गाउँपालिकाका इन्जिनियर कार्यकक्षमा कुटिए, आरोपित गिरफ्तार

बाँफीकोट गाउँपालिका कार्यालयमा कार्यरत २८ वर्षीय इन्जिनियर दिपक शाहलाई ०७९ साउन ४ गते नेपाली काङ्ग्रेस निकट तरुण दल बाँफीकोटका अध्यक्ष ३३ वर्षीय राजु शाहले कार्यकक्षमा कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ । कुटपिटको घटनामा संलग्न भएको आरोपमा शाहलाई प्रहरीले सोहीदिन गिरफ्तार गरेको छ । आरोपित राजुले मोरावाङ–दोमाई सडकको काममा…

देवरले प्रहार गरेको धारिलो हतियारबाट भाउजु घाइते

त्रिवेणी गाउँपालिका–१ रुँघाकी ३७ वर्षीया दिलसरा बोहरा खड्कालाई ०७९ असार २६ गते ३६ वर्षीय देवर देउकुमार खड्काले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । धारिलो हतियार प्रहारबाट दिलसरा गम्भीर घाइते भएको र जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि उहाँलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर रिफर गरिएको डा.…

जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २० गते जिल्लास्थित सरोकारवाला निकायबीच भएको कार्यक्रमबाट जिल्ला स्तरीय सिफारिस संयन्त्रको गठन गरिएको हो । अधिकारकर्मी व्युझना पुन देवकोटको संयोजकत्वमा पाँच…

एफएमले पारिश्रमिक नदिएको भन्दै पत्रकार आन्दोलित

काम गरेबापतको पारिश्रमिक नपाएपछि पत्रकारहरूले ०७९ असार ६ गतेदेखि चरणबद्द आन्दोलनकोे सुरुवात गरेका छन् । आठवीसकोट नगरपालिकामा संचालित रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्जले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू आन्दोलित भएका हुन् । दुई वर्ष यता रेडियोमा काम गर्दै आइरहेका ६ जना पत्रकारले पारिश्रमिक नपाएको बताइएको छ । पारिश्रमिक नपाउने पत्रकारहरू हिरा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया एक महिलालाई तुल्सीपुर उपमनपा–४ दाङका ३० वर्षीय रामबहादुर वलीले बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ०७९ जेठ ३० गते गिरफ्तार गरेको छ जेठ २९ गते साँझ पसल बन्द गरेर घर जाँदै गरेको अवस्थामा आरोपितले जिल्ला प्रहरी कार्यालय नजिकैको पुलमा बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ ३० गते जिल्ला प्रहरी…

सरोकारवाला निकायबीच अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ का लागि रुकुम पश्चिम जिल्लामा २०२२ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम जेठ २९ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले हालसम्म २६ वटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गरिएको जानकारी गराउनुभयो । जसमा नागरिक तथा…

चौकी तोडफोड गरेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ता गिरफ्तार

त्रिवेणी गाउँपालिका–९ नुवाकोट प्रहरी चौकी तोडफोड घटनामा संलग्न भएको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता २५ वर्षीय गोपाल भन्ने बिकल्प वलीलाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरेको छ । स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच वैशाख २२ गते झडप भएको र काङ्ग्रेस कार्यकर्ता सुरक्षाको लागि प्रहरी…

माओवादी र काङ्ग्रेसका कार्यकर्ताबीच झडप पाँच जना घाइते

चौरजहारी नगरपालिका–१० खोलागाउँमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता र काङ्गे्रस कार्यकर्ताबीच वैशाख २८ गते झडप भएको छ । झडपमा दुबै तर्फका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । मौन अवधिमा दुवै पार्टीका कार्यकर्ता चुनाव प्रचारप्रसार गरेको र आपसमा झडप गर्दा काँग्रेस र माओवादीका कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुम…

प्रहरी चौकी तोडफोड गरेको आरोपमा माओवादी कार्यकर्ता गिरफ्तार

त्रिवेणी गाउँपालिका–९ नुवाकोट प्रहरी चौकी तोडफोड गरेको आरोपमा नेकपा माओवादी केन्द्रका त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । गत वैशाख २२ गते नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको झडपमा काङ्ग्रेस कार्यकर्ता सुरक्षाको लागि प्रहरी चौकीमा गएपछि माओवादी कार्यकर्ताले प्रहरी चौकी नै तोडफोड गरेका थिए…

नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट काङ्ग्रेस कार्यकर्ता घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली काङ्ग्रेसका चार जना कार्यकर्ता घाइते भएका छन् भने माओवादीका कार्यकर्ताले नेपाली काङ्ग्रेसका कार्यकर्ताले चुनाव प्रचारमा प्रयोग गर्ने दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् । बाँफीकोट गाउँपालिका–३ दहमा ०७९ वैशाख २६ गते राति नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । माओवादी…