हत्या घटनाको आरोपमा पति गिरफ्तार
सिद्ध कुमाख गाउँपालिका–३ उचाल्नेका ४० वर्षीया सितली सार्कीकाे हत्या गरेको आरोपमा ४५ वर्षीय पति डम्बर सार्कीलाई प्रहरीले मङ्सिर २० गते सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरबाट गिरफ्तार गरेको छ । आरोपितले मङ्सिर १९ गते दुबै छोरा छिमेकी काकीको घरमा सुत्न गएको समयमा राति दाउरा र बन्चरो प्रहार गरेर पत्नीको हत्या गरेको जिल्ला…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले घर भत्किएपछि सल्यानको दार्मा गाउँपालिका–२ लिरापाजाकी ३५ वर्षीया लिला खत्री पाँच जनाको परिवार सहित एक महिना दिनदेखि भत्किएको घर नजिकै…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरि कार्यक्रम सम्पन्न
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरि कार्यक्रम खलंगामा मङ्सि र ९ गते सम्पन्न भएको छ समाजमा हुने हरेक हिंसाले कसैको पनि भलो नगर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । हरेक हिंसाले समाजमा विभेद, द्वन्द्व ल्याउनुका साथै आपसी सद्भाव र सहकार्य पनि कमजोर बन्दै जाने बताएका हुन्…
भूकम्पले विद्यालय भवनमा क्षति गरेपछि विद्यार्थीहरु पाल भित्र बसेर पढ्दै
सल्यानको दार्मा गाउँपालिकामा रहेका विद्यालयहरुले पाल भित्रबाट विद्यार्थीहरुकाे पठनपाठन सुरु गरेका छन् । भूकम्पले विद्यालयका भवन बस्न नमिल्ने गरेर चर्किएपछि केही विद्यालयले पालमुनिबाट त केही विद्यालयले खुलाचौरबाट पठनपाठन सञ्चालन गर्न बाध्य छन् । दार्मा गाउँपालिकामा सामुदायिक ३३ ओटा र संस्थागत एक ओटा विद्यालय रहेका छन् । जस मध्य २१ ओटा…
भूकम्पले स्वास्थ्यचौकी भवन चर्किएपछि खुल्ला चौरमा बसेर स्वास्थ्य सेवा दिन बाध्य
दार्मा गाउँपालिकाको तीन स्वास्थ्यचौकीमा भूकम्पले क्षति पुगेपछि स्वास्थ्यकर्मी चर्किएको भवनको बरन्डा तथा खुल्ला चौरमा बसेर सेवा दिइरहेका छन् । पक्की भवन चर्किएर बस्न नमिल्ने भएपछि स्वास्थ्यकर्मी बरन्डा र खुल्ला चौरबाट सेवा दिन बाध्य भएका हुन् । भूकम्पले दार्मा पालिकाभरी पूर्ण र आंशिक गरी दुई हजार भन्दा बढी घर क्षति भएको थियो…
भूकम्प पीडितलाई गाँस र बास कै चिन्ता
दार्मा गाउँपालिका–२ लिरापाजाकी वर्ष ३५ की लीला खत्रीको घर नजिकै ढकमक्क सयपत्री फुलेको छ । छिमेकी गाउँमा देउसीभैलो खेलेको आवाज कानमा गुञ्जिन्छ तर उहाँलाई भने गाँस र बासको चिन्ता छ । उहाँको पति ३६ वर्षीय उदयमान खत्री भूकम्पले भत्किएको घरको ढुंगा पन्छाउनमा व्यस्त हुनुहुन्छ । न त दुबैलाई तिहार पर्वको…
सल्यानमा भूकम्पमा परी तीन जनाको मृत्यु : १ सय २२ घरमा क्षति
जाजरकोटको बारेकोट गाउँपालिका –१ रामीडाँडा केन्द्र बिन्दु बनाएर कात्तिक १७ गते मध्यरातीमा गएकाे भूकम्पमा परी सल्यान जिल्लामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिका घर भइ मामाघर रुकुम पश्चिम गएका तीन जनाको मृत्यु भएको हो । जसमा दार्मा गाउँपालिका–६ मलिवाङ निवासी २५ वर्षीया भूमिका…
पुल नहुँदा बालबालिका विद्यालय जानबाट बञ्चित
बनगाड कुपिण्डे नगरपालिका–२ कुनिकका बालबालिकाहरु भेरी नदि वारपार गर्ने पुल नहुँदा विद्यालय जानबाट बञ्चित भएका छन् । गाउँमा बिद्यालय नभएको र टाढाको बिद्यालयमा पढ्न जाने भेरी नदीमा पुल नभएका कारण यस गाउँका बालबालिका विद्यालय जानबाट बञ्चित भएका हुन् । माथिल्लो कक्षामा पढ्ने बालबालिका तुइन चढेर विद्यालय जाने गरेको भएपनि विद्यालय…
कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार
बागचौर नगरपालिका–७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही वडाको स्याला का २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । स्थानीय विद्यालयमा ०८० कात्तिक ४ गते भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट गरेको पीडित परिवारको आरोप…
कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो
जिल्ला अस्पतालमा कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले तलव पाएका छैनन् । जिल्ला अस्पतालसँगै स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कर्मचारी, डाक्टर, स्वास्थ्यकर्मी र कार्यालय सहयोगी सहित गरेर ८७ जनाले दशैँको मुखमा तलब नपाएका हुन् । झन्डै दुई महिनादेखि कार्यालय प्रमुखविहीन भएको कार्यालयमा…