बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली उप-महानगरपालिका -१ धनगडी शान्तीनगरका २७ वर्षीय केशव महरालाई ०७७ चैत १५ गते गिरफ्तार गरेको छ । पीडित पक्षको मौखिक उजुरीपछि मुसीकोट नगरपालिका -१ त्रीवेणी चौकको एक होटेलबाट आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कपील शाहिले बताउनुभयो । आरोपितले ललाई फकाई बलात्कार गरेको…

सात महिनादेखि पारिश्रमिक नपाउँदा कर्मचारी मर्कामा

जिल्ला डिभिजन वन कार्यालय रूकुम पश्चिमका चारजना कर्मचारीले ०७७ साउन महिनादेखि हालसम्म तलव नपाएको गुनासो गरेका छन् । तलवको लागि मन्त्रालयमा ताकेता गर्दा तलब जम्मा गरिसकेको बताएपनि सात महिनादेखि आफूहरूले तलव नपाएको डिभिजन वन कार्यालयका फरेस्टर बेगबहादुर केसीले बताउनुभयो । मासिक तलव र विभिन्न भत्ता गरेर एक जनाले मासिक  ४२…

विद्यालय बन्द गरेर मेला सञ्चालन गर्दा विद्यार्थी मर्कामा

बाँफिकोट गाउँपालिका– २ मा रहेको जनकल्यान माध्यामिक विद्यालयको नियमित पठनपाठन बन्द गरेर विद्यालय परिसरमा मेला सञ्चालन गर्दा विद्यार्थी मर्कामा परेका छन् । तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र युद्ध थालेको २५ वर्ष पुगेको अवसरमा मेला आयोजना गरेर विद्यालय बन्द गरीएको हो । तत्कालिन माओवादीले सशस्त्र संघर्ष थालेको २०५२ साल फागुन १…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका पाँचजना कार्यकर्ताहरूलाई प्रहरीले ०७७ माघ १९ गते मुसिकोट नपा – १ रावलबाराबाट गिरफ्तार गरेको छ । पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष त्रिवेणी गाउँपालिका –२ का २४ वर्षीय प्रेमप्रशान्त बोहरा, कार्यकर्ताहरू त्रिवेणी गापा –९ पेउघाका १६ वर्षीय नविन ओली, मुसिकोट नपा –१ का १९ वर्षीय सागर बुढा,…

नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते

नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी र ३० वर्षीय दिपक केसी घाइते भएका छन् । टाउको र शरीरका विभिन्न अङ्गमा धारिलो हतियार र सिसाको बोतलले चोट…

पठन पाठनमा समस्या हुँदा विद्यार्थी आन्दोलित

पठन पाठनमा लापरवाही भएपछि आफूहरू मारमा परेको भन्दै आठवीसकोट नगरपालिका–९ स्थित बालकल्यान माध्यामिक विद्यालयका ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरूले ०७७ पुस २८ गते आठवीसकोट नगरपालिका घेराउ गरेका छन् । कोभिड १९ का कारण विद्यालय लामो समयसम्म बन्द हुँदा पठान पाठनमा समस्या भएको र नगर शिक्षा समिति एवम् शिक्षा शाखाले…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका कार्यकर्ता स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका जिल्ला अध्यक्ष आठबिसकोट नगरपालिका–९ का २० वर्षीय हरीबहादुर पुनलाई प्रहरीले ०७७ पुस ७ गते गिरफ्तार गरेको छ । आरोपितले लुकीछिपी कार्यक्रम गरिरहेको सूचना पाएपछि आठवीसकोट नगरपालिका– ११ सिमबजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ठगबहादुर केसीले इन्सेकलाई जानकारी दिनुभयो । आरोपित पुनको स्वास्थ्य…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका जिल्ला कमिटी उपाध्यक्ष र जिल्ला सदस्यलाई प्रहरीले ०७७ मङ्सिर २२ गते गिरफ्तार गरेको छ । आठवीसकोट नगरपालिका–३ का जिल्ला उपाध्यक्ष २३ वर्षीय बाबुराम विश्वकर्मा र सोही ठाउँका जिल्ला सदस्य २३ वर्षीय शिव विकलाई सानीभेरी गाउँपालिका–३ पेदिबजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो…

बाँफिकोटको खनटाकुरामा खानेपानीको अभाव हुँदा स्थानीय मर्कामा

बाँफिकोट गाउँपालिका–३ खनटाकुरालगायतका स्थानमा खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । यस क्षेत्रमा निर्माणाधीन खानेपानी आयोजनाहरूले पूर्णता नपाएपछि यहाँका करिब ७० घर परिवार खानेपानीको समस्याका कारण मर्कामा परेका हुन् । वडा नम्बर ३ को खनटाकुराका साथै तल्लो दाब्ने, माथिल्लो दाब्ने, कोलचौर र फेरामा खानेपानीको अभाव छ । गाउँमा खानेपानीको…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

३९ वर्षीया महिलाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै चौरजहारी नपा –१ बिजयश्वरीका २७ वर्षीय समिर सुनार विरूद्ध ०७७ असोज ७ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई भदौ २१ गते मदिरा सेवन गरी महिलाको घरमै गएर धकर पकर पारेको र यौन दुर्व्यवहार गर्न खोजेको…