भूकम्पले विद्यालय भवनमा क्षति गरेपछि विद्यार्थीहरु पाल भित्र बसेर पढ्दै

सल्यानको दार्मा गाउँपालिकामा रहेका विद्यालयहरुले  पाल भित्रबाट विद्यार्थीहरुकाे पठनपाठन सुरु गरेका छन् । भूकम्पले विद्यालयका भवन बस्न नमिल्ने गरेर चर्किएपछि केही विद्यालयले पालमुनिबाट त केही विद्यालयले खुलाचौरबाट पठनपाठन सञ्चालन गर्न बाध्य छन् । दार्मा गाउँपालिकामा सामुदायिक ३३ ओटा र संस्थागत एक ओटा विद्यालय रहेका छन् । जस मध्य २१ ओटा…

November 23, 2023  
भूकम्पले स्वास्थ्यचौकी भवन चर्किएपछि खुल्ला चौरमा बसेर स्वास्थ्य सेवा दिन बाध्य

दार्मा गाउँपालिकाको तीन स्वास्थ्यचौकीमा भूकम्पले क्षति पुगेपछि स्वास्थ्यकर्मी चर्किएको भवनको बरन्डा तथा खुल्ला चौरमा बसेर सेवा दिइरहेका छन् । पक्की भवन चर्किएर बस्न नमिल्ने भएपछि स्वास्थ्यकर्मी बरन्डा र खुल्ला चौरबाट सेवा दिन बाध्य भएका हुन् । भूकम्पले दार्मा पालिकाभरी पूर्ण र आंशिक गरी दुई हजार भन्दा बढी घर क्षति भएको थियो…

November 22, 2023  
भूकम्प पीडितलाई गाँस र बास कै चिन्ता

दार्मा गाउँपालिका–२ लिरापाजाकी वर्ष ३५ की लीला खत्रीको घर नजिकै ढकमक्क सयपत्री फुलेको छ । छिमेकी गाउँमा देउसीभैलो खेलेको आवाज कानमा गुञ्जिन्छ तर उहाँलाई भने गाँस र बासको चिन्ता छ । उहाँको पति ३६ वर्षीय उदयमान खत्री भूकम्पले भत्किएको घरको ढुंगा पन्छाउनमा व्यस्त हुनुहुन्छ । न त दुबैलाई तिहार पर्वको…

November 13, 2023  
सल्यानमा भूकम्पमा परी तीन जनाको मृत्यु : १ सय २२ घरमा क्षति

जाजरकोटको बारेकोट गाउँपालिका –१ रामीडाँडा केन्द्र बिन्दु बनाएर कात्तिक १७ गते मध्यरातीमा गएकाे भूकम्पमा परी सल्यान जिल्लामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिका घर भइ मामाघर रुकुम पश्चिम गएका तीन जनाको मृत्यु भएको हो । जसमा दार्मा गाउँपालिका–६ मलिवाङ निवासी २५ वर्षीया भूमिका…

November 4, 2023  
पुल नहुँदा बालबालिका विद्यालय जानबाट बञ्चित

बनगाड कुपिण्डे नगरपालिका–२ कुनिकका बालबालिकाहरु भेरी नदि वारपार गर्ने पुल नहुँदा विद्यालय जानबाट बञ्चित भएका छन् । गाउँमा बिद्यालय नभएको र टाढाको बिद्यालयमा पढ्न जाने भेरी नदीमा पुल नभएका कारण यस गाउँका बालबालिका विद्यालय जानबाट बञ्चित भएका हुन् । माथिल्लो कक्षामा पढ्ने बालबालिका तुइन चढेर विद्यालय जाने गरेको भएपनि विद्यालय…

October 30, 2023  
कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

बागचौर नगरपालिका–७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही वडाको स्याला का २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । स्थानीय विद्यालयमा ०८० कात्तिक ४ गते भलिबल खेल्ने क्रममा विवाद हुँदा  कुटपिट गरेको  पीडित परिवारको  आरोप…

October 28, 2023  
कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो

जिल्ला अस्पतालमा कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले तलव पाएका छैनन् । जिल्ला अस्पतालसँगै स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कर्मचारी, डाक्टर, स्वास्थ्यकर्मी र कार्यालय सहयोगी सहित गरेर ८७ जनाले दशैँको मुखमा तलब नपाएका हुन् । झन्डै दुई महिनादेखि कार्यालय प्रमुखविहीन भएको कार्यालयमा…

October 22, 2023  
हत्या घटनाका आरोपित गिरफ्तार

सिद्ध कुमाख गाउँपालिका–४ खार्बन बस्ने ४९ वर्षीया गणेसी रोकाको ०८० असोज १५ गते हत्या गरेको आरोपमा आफ्नै कान्छी बुहारी १८ वर्षीया शर्मिला बुढाथोकीलाई प्रहरीले असोज १९ गते गिरफ्तार गरेको छ । घरायसी झै–झगडालाई मुख्य कारण बनाएर आफ्नै सासुको दाउराले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठले…

October 9, 2023  
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या

जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ ।  नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव भएको हो । अस्पतालमा अत्यावश्यक औषधि नहुँदा श्रीनगर र खलङ्गाबाट ल्याउनु पर्ने बाध्यता रहेको शारदा नगरपालिका–२ खलङ्गाका सन्तोष वलीले बताउनु…

October 2, 2023  
आमाछोरीको हत्या गरेको घटनाका आरोपित गिरफ्तार 

त्रिबेणी गाउँपालिका –२ धामीढुंगा बस्ने ३२ वर्षीया रेवती थापा र छोरी ९ महिनाको ऋतु थापाको हत्या गरेको आरोपमा प्रहरीले सिद्धकुमाख गाउँपालिका–२ खानीगाउँ बस्ने २८ वर्षीय कर्ण बहादुर बस्नेतलाई २०८० असोज ३ गते सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरबाट गिरफ्तार गरेको छ । रेवतीसँग आराेपितकाे  सात वर्ष अघि प्रेममा परेर शारीरिक सम्बन्धसम्म पुगेको र…

September 22, 2023