजना बिग्रिएपछि अहिले नाम्राका ६० भन्दा बढी…

August 24, 2023  
खानेपानीको चरम अभाव

शारदा नगरपालिका–९ नयाँबस्ती, सानीगारे र ढिरुवाका गाँउमा हरेको ७१ घर परिवारमा खानेपानीको चरम अभाव रहेको छ । बर्खाको समयमा होस् या अरु समयमा सधै खानेपानीको समस्या हुने गरेको छ । स्थानीय लिला रेउलेको घरनजिकै पानी पाइँदैन । उहाँ झण्डै तीन घण्टा तल हरलेखोलामा पुगेर उकालोमा पानी बोकेर आउनुहुन्छ । विहे…

August 11, 2023  
हत्या गरेको आरोपमा आरोपित गिरफ्तार

शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरमा की ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेका आरोपमा प्रहरीले २३ वर्षीय छोरा नबिन भण्डारीलाई साउन २३ गते घरबाट गिरफ्तार गरेको छ । आरोपित छोराले साउन २३ गते विहान ४ बजेको समयमा आमाबुवा सुत्ने कोठामा गएर पैंयाको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका…

August 8, 2023  
घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी की ४७ वर्षीया प्रमिला गिरीको घाँटी रेटिएको अवस्थामा साउन २१ गते शव फेला परेको छ । गाउँ नजिकै घाँस काट्न साउन २१ गते मकैँबारीमा गएको र अबेर सम्म घर नआएपछि खोजी गर्दा घाँटी रेटिएको अवस्थामा शव फेला परेको मृतकका पति खड्गबहादुर गिरीले बताए । जिल्ला प्रहरी…

August 7, 2023  
चिकित्सक माथि हातपात गरेको आरोपमा आरोपित गिरफ्तार

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक राहुल पाण्डेय माथि हातपात गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका– १ का अन्दाजी २२ वर्षीय दिपेन्द्र चन्दलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १७ गते शारदा नगरपालिका– १ श्रीनगरमा मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गरी सार्वजनिक स्थलमा हातपात गरेको भन्दै पीडितले साउन…

August 3, 2023  
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सल्यानले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा सङ्कलित घटनाहरूको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार २० गते सम्पन्न गरेको छ । जाजरकोटका इन्सेक जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठले सन् २०२३ जनवरीदेखि जुनसम्म सङ्कलन गरेका घटनाको तथ्याङ्क अनुसार परिवारजनबाट हत्या भएको एक,…

July 6, 2023  
१० महिना देखि अक्सिजन प्लान्ट थन्कियो ,उत्पादन भन्दा खर्च धेरै

जिल्ला अस्पताल सल्यानमा १० महिना देखि अक्सिजन प्लान्ट थन्किएका छन् ।  ०७९ असारमा जिल्ला अस्पताल सल्यानमा धुमधामका साथ अक्सिजन प्लान्टको उद्घाटन भयो । अघिल्लो पटक अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्टेटर जडान गरेको सार्वजनिक भएपछि कन्सन्टेटर फिर्ता गरेर अक्सिजन प्लान्ट जडान गरिएको थियो । कोरोनाले आक्रान्त बनाएको बेला फिलिङ सिस्टम सहितको…

April 28, 2023  
कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी ,कोलियामा नै सुत्नुपर्ने बाध्यता

कारागार कार्यालय सल्यानमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुदाँ कोलियामा नै सुत्नुपर्ने बाध्यता रहेको छ । २५ जना कैदीबन्दी राख्ने क्षमता भएको सल्यान कारागारमा अहिले १ सय ३० जना कैदीबन्दी र दुई जना नाबालक सहित १ सय ३२ जना छन् । क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुदाँ उनीको…

April 26, 2023